निगमलाई खतराजन्य पदार्थ बोक्ने अनुमति
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाइ अन्तर्राष्ट्रिय उडानमा डेन्जरस गुड्स (खतराजन्य पदार्थ) बोक्ने अनुमति दिएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई खतराजन्य पदार्थको आयत तथा निर्यातको अनुमति दिएका हुन । निगमले खतराजन्य पदार्थ बोक्ने अनुमति पाएसँगै नेपालका व्यवसायीले अन्य वायुसेवा कम्पनी मार्फत कार्गाे ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो । प्राधिकरणको फलाइट सेफ्टी स्ट्याण्डर विभागका अनुसार, नेपाली वायुयान (जहाज) तर्फ खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति पाउने निगम पहिलो वायुसेवा कम्पती भएको छ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले मानव स्वास्थ्य तथा शुरक्षालाई असर पु¥याउने ९ प्रकार (ज्वलशील ग्यास, तरल पदार्थ, ठोस पदार्थ, अक्सीडाइजिङ, विषाक्त तथा संक्रामक, रेडियोधर्मी लगायत) का खतराजन्य पदार्थको वर्गिकरण गरेको छ । आइकाओले वर्गिकरण गरेमध्येबाट क्यानले निगमलाइ ९ र ७ नम्बर अन्तरगत मेडिकलतर्फ एक्स–रे मेशिनसँग सम्बन्धित रेडियो फर्मास्युटीकल सामान र ल्यापटप, मोबाइलमा प्रयोग हुने लिथियम–आयन ब्याट्री लगायत खतराजन्य पदार्थ (आयत निर्यातको मात्रै) अनुमति दिएको हो । यसअघि निगमले खतराजन्य पदार्थको आयातका लागि क्यानबाट अनुमति लिएर आयात तथा निर्यात गर्दै आएको थियो । स्थाई रुपमा नै निगमले खतराजन्य पदार्थको आयात गर्न बाटो खुलेको निगमका कार्यकारी अध्यक्ष अधिकारीले बताए । उनले निगमले अनुमति पाएसँगै निगमको भ्यालु एडमा समेत सहयोग पुग्ने उनले बताए । निगमका कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहालले खतराजन्य पदार्थको आयात तथा निर्यातको अनुमति पाएसँगै नेपाली व्यवसायीलाई कार्गाे उडानका लागि अन्य वायुसेवाका जहाज खोज्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । प्राधिकरणले यसअघि हेलिकप्टर कम्पनीतर्फ श्री एयरलायन्सलाइमात्रै खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति दिएको थियो ।
प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र
काठमाडौं । मौसमी गडबढीका कारण हवाई उडान प्रभावित भएको छ । भिजिविलिटी कम हुँदा उडानमा समस्या भएको बताइएको हो । विमानस्थल कार्यालयका अनुसार शनिबार बिहानका लागि निर्धारि विमानहरु भिजिविलिटीका कारण केही ढिलो उडान भइरहेका छन् । गन्तव्यमा समयमै पुग्नु पर्ने यात्रुहरु विमान ढिलो हुँदा समस्या भएको गुनासो गरेका छन् । जहाज एक/दुई घण्टा नै ढिलो हुँदा उनीहरु अलपत्र अवस्थामा परेका हुन् ।
जानकी मन्दिरमा पनि डिजिटल भुक्तानी
काठमाडौं । नेपाल एसबिआई बैंकले जानकी मन्दिरलाई कयुआर कोड र पिओएस मेसिन हस्तान्तरण गरेको छ । योसँगै अब जानकी मन्दिरमा डिजिटल माध्यमबाट तीर्थयात्रीहरुले भुक्तानी गर्न पाउनेछन् । यससँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जानकी मन्दिर व्यवस्थापनलाई मन्दिर परिसरलाई सफा राख्न १२ वटा डस्टबिन उपलब्ध गराएको छ । यस पहलले जानकी मन्दिरको सौन्दर्यमा वृद्धि हुनका साथै पर्यटन प्रवद्र्धन र मन्दिर दर्शन गर्न आउने तीर्थयात्रीको आरामदायी बसाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।