भ्रमण वर्षको उद्घाटनमा भाग लिन जमैकाका पर्यटन मन्त्री नेपालमा,मन्त्री भट्टराईले गरे स्वागत

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटनमा भाग लिन जमैकाका पर्यटन मन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । बुधबार शुरू हुने भ्रमण वर्षमा सहभागी जनाउन उनी मंगलबार नेपाल पुगेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्री बार्लेटलाई सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् । भीआईपी पाहुनाहरुलाई सोल्टी होटेलमा रहने व्यवस्था मिलाइएको छ ।

पर्यटन मन्त्री भट्टराई भन्छन्- ‘सार्वजनिक सम्पत्तिमा क्षति हुने कार्य गरे संलग्नबाटै क्षतिपूर्ति भराइने छ’

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै कार्य गरे त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै उनले  केही असन्तुष्टिकाे विषयलाइ लिएर हड्ताल गर्ने र सरकारी सम्पत्ति ताेडफाेड गर्ने गतिविधी भइरहेकाले यस्ताे गर्नेबाट नै क्षतिपूर्ति भराइने बताएका हुन्  । कार्यक्रममा प्राधिकरण कर्मचारी युनियन, आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले प्राधिकरण विभाजन गर्ने निर्णयविरुद्ध कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा मन्त्री भट्टराईले त्यस्ता आन्दोलनबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका हुन् । मन्त्री भट्टराईले यस्ता असन्तुष्टिका विषयहरू समझदारीबाट समाधान हुने बताउँदै आमम हड्ताल र ताेडफाेडले सबैलाई हानी हुने बताए । ‘छलफल गरौं, कति घन्टा बस्ने हो म तयार छु । मलाइ तर्कबाट कन्भिन्स गराउनुस्, तालाबन्दीबाट म कन्भिन्स हुन्न’,प्राधिकरणकाे स्थापनाकै दिन यस्ताे कुरा गर्न हुन्न ।’ उनले भने । जन्मदिनकाे दिन शुभकामना दिनुकाे सट्टा कात्राे लिएर आउँछु भन्ने जस्ताे देखियाे त्यसैले यस्ताे भन्न सुहाउन्न उनले भने ।प्राधिकरणले  आफ्नाे २१ औं वार्षिकोत्सव  समाराेहमा विभिन्न क्षेत्रका धेरै व्यक्तित्वहरूलालाई पुरस्कृत गरेकाे थियाे ।

मुस्कानले पाईन रिचार्जर एपको आर्थिक सहयोग, पर्यटनमन्त्री भट्टराईले पनि ५० हजार दिने

काठमाडौं । रिचार्जर एपले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई ५२ हजार २० रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । एपले विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा खातुनलाई सो मात्राको सहयोग गरेको हो । कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । साथै, उनले पनि आफ्नो तर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।