प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले माग्यो सेबोनको अनुमति, स्थानीयलाई सस्तो पर्ने
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता सेयर र सर्वसाधारण लगानीकर्ताका लागि ७५ लाख ४६ हजार ६११ कित्ता सेयर छुट्याएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४ सय रुपैयाँ अंकित मूल्यमा सेयर बिक्री गर्न अनुमति मागेको हो । त्यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने सेयर मूल्यभन्दा ३५ रुपैयाँ सस्तोमा स्थानीय बासिन्दालाई सेयर बिक्री गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीले साउन ९ गते सोमबार सेबोनमा आवेदन दिएको हो । घोराही सिमेन्टको ३ अर्ब ४५ करोडको सेयर आउँदै, मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ प्रिमियममा आईपीओ जारी गर्दै एक दर्जन कम्पनी, कुनको मूल्य कति ?
स्याङ्जामा आठ सय ९४ नयाँ उद्योग थपिए
वालिङ । स्याङ्जामा गत आर्थिक वर्ष २०७८/७९ मा आठसय ९४ वटा नयाँ उद्योग थपिएका छन् । जिल्लामा पछिल्लो समय ८९४ वटा कृषि तथा पशुपक्षी र ससानो पुँजीका घरेलु तथा साना उद्योग थपिएका हुन् । तुलनात्मकरुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा ८९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य ९पसल, व्यवसाय०तर्फ ६८४ वटा नयाँ दर्ता भएका थिए । उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेक्रम बढ्दो रहेको छ । आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा उद्योग तथा व्यवसाय दर्तामा कमी आएको छ । आव २०७७/७८ मा एक हजार ४७५ उद्योग दर्ता भएका थिए भने ९६६ पसल तथा व्यवसाय दर्ता भएका थिए । आव २०७७/७८ को तुलनामा गत आवमा ५८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २८२ दर्ता भएका थिए । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता गर्ने गरिएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नेक्रम घटेको कार्यालयले जनाएको छ । कार्यालयले गत आव मा ७९ वटा उद्योग र एक सय १० वटा वाणिज्य ९पसल, व्यवसाय० को दर्ता खारेजी गरेको थियो । जिल्लामा २०७९ असार मसान्तसम्ममा आठ हजार ९१२ उद्योग दर्ता भएकामा पाँच हजार ८८३ वाणिज्य ९पसल, व्यवसाय० दर्ता भई सञ्चालनमा रहेका छन् । कार्यालयले गत आव २०७८/७९ मा उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, लगत कट्टा तथा खारेजीजस्ता कार्यबाट ७० लाख चार हजार ३४५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख रेग्मीले बताए । रासस
शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको परिवारलाई १० लाखको बीमा रकम भुक्तानी
काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत दुई जनालाई १० लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनी आफैले निर्माणकर्मीहरुको बीमा गरिदिएकाे थियाे । यसअघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टले ५ लाख बराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमा बापतको रकम हस्तान्तरण गरेको थियो । दैनिक निर्माणकार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजारभन्दा बढि निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बीमा गरेको थियो ।