भक्तपुर सुडालको कलमसीमा १०८ फिट अग्लो शिवमूर्ती बन्ने, शिलान्यास सम्पन्न
भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमूर्ती बन्ने भएको छ । मंगलवार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ती सिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमुर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुले संयुक्त रुपमा गरेका हुन् । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ८ र काभे्रको बनेपा नगरपालिकाको सिमानामा बन्न लागेको सो शिवमूर्तीले आन्तरिक तथा वाह्य पर्यटन आगमनमा ठुलो भुमिका खेल्ने विश्वास स्थानिय बताउँछन् । शिवमुर्ति सिलान्यासका लागि मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा लतिलपुरको बालकुमारीबाट ‘नाग राजा’को मुर्ति लिएर करिव ३५ वटा गाडीमा ५ सय भन्दा बढी भक्तजन बाजा–गाजा तथा झाँकी ज्ुलुस सहित मुर्ति निर्माण स्थल पुगेका थिए । सो अवसरमा नागपञ्चमीको विशेष पुजाआजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम गरेर शिवमुर्ति निर्माण कार्य थालनीको उद्घोष गरिएको थियो । मानव कल्याण अध्यामिक प्रतिष्ठानका संरक्षण शिव–तान्त्रिक बुद्धिकुमार गुरुले मुर्ति बनाउन साँढे ६ करोड रकम खर्चने बताए । उनले भने, ‘मैले यस ठाउँमा १०८ फिट अग्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम जसरी पनि पुरा गर्ने अठोट लिएको छु । बरु एक छाक खाना किन छोड्नु नपरोस् तर पुरा गर्ने नै छु ।’ कार्यक्रममा बोल्दै ग्रनीसिटि हस्पिटलका अध्यक्ष तथा समाजसेवी लोकबहादुर टण्डनले गुरु शितान्त्रिकले अत्यन्तै प्रसंसनीय काम गरेको भन्दै मुर्ति निर्माणको लागि १ लाख ५१ हजार नगद सहयोग समेत आयोजकलाई हस्तान्तरण गरेका थिए ।
साउन २३ गतेदेखि मनकामना केबलकार स्तरोन्नतिको लागि बन्द हुने
काठमाडौं । मनकामना केबलकार साउन २३ गतेदेखि स्तरोन्नतिकाे लागि बन्द हुने भएको छ । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने पहिलो चरणको लागि केबलकार अनिश्चिकालको लागि बन्द हुन लागेको हो । केबलकारले यसको लागि ५ देखि छ हप्ता समय लाग्न सक्ने अनुमान गरिएको बताएको छ । उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहने बताइएको छ ।
कर्पोरेट पाहुनाको लागि आईएमइ ग्रुपको ‘द लेकसाइड रिट्रिट’ मा थप सुविधा
पोखरा । आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुविधा थप गरेको छ । सुविधा सम्पन्न ४ वटा प्रिमियम कटेज सहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुविधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए । पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए । हरियाली सहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै राम्राे हुने उनी बताउँछन् । यस्तै, आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु सन्चालनको तयारीमा रहेको उनले जानकारी दिए ।