‘कोदोको रक्सीलाई ब्याण्ड होइन ब्राण्डको रुपमा विकास गरौं’
काठमाडौं । प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन् । स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घरेलु उद्योगको रुपमा अर्गानिक जडिबुटी युक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् । विकसित मुलुकहरुले आफ्नो देशमा उत्पादित रक्सीलाई ब्राण्ड बनाई प्रवद्र्धन गर्ने तर नेपालको सरकारले ब्याण्ड गरेर नागरिकको सीपलाई दबाउने काम गरेको बताए । उनले प्रदेश एक सरकारलाई कोदोको रक्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले विधेयक नल्याए आफुले गैह्रसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताइन् । Ushakala Rai Gepostet von Bikashnews.com am Dienstag, 21. Juli 2020 नेपालमा कोदोको रक्सी, गाँजा र रातो चन्दनलाई ब्याण्ड गरिएको भन्दै त्यसलाई ऐनमार्फत नियमन गरी घरेलु उद्योगको रुपमा विकास गर्नुपर्ने राईले बताइन् । अहिले नेपालमा दुई खर्ब बढीको विदेशी रक्सी आयात भइरहेको तर नेपाल मै उत्पादन हुने रक्सीलाई माटोमा मिलाइएको भन्दै आवस्यक नियमन गरी गुणस्तरीय रक्सी उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने बताए । घरेलु उद्योगको रुपमा कोदोको रक्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्वरोजगार बनाई करोडौं आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्याण्ड नभई ब्राण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताइन् ।
एफएनसीसीआईकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार भन्छन्: अबकाे नेतृत्वले अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका दुवै जनाले अबकाे नेतृत्वले देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्ने धारणा राखेका छन् । अब महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा दुवै उम्मेद्वारले जोड दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि प्रत्यायसी दुवै उपाध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्न सक्ने सक्षम व्यवसायीक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायीक व्यक्तित्व नै आउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनुपर्नेमा जोड दिए । उनले भने ‘नेपाल उद्योग वाणिज्य महासंघको साउन २७ गते चुनाव हुन गइरहेको छ । त्यो निर्वाचनमा व्यवसायीक व्यक्तित्व नै आउनप¥यो भन्ने मेरो भनाई हो । जसले गर्दा व्यवसायीक दुःख, सानो देखि ठूलो व्यवसायसम्मको इस्युहरु, दुःखहरु अथवा सरकारसँग, नियामक निकायसँग उठाउनुपर्ने इस्युहरु छ त्यो इस्युहरु उठाउन सकोस ।’ उपाध्यक्ष ढकालले आउने नेतृत्वले देशमा व्यसायीक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडिआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताए । उनले नेतृत्वसँग सरकार र नियामक निकायलाई सही सुझाव दिन सक्ने क्षमता समेत हुनुपर्ने बताए । उनले भने ‘आउने नेतृत्व पनि त्यस्तो नेतृत्व हुनपर्याे जसले व्यवसायीक क्रियाकलाप बढाउनको लागि, नेपालमा रोजगारी सिर्जना गर्नको लागि, विदेशबाट एफडिआई भित्र्याउनको लागि, समग्र अर्थतन्त्र चलायमान बनाएर राजस्व रेभिन्यु कलेक्सन गरेर समृद्ध राष्ट्र बनाउनको लागि सहयोग पुग्ने किसिमको व्यवसायीक क्षमता भएको नेतृत्व आउनुपर्छ । नेतृत्वले सरकारसँग र सम्बन्धित नियामक निकायसँग एउटा व्यवसायीक क्रियाकलापको विषयमा सही सुझाव दिन सकोस र त्यो सुझाव कार्यान्वयन भएपछि समृद्ध नेपालको कल्पनालाई साकार पार्न सक्ने किसिमको सक्षम नेतृत्व आउनुपर्छ भन्ने मेरो भनाई हो ।’ वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार, हालका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताए । कोभिड १९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेल्ने भुमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको बताए । उनले अव निर्वाचन हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताए । उनले सबै उद्योगी व्यवसायीलाई पुनरकर्जाको पहुँचमा पु¥याउन आफुहरुले काम गर्ने बताए । उनले आफु लगायत आफ्नो टिमले उद्योगी व्यवसायीको स्थिति बुझेकोले आर्थिक उन्नतीतिर लैजान कम्मर कसेर लाग्ने बताए । उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्दन देखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनुपर्ने बताए । त्यसका लागि आफ्नो टिम सक्षम भएको समेत उनले दावी गरे । ‘मौद्रिक नीतिको आश गरेर बजेटमा चित्त नबुझेर विरोध पनि गरेका थियौं यो समग्र कुरालाई अव विर्षेर अव देशको आर्थिक उन्नतीतिर कम्मर कसरेर लाग्छौं र नेपाल उद्योग वाणिज्य महासंघको हाम्रो नेतृत्वले चाहिं देशका समग्र साना, मझौला र ठूला सबै उद्योगी व्यवसायीको व्यापार प्रवद्र्धन देखि लिएर उत्पादन र निर्यात सम्म सम्पुर्ण कुरामा फोकस गरेर व्यक्तिगत उद्योग तथा व्यवसायी प्रति ध्यान दिने इच्छा छ । हामीले त्यो प्रण पनि गरेका छौं र गर्छौं भन्ने विश्वास छ ।’ महासंघको साउन २६ र २७ गते महाधिवेसन हुँदैछ । महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो
काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन थप अन्योलमा परेको छ । कोरोना भाइरस संक्रमण कै बीचमा साउन २६ र २७ गते हुने महासंघको निर्वाचन पछिल्लो समय थप अन्योलमा पर्दै गएको हो । महासंघको अध्यक्षको जिम्मेवारी लिन तयार भएर बसेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तोकिएकै समयमा निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् । कोरोना भाइरस संक्रमणकै बीचमा देखिएको बाढी तथा पहिरोले महासंघ निर्वाचन सम्पन्न गर्न थप चुनौति थपिएको गोल्छाको भनाइ छ । ‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौति थपेको छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् । महासंघले विधान अनुसार गत चैत २८ र २९ गते महासंघको निर्वाचन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो । कोरोना भाइरस संक्रमण बृद्धि भइरहेको समयमा सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै लगेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै महासंघले साउन २६ र २७ गते ललितपूरमा महासंघको निर्वाचन गर्ने निर्णय गरेको थियो । सरकारले लकडाउन केही खुकुलो बनाएर तोकिएबाहेकका क्षेत्र खुल्ला गर्ने निर्णय गरेपछि धेरै मानिस भिडभाड हुने सभा सम्मेलन तथा सेमिनार गर्न खुल्ला गरेको छैन । यद्यपि सरकारको भनाइ अनुसार सभा सम्मेलन भने रोकिएको छैन । महासंघकै चुनावी कार्यक्रमहरुमा सामाजिक दुरी कायम गरेर संक्रमण विस्तार रोक्न सजगता अनाइएको जस्तो देखिएको छैन । महासंघले तोके अनुसारको निर्वाचन गर्न सरकारले अनुमति दिने नदिने यकिन छैन । केही दिन अघिमात्रै महासंघ प्रतिनिधि, काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसँग छलफल गरेको थियो । सो छलफलमा पनि निर्वाचन हुन दिने नदिने भन्नेमा सरकारले स्पष्ट जवाफ नदिएको महासंघ प्रतिनिधिहरुले बताएका छन् । यो निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष र ६३ सदस्य निर्वाचित गर्नेछ । यो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।