निजी क्षेत्र बलियो बन्न व्यावसायिक एकता हुनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासङ्घ बलियो हुने बताएका छन् । महासङ््घको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा उनले महासङ्घ व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा व्यक्त गरेका हुन् । ‘कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ, तपाईंहरूका मुद्दाका साथमा महासङ्घ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौँ,’ उनले भने । वस्तुुगत सङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मानमा महासङ्घले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई अध्यक्ष ढकालले बधाईसहित कार्यकालको सफलताको शुुभकामना दिए । उनले सदस्यहरूको समस्या समाधानमा महासङ्घले सदैव साथमा रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सही तथ्याङ्कको अभावका विषयमा महासङ्घले काम गर्ने बताउनुुभयो । उहाँले तथ्याङ्क उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयाँ सोच र फरक ढङ्गले काम गर्न लागेको उनले जानकारी गराए । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुुझावअनुसार सहयोग गर्न महासङ्घ तयार रहेको विश्वास दिलाए । नेपाल जग्गा विकास सङ्घका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको सङ्कटलाई नयाँ मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको बताए । नेपाल शैक्षिक परामर्श सङ्घका अध्यक्ष शेषराज भट्टराई, नेपाल मैदा उद्योग सङ्घका अध्यक्ष कुुमुदकुमार दुुगड, नेपाल गलैँचा उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष ई तेन्जिङ शेर्पा, नेपाल कफी व्यवसायी महासङ्घका अध्यक्ष ओमनाथ अधिकारी, नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुुमनमान ताम्राकारलगायतले आफ्नो विचार प्रस्तुत गरेका थिए ।
व्यावसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ : चन्द्रप्रसाद ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुगत परिषदले आयोजना गरेको कार्यक्रममा उनले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यावसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा राखे । वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले कार्यक्रम राखेको हो । कार्यक्रममा अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन सदस्य वस्तुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे । ‘हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्वा हुन् । आफैँ सक्षम पनि छन् । तपाईंहरू आफ्ना मुद्दा आफैँ पनि अगाडि बढाउन सक्नुहुन्छ तर कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ,’ उनले भने, ‘तपाईंहरूका इस्युका साथमा महासंघ पनि सँगै गयो भने हाम्रो एकता अझ बढी मजबुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं ।’ कार्यक्रममा ढकालले नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीलाई सम्मानसहित बधाई दिएका थिए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए । सदस्यहरुसँग नियमित बसेर उनीहरुका इस्युमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजेपछि महासंघमा जम्मा भएर काम गरिरहेको उनले जानकारी गराए । कुनै समस्या भयो, कुनै इस्यु छन् भने महासंघमा आएर छलफल गर्न पनि उनले आग्रह गरे । सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूणर् रुपमा प्रतिबद्ध रहेको श्रेष्ठले बताए । वस्तुगत परिषदका सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुगत परिषदले नयाँ सोच र फरक ढंगले काम गर्न लागेको जानकारी गराए । उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुझावअनुसार सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन् ।
‘व्यवसायिक वातावरण सुधार्न राष्ट्र बैंक जिम्मेवार भएन’
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिपछि निजी क्षेत्रमा निराशा छाएको छ । नेपाल राष्ट्र बैंकले गत आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले निजी क्षेत्रका माग सम्बोधन नगरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदर घटाएर व्यवसायिक वातावरण सुधार गर्ने अपेक्षा गरेको तर, बैंक दरमा कुनै परिवर्तन नगरी निक्षेप संकलन दर र नीतिगत दर ०.५ प्रतिशतले मात्रै घट्नुले राष्ट्र बैंक ब्याजदर घटाउने पक्षमा नरहेको सन्देश दिएकोे व्यवसायीहरुको आरोप छ । निजी क्षेत्रका तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षले संयुक्तरुपमा विज्ञप्ति नै प्रकाशन गरेर मौद्रिक नीतिको विरोध गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको अपेक्षाअनुसार मौद्रिक नीति आउन नसक्दा निजी क्षेत्रमा निराशा छाएको बताए । उच्च ब्याजदर, न्युन माग, नगद प्रवाहमा भएको समस्या, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगन लगायतका विद्यमान अर्थतन्त्रका चुनौतिहरुको सामना गर्नेगरी मौद्रिक नीति नआएको उनीहरूले बताएका छन् । पुँजीबजार लगानीकर्ताहरुले पनि धितोपत्र बजारलाई निरुत्साहित गर्ने मौद्रिक नीति आएको भन्दै बिरोध जनाएका छन् । लगानीकर्ताहरुले शेयर कर्जामा १५० को जोखिम भार १०० मा ल्याउन र १२ करोडको सीमा खारेज गर्न दिएको सुझाव सम्बोधन नभएको भन्दै निराशा प्रकट गरेका छन् । अटोमोबाइल व्यवसायीहरुले पनि मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाएका छन् । नेपाल होटल संघले पनि होटल तथा पर्यटन क्षेत्रका समस्या सम्बोधन गर्नेगरी मौद्रिक नीति आउन नसकेको दाबी गरेको छ । बैंकर्स संघले भने मौद्रिक नीतिको स्वागत गरको छ । संघले मौद्रिक नीति वर्तमान परिवेशमा सन्तुलितरुपमा सकारात्मक आएको बताएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको भनिए पनि यसले लिएका प्रावधानले त्यसलाई पुष्टि गर्न नसक्ने निजी क्षेत्रको दाबी छ । गत आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने ऋण प्रवाहको लक्ष्य १२.५ प्रतिशत राखेकोमा चालु आर्थिक वर्षमा ११.५ प्रतिशतको लक्ष्यमा झारेको भन्दै निजी क्षेत्र असन्तुष्ट छ । निजी क्षेत्रमा हुने कर्जा बिस्तार ११.५ प्रतिशतमा संकुचित गर्दा बजेटमार्फत सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत हासिल गर्न कठीन हुने निजी क्षेत्रको निष्कर्ष छ । एफएनसीसीआईका अध्यक्ष ढकालले बजेटले निर्धारण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने हिसाबले मौद्रिक नीति नआएको बताए । राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएको भने पनि नीतिहरू हेर्दा लचिलो नदेखिएकोे ढकालको दावी छ । सरकारको लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न मौद्रिक नीतिले राखेको साढे ११ प्रतिशत कर्जा बिस्तारको लक्ष्य सान्दर्भिक नभएको ढकालले बताए । ‘मौद्रिक नीतिले कर्जा बिस्तारलाई ११.५ प्रतिशत गर्ने लक्ष्य राखेको छ । जसमा गत वर्षको मौद्रिक नीतिको लक्ष्य भन्दा पनि कम हो । सरकारको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सक्दैन’, ढकालले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पनि निजी क्षेत्रले अपेक्षा गरेअनुरूपको मौद्रिक नीति नआएको बताए । निजी क्षेत्रले दिएका सुझावहरु राष्ट्र बैंकले सम्बोधन नगरेको अग्रवालको भनाई छ । ‘निजी क्षेत्रले अपेक्षा गरेअनुरूपको मौद्रिक नीति आएको छैन । अहिले अर्थतन्त्रको समस्या समाधान गर्न ब्याज घटाउनेतर्फ मौद्रिक नीति केन्द्रित हुनुपर्दथ्यो । त्यसका लागि बैंकदर घट्ने अपेक्षा गरेका थियौं’, अग्रवालले भने, ‘नीतिगत दर केही घटाएको छ । त्यसबाट बैंक दरमा कुनै प्रभाव पर्दैन र ब्याजदर घट्दैन । निजी क्षेत्रले वर्तमान अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्छ भन्ने माग थियो । मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका वर्तमान आर्थिक समस्या समाधान गर्न सक्दैन ।’ नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीतिले निजी क्षेत्रमा चरम निराशा छाएको बताए । अहिलेको मुख्य समस्या नै बैंकको ब्याजदर चर्को भएको भन्दै मौद्रिक नीतिमा आधार दर (बेस रेट)मा कुनै सम्बोधन नभएको मल्लले बताए । राष्ट्र बैंकले विगतका वर्षको जस्तै संकुचित मौद्रिक नीतिलाई निरन्तरता दिएको बताएका छन् । मौद्रिक नीतिले चालुपुँजी कर्जालगायत धेरै विषयहरू पुनरावलोकन गर्ने भनेपनि त्यसबारे अस्पष्टता छोडेको व्यवसायीहरुले बताएका छन् । परिसंघका अध्यक्ष अग्रवालले पनि विगत एक वर्षदेखि मौद्रिक नीतिको कारण मागको कमी भएर बजारमा मन्दी छाउँदा समेत राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संकुचित नीति अपनाएको गुनासो गरेका छन् । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले पनि ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी मौद्रिक नीति नआएको बताएका छन् । निजी क्षेत्रमा जाने कर्जालाई संकुचन गर्दा अर्थतन्त्र चलायमान हुन नसक्ने थापाको भनाई छ । शेयर बजार, घरजग्गा कारोबार तथा अन्य व्यापार व्यवसाय चलायमान भए मात्रै अटोमोबाइल व्यवसाय चलायमान हुने थापाको भनाई छ ।