२६ औं पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले राखे कीर्तिमान
फाइल फाेटाे काठमाडौं । २६ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन् । शनिबार सगरमाथाको आरोहण गर्दै शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।
अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक
मनाङ । दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि करिव दश महिनाको अवधिमा जिल्लामा छ हजार पाँच सय ८४ जना युरोपियन पर्यटक आएका हुन् । युरोपियन देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि आउने गरेको गौतमले बताए । हाल दैनिकरुपमा ७७ को हाराहारीमा विदेशी पर्यटकले पदमार्गको यात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । नेपालमा पहिलो पटक आएको र हिमशृङ्खलाको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफूहरु निकै खुसी भएको पर्यटक बताउँछन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन् । विभिन्न क्लब तथा सङ्घसंस्थामा आबद्ध भएका बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउने गरेको पाइएको छ ।
अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक बढे
दुई वर्षको लामो अन्तरालपछि मनाङमा पर्यटक बढ्दै गएका छन् । हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म ६ हजारभन्दा बढी युरोपेली पर्यटक भित्रिएका छन् । सो अवधिमा जिल्लामा छ हजार ५८४ जना युरोपेली पर्यटक आएका हुन् । युरोपेली देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनबाट ६९९, इजरायलका ५९८, बेलायतका ४४५ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिल महिनामा मात्रै दुई हजार ३८२, मार्चमा एक हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के पास गर्दै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । केही समय यता यहाँ दैनिक ७७ जना विदेशी पर्यटकहरु अन्नपूर्ण पदयात्राका लागि आउने गरेको उनले बताए । नेपालमा पहिलो पटक आएको र हिमश्रृङ्खलाहरूको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफुहरू निकै खुसी भएको पर्यटकहरू बताउँछन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभइ आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन् । विभिन्न क्लब तथा सङ्घसंस्थामा आबद्ध भएर बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउनेहरु क्रमशः बढेका छन् ।