एकल विन्दु सेवा केन्द्रलाई स्वाचालित बनाइने

काठमाडौं । सरकारले उद्योग विभागबाट सञ्चालिन एकल विन्दु सेवा केन्द्रलाई स्वाचालिन बनाउने भएको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले  बताएका हुन् । उद्योग स्थापनाको सबै काम एकै ठाउँबाट गर्न सरकारले एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

अब सबै उद्योगहरु सहज तरिकाले सञ्चालन हुने

काठमाडौं । कलडाउनको कारणले करिव २ महिना देखि बन्द रहेको सबै उद्योग सहजा तरिकारले सञ्चालन हुने भएको हो । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । सरकारले मजदुर उद्योगसम्म ल्याउन सहयोग गर्ने छ । सरकारले सञ्चालन गर्ने भनेको ४४ प्रकारका उद्योग समेत पुर्णरुपमा सञ्चालन भएको छैन् ।

एसएमईको पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना तथा मझौला उद्यमी (एसएमई)को पुर्नत्थानका लागि ५० अर्बको कोष निर्माण गरिने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । रोजगारीको कार्यक्रमको ज्याला बाफत ५० अर्बको छुट्ै कोषको व्यवस्था गर्ने उनले बताएका हुन् ।