लकडाउनमै आर्थिक गतिविधि संचालन गरिनेछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिन नदिने सुरक्षाको प्रत्याभूत हुने गरी आर्थिक गतिविधि संचालन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तै जानकारी दिएका हुन् । कोरोना महामारीकै बीचमा राष्ट्रिय गौरबका आयोजना अघि बढाउने सरकारको काम सरकारले सुचारु गरेको पनि उनले जानकारी दिए । सुरक्षाको व्यवस्था गरी संचालन हुन सक्ने उद्योग प्रतिष्ठान पुनः संचालन गर्ने प्रक्रिया मिलाइने पनि उनले बताए । संचालन हुने उद्योग प्रतिष्ठानले संक्रमण फैलन नदिन आफैले अनुगमन गरी सरकारलाई नियमित रिपोर्टिंग गर्ने व्यवस्था मिलाउने उनले बताए । प्रधानमन्त्री ओलीले आर्थिक गतिविधिमा परेको असर न्यूनिकरण गर्नको लागि सरकारले राहत प्याकेज ल्याउने र सो प्याकेजमा कर सहुलियत, छुट तथा कर्जाको व्याज छुट सहितका कार्यक्रम ल्याइने पनि उनले बताए । यस्तै, सामाजिक सुरक्षा कोषको लागि श्रमिकले गर्नुपर्ने योगदान रकम सरकारी कोषबाटै गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

लामो समय लकडाउन गर्न सकिदैन, सामान्य अवस्थामा लैजाने तयारीमा सरकार छः मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनले सबैलाई समस्या परेकोले लकडाउनलाई समान्य अवस्थामा लाने पक्षमा सरकार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले जुममार्फत गरेको कार्यकममा बोल्दै मन्त्री भट्टले अब कोरोनासगँ डराएरभन्दा पनि सावधानीका उपाए अपनाएर उद्योग कलाकारखाना चलाउने तयारी भएको बताए । सरकारले सुरुमा कोरोना नेपालमा भित्रिनै नदिने भने पनि नेपालमा कोरोना फैलिदै गएको छ । अब कोरोना भइरसबाट सावधानी अपनाएर अर्थतन्त्रलाई चलाएमान बनाउदै लैजाने तयारीमा सरकार रहेको भट्टले जानकारी दिए । ‘भारतसगँ सीमाना जोडिएका क्षेत्रहरुमा समस्या बढ्दै गहिरहेको छ, त्यस्ता ठाउँमा सर्तकता अपनाउदै लकडाउन अवाश्यक हो कि हैन भनेर बहस गर्दै जाने बेला आएको छ, उद्योग कसरी सहज तरिकारले सञ्चालन गर्न सकिन्छ भनेर उद्योग, श्रम, कृषि र अर्थमन्त्रायले अध्ययन गरिरहेका छन्’, मन्त्री भट्टले भने । सरकारले तोकेका ४४ प्रकारका उद्योग सञ्चालनमा भएको समस्याको बारेमा मन्त्रालयले अध्ययन गरिरहेको छ । सबैले अब अर्थतन्त्रमा सामान्य अवस्थामा लैजान भनिरहेका छन् । सरकारले गर्नुपर्ने काम गरिरहेको भन्दै उनले निजी क्षेत्रले गर्नुपर्ने काम पनि नरोक्न आग्रह गरे । निजी क्षेत्रको संगठनसगँ नजोडिएका उद्योगहरुले पनि उद्योग विभागमा गएर निवेदन दिएपछि त्यसलाई हेरेर विभागले पास दिने गरेको मन्त्री भट्टको भनाइ छ । देश अत्मनिभर हुनेतर्फ लाग्नुपर्ने भन्दै उनले उद्योगलाई अवश्यक पर्ने कच्चा पदार्थ आयात गर्न सहयोग गर्न सरकार तयार रहेको रहेको उनले जानकारी दिए । श्रम मन्त्रालयका सचिव विनोद केसीले विदेशबाट रोजगारी गुमाएर आएकाहरुलाई जग्गा बैंकमार्फत रोजगारी दिने सकिने बताए । सो अवधारण अनुसार जग्गा भएका व्यतिmले आफ्नो जग्गा डिपोजिट राख्न सक्ने र जग्गा प्रयोग गर्न चाहनेले जग्गा लिएर काम गर्न सक्ने छन् । अरुको जग्गा लिएर काम गर्न चाहने व्यक्तिहरुका लागि सरकारले सहयोग गर्ने सचिव केसीले बताए । चैत र बैशाखको मजदुरको तलबको विषयमा सरकारले निर्णय गरिसकेको र अब जेठ र असारका लागि मजदुरलाई कसरी काममा लगाउने र तलब दिने भनेर निजी क्षेत्र र सरकार मिलेर छलफल गर्ने बेला आएको उनले बताए । नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्तले सरकारले निजी क्षेत्रलाई र्यापिट किट ल्याउन दिए कोरोना परीक्षणको लागि सहज हुने बताए । उनले औषधी उद्योगमा काम गर्ने मजदुरको कोरोना परीक्षण गर्न समस्या भएकाले सरकारले सहयोग गर्नु पर्ने पनि बताए । नेपाल उद्योग परिसंघका सदस्य कृष्ण ज्ञावालीले सकारले निजी क्षेत्रलाई र निजी क्षेत्रले सरकारलाई दोष दिएर मात्रै नहुने बताए । निजी क्षेत्र र सरकार नै अब नयाँ तरिकारले अगाडी बढ्नु पर्ने समय आएको ज्ञवालीको भनाइ छ । ‘हामी पुरानो कानुनमा नै चलिरहेका छौं, उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमा कुनै माग लग्यो भने पनि सुन्दैनन्, त्यसखालको व्यवस्थालाई परिर्वतन गर्नु पर्छ,’ ज्ञवालीले भने ।

सरकारले उद्योग चला भनेर मात्रै हुँदैन, वातावरण पनि निर्माण गर्नुपर्यो: हरिभक्त शर्मा

काठमाडौं । नेपाल उद्याेग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारले ४४ प्रकार उद्योग सञ्चालन गर भने पनि उद्योग सञ्चालन गर्ने वातावरण नभएको बताएका छन् । काम गर्न मजदुर नै नभएको र भएका मजदुरलाई पनि उद्योगमा राखेर काम गराउने ठाउँ नभएको उनकाे भनाइ छ । सरकारले ४४ प्रकारको उद्योग सञ्चालन गर भनिरहेको छ । तर उद्योग सञ्चालन गर्न पास नै पाउन गाह्राे भएको र यससम्बन्धी गुनासाे उद्याेगमन्त्री लेखराज भट्टसँग गर्दा पनि समस्याकाे समाधान नभएकाे शर्माले बताए । ‘लामो समयदेखि हामी समस्यामा परेका छौं, हामीले राम्रोसगँ उद्योग सञ्चालन गर्न सकेका छैनौं, हाम्रो अर्थतन्त्रमा पनि यसले प्रभाव पर्छ, उद्योग सञ्चालनका लागि पुँजीको पनि अभाव छ । यसका लागि सरकार, उद्योगी र बैंक मिलेर सहज बनाउनु पर्यो । अतिआवश्यक बस्तु उत्पादन गर्ने उद्योगहरुलाई सहज बनाउनु पर्यो,’ उनले भने । बन्द रहेका उद्योगहरु कहिले देखि सञ्चालन हुन्छ भन्ने प्रश्न गर्दै उनले बन्द रहेको उद्योगहरुले कसरी मजदुरलाई तलब दिने भन्ने समस्या रहेकाे बताए । सरकारले काम नगर्ने मजदुरलाई पनि बराबरी तलब देउ भनिरहेको भन्दै उनले काम गर्ने र बिदामा बसेको बराबरी तलब पाउने भए पछि मजदुरहरु पनि काम नै नगरी तलब पाइन्छ भने किन काम गर्ने भन्ने अवस्थामा पुग्ने शर्माकाे भनाइ छ । उद्योगीले उद्योग नै बन्द गर्ने वा उद्योगलाई सानो बनाएर सञ्चालन गर्न सकिने नीति सरकारले ल्याउनु पर्ने उनकाे भनाइ छ नेपान उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले श्रम ऐनलाई परिर्माजनकाे माग गरे । ‘यो सहि समय पनि हो, सरकार र निजी क्षेत्र मिलेर ऐनलाई परिवर्तन गरौं’, शर्माले भने ।