एसईई दिई बसेका र नव-विवाहित जोडीलाई अन्नपूर्ण केबुलकारमा छुट

काठमाडौं । अन्नपुर्ण केबलकारले एसईई दिई बसेका छात्रछात्रा र नव-विवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत केबलकारले एसईई दिएका  छात्रछात्रालाई ५० प्रतिशत छुट र १ टिकटको खरीदमा अर्को एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ । यस योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ भने नव-विवाहित जोडीले आफु विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । विद्यार्थीको लागि योजना वैशाख ३० गतेसम्म लागु हुने र असार मसान्तसम्म लागु हुने केबुलकारले जनाएको छ ।

कोरोनाले बन्द भएको बनारस उडान सुचार गर्दै बुद्ध एयर, सातामा २ उडान गर्ने

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी जेठ ९ गतेदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान पुनः सुचारु गर्न लागेको हो । उक्त गन्तव्यमा बुद्धले हप्तामा दुईदिन सोमबार र शुक्रबार उडान गर्ने जनाएको छ । सुरुवाती चरणमा सातामा दुईृ उडान गर्ने तयारी गरेको बुद्धले उडान सुरू भएको केही समयपछि बुधबार समेत उडान गर्ने जनाएको छ । ५० मिनेटको काठमाडौं–बनारस बिहान ७ः१५ र बनारस–काठमाडौं भारतीय समय ८ः३० मा उड्ने कम्पनीले जानकारी दिएको छ । बुद्धले २०७५ को असारदेखि बनारस उडान गर्दै आएको थियो । बुद्धले उक्त गन्तव्यमा एटीआर–७२ विमानबाट उडान गर्नेछ । ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सयभन्दा बढी उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट समेत गरिरहेको छ ।

अन्नपूर्ण केबलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सुरु गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केबलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो । केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ । केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको जनाएको छ । कम्पनीको अनुसार सराङकोटको डाँडाबाट माछापुच्छ्रे लगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।