टुक्रिदै नागरिक उड्ययन प्राधिकरण, हट्ला त ईयूको कालोसूची ?
काठमाडौं । नागरिक उडड्यन प्राधिकरण विभाजन हुने भएकाे छ । हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएसँगै प्राधिकरण विभाजन हुने प्रक्रिया अगाडि बढेकाे हाे । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ पारित गरेको हो । राष्ट्रिय महत्वको उक्त विधेयक अब प्रतिनिधिसभाबाट पारित भएपछि प्राधिकरण दुई निकायमा विभाजन हुनेछ । राष्ट्रिय सभामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली हवाई सेवालाई ईयूको कालोसूचीबाट हटाउनुपर्ने सर्तअनुसार दुइटा विधेयक सदनमा पेस गरिएको बताएका थिए । विगत ८ वर्षदेखि नेपाली वायुसेवा कम्पनीहरु युरोपेली संघ (इयु) को कालोसूचिमा रहेका छन् । कालोसूचिबाट हटाउने संकेद दिएको इयुले पुनः ६ महिनाका लागि अन्तराष्ट्रिय उडान गर्दै आएका तीन वायुसेवा कम्पनीहरुलाई कालोसूचिमा राखेको छ । क्यान छुट्याउने दुई विधेयक राष्ट्रिय सभामा दर्ता भएपछि आइकाओ दिवसको अवसरमा इयुले एक विज्ञप्ती जारी गर्दै कालोसूचिबाट हटाउने सम्भावना रहेको बताएको थियो । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले संसद् नै भंग गरेपछि विधेयकको प्रक्रिया लम्बिएपछि इयूको प्रतिबन्ध पनि लम्बिएको थियो । निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ११ फागुन २०७६ मा नेपालको ‘हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ राष्ट्रिय सभामा दर्ता गराएका थिए । इयुले नेपाली आकाशलाई कालोसूचिमा राख्दा अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स युरोपेली आकाशमा उडान भर्न पाएका छैनन् । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लामो दुरीमा उडान गर्ने भन्दै ल्याएको दुई थान एयरबस ३३० (वाइडबडी) इयुको कालोसूचिका कारण गन्तव्य विस्तार गर्न सकेको छैन् । इयुले किन राख्यो कालोसूचीमा ? सन् २०१३ को जुलाईमा आइकाओकै अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिइदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेको लगायत अन्य सुरक्षाका विषय सरदर भन्दा न्युन रहेको भन्दै नेपाललाई कालो सूचीमा राख्न सिफारिस गरेको थियो । आइकाओको रिपोर्टलाई आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । इयुले नेपाललाई कालोसूचीमा राखेका कारण नेपालका कुनै पनि विमानले युरोपेली परिषद सदस्य रहेका मुलुकमा सिधा उडान गर्न पाएका छैनन् । सन् २०१७ मा आइकाओको अडिटले कालो सूचीबाट हटाएपनि युरोपियन युनियनले अझै नेपाललाई उक्त सूचीबाट हटाएको छैन् । आइकाओको रिपोर्टलाई आधार बनाएर नेपाली टोलीले इयु उड्डयन सुरक्षा समिति बैठकमा नेपाललाई कालोसूचीबाट हटाउन आग्रह गर्दै आएका थिए ।
बसन्त याममा ४४ देशका ४५९ जनाले गरे सगरमाथा आरोहण
काठमाडौं । बसन्त यामको हिमाल आरोहण अन्तरगत ४४ देशका ४ सय ५९ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको आरोहण तथ्यांक अनुसार उक्त संख्यामा विदेशी तथा स्वदेशी आरोही तथा सहयोगी गाईडहरुले सफल आरोहण गरेका हुन । यस सिजनमा २७६ जना सहयोगी शेर्पा गाइडहरुले आरोहण गरेका छन् । उक्त सहयोगी सहित यस सिजनमा ७ नेपाली आरोही गरी २८२ जना नेपाली आरोहीले सफल आरोहण गरेका हुन् । विभागको तथ्यांक अनुसार यस सिजनको सगरमाथा आरोहण गर्न ४३ समूहका ४०८ जना आरोहीले आरोहण अनुमति लिएका थिए । जसमध्ये ७ नेपाली सहित १८२ जनाले मात्र सफल आरोहण गरेका थिए । यसपटक सगरमाथा आरोहण गर्ने नेपालीमा निजामती कर्मचारीतर्फका युवराज धिताल, हेलिकप्टर पाइलट सोबित गौचन, हेलिकप्टर व्यवसायी फुर्वा छिरी शेर्पा, पर्यटन व्यवसायीद्वय रामशरण उप्रेती र टासीलाक्पा शेर्पा तथा पूर्णकुमार शेर्पा र सोनाम शेर्पा (बुवा–छोरा)ले सगरमाथा आरोहण गरेका थिए । कुन देशका कतिले गरे आरोहण ? नेपालीपछि सगरमाथा चुचुरो पुग्नेमा अमेरिकी नागरिकको संख्या धेरै छ । यो सिजनमा ३२ जना अमेरिकी नागरिक चुचुरो पुगेका छन् । तथ्यांक अनुसार दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । यो सिजनमा २४ जना चिनियाँले सगरमाथा चढेका थिए । सफल आरोहण गर्ने भारतीय नागरिकको संख्या २० रहेको छ । बेलायतबाट १३ जनाले सफल आरोहण गरेका छन् । यो वर्षको चर्चित आरोही दल बहराइनका १० नागरिकले सगरमाथाको चुचुरो चुमेका छन् । यो टीममा बहराइनका राजपरिवारका एक सदस्य समेत समावेश थिए । यो सिजनमा रुसबाट ६, स्वीट्जरल्याण्ड, युक्रेन, रुस र ब्राजिलका ५/५ , क्यानडा र नर्वेका ४/४ आरोहीले सफल आरोहणण् गरेका थिए । विभागको तथ्यांक अनुसार रोमानिया र जर्मनीका ३/३, अष्ट्रिया, बेलारुस, आइसल्याण्ड, जापान, नेदरल्याण्ड्स, पाकिस्तान र पोल्याण्डका २/२ आरोहीले चुचुरो चुमेका छन् । यस्तैगरी, उज्वेकिस्तान, तान्जानिया, ताजकिस्तान, ताइवान, स्वीडेन, दक्षिण अफ्रिका, मोरोक्को, मोल्दोभा, मेक्सिको, लक्जेम्वर्ग, लात्भिया, कीर्गिन रिपब्लिक, इटली, इजरायल, इरान, हङकङ, फिनल्याण्ड, इस्टोनिया, क्रोएसिया, अष्ट्रेलिया र अर्जेण्टिनाका १/१ आरोही चुचुरो पुगेको विभागको तथ्यांकमा उल्लेख छ । यसपटक विभागले १६ वटा हिमालका लागि नेपालसहित ७९ मुलुकका ७ सय ५४ नागरिकलाई आरोहण अनुमति दिइएको थियो । जसमा सगरमाथाका लागि ४०८ जना आरोही, मनास्लुमा १, आमादब्लमा २७, अन्नपूर्ण पहिलोमा ४४, बरुणचेमा १५, धौलागिरीमा ३३, ल्होत्सेमा १२५, नुप्सेमा ३८ जनाले आरोहण अनुमति दिएका थिए । यस सिजनमा विभागले आरोहणबाट ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ राजश्वं संकलन गरेको छ ।
टान कार्यालयमा राजश्व विभागको छापा
काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को केन्द्रीय कार्यालयमा राजश्व विभागले छापा मारेको छ । पदयात्रा व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्डको रकम पारदर्शी नभएको व्यवसायीको उजुरीका आधारमा विभागले शुक्रबार दिउँसो छापा मारेको हो । विभागले टानबाट आवश्यक कागजपत्र समेत नियन्त्रणमा लिएको छ । टानका अध्यक्ष खुमबहादुर सुवेदीले भ्याटका विषयमा विभागका अधिकारीहरुले सोधपुच्छ गरेको बताए । टान र नेपाल पर्यटन बोर्डको सहकार्यमा सन् २००८ जनवरी १ देखी टिम्स कार्यान्वयनमा ल्याईएको थियो । टानको अवधारण अनुरुप पदयात्रीहरुको सुरक्षाको लागि टिम्स ल्याईएको थियो, टिम्सको प्रभावकारी कार्यान्वयनका लागि दुई निकायविच समझदारी–पत्रमा हस्ताक्षर भई विगत १३ बर्षदेखी टिम्स सम्बन्धी कार्यहुँदै आएको हो । पर्यटन बोर्डले खर्च गर्न पाउने ३० प्रतिशत, बोर्ड र टानको संयुक्त कोषमा रहने अर्को ३० प्रतिशत र मजदुर कल्याणकारी कोषमा रहने १० प्रतिशत रकम राखिने व्यवस्था गरिएको थियो । तर सम्झौता अनुसारको रकम विगत लामो समयदेखि टानले पाएको छैन । पर्यटन बोडसँग टानले टिम्स कार्ड खरिद गरेर बिक्री गर्दै आएको थियो । उक्त बिक्री प्रक्रियामा अनियमितता भएपछि लामो समयदेखि उक्त रकम खर्च हुन सकेको छैन ।