११ वर्षमा अल्ट्राबाईट इन्टरनेशनल, उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने दृढ संकल्प
काठमाडौं । सूचना प्रविधि क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल अल्ट्राबाइट इन्टरनेशनल प्रालि स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ। सन् २०१४ मा सुरु भएको यस कम्पनीले एसईओ ९सर्च इन्जिन अप्टिमाइजेसन०, वेब डिजाइन र डेभलपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अगमेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल मिडिया म्यानेजमेन्टजस्ता आधुनिक सेवा प्रदान गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरेको छ । कम्पनीले नेपालमै मात्र नभई विदेशका व्यवसाय र संस्थाहरुसम्म सेवा पुर्याउँदै प्राविधिक दक्षता र ग्राहक विश्वासलाई प्रमुख आधार बनाएको कम्पनीको दाबी छ । यस यात्रामा अल्ट्राबाइटले विभिन्न व्यवसायिक वेबसाइट, अनलाइन समाचार पोर्टल र संस्थागत प्लेटफर्म तयार गरी सूचना प्रविधि क्षेत्रको विश्वसनीय नामको रुपमा आफूलाई स्थापित गरेको छ । कम्पनीले विकास गरेको अल्फाओक्टो डट कम निकै प्रभावकारी र लोकप्रिय छ । यो एउटा नवीनतम बिजनेश अटोमेशन सिस्टम हो । यो एउटा डिजिटल प्लेटफर्म हो जसले सीआरएम, एचआर म्यानेजमेन्ट, लिड म्यानेजमेन्ट सिस्टम, अपोइन्टमेन्ट सिस्टमजस्ता सुविधा प्रदान गर्छ । यसले विभिन्न स्रोतबाट डेटा संकलन गरेर विश्लेषण गर्छ, त्यसपछि एसएमएस, इमेल र टेलिमार्केटिङमार्फत व्यवसायलाई लक्षित ग्राहकसम्म पुग्न सजिलो बनाउँछ ।छोटकरीमा अल्फाओक्टो व्यवसायको लागि सम्पूर्ण डेटा, सीआरएम र मार्केटिङ समाधान हो । कम्पनीले यस प्रडक्टमा विशेष अफर समेत ल्याएको छ । ११ औं स्थापना दिवसको अवसरमा १२ महिनाको लागि १३ ग्राहकको लागि नि: शुल्क दिने जनाएको छ । अफरमा सहभागी जनाउन सकिने कम्पनीले जनाएको छ । स्थापना दिवसको अवसरमा कम्पनीले ग्राहक वर्ग, कर्मचारी तथा सरोकारवाला निकायहरूमा हार्दिक आभार र कृतज्ञता व्यक्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमर भट्टराईले आगामी दिनमा सेवा र सुविधाहरूमा नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कम्पनीले ग्राहक र सेवा प्रयोगकर्ताहरूको आवश्यकता तथा उद्देश्यलाई मध्यनजर राखेर नयाँ प्रोडक्टहरूको विकासमा जोड दिने जनाएको छ । प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रदान गर्दै भरपर्दो र उत्कृष्ट कम्पनीको रूपमा आफूलाई स्थापित गर्ने दृढ संकल्पसहित सबै सरोकारवालाप्रति कम्पनीले आफ्नो कृतज्ञता प्रकट गरेको छ ।
नेपाल टेलिकमले ल्यायो चाडपर्व अफर, ५ हजार रुपैयाँसम्मको छुट र अनलिमिटेड डेटा सुविधा
काठमाडौं । नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि अफर सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको ‘दसैं–तिहार–छठ अफर २०८२’ अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित विभिन्न मोबाइल सेवा प्याकेज उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क (रु. ५,०००) पूर्ण रूपमा मिनाहा गरिनेछ । यसैगरी जीएसएम सेवामा विशेष डेटा प्याकेजसमेत उपलब्ध गराइएको छ । रु. ४९९ मा ५ जीबी ‘फेस्टिवल अनलिमिटेड’ र रु. ६९९ मा १० जीबी ‘फेस्टिवल अनलिमिटेड प्रिमियम’ डेटा प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेजमा प्रतिदिन तोकिएको भोल्युम सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा उपलब्ध हुने ‘जॉयफुल मिनेट्स’ प्याकेज र रु. ९९ मा १००० अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यी प्याकेजको समयावधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ । जीएसएम सेवाका प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछन् । अफर प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट 14153# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । कम्पनीले विभिन्न चाडपर्वको अवसरमा उपलब्ध गराइने यस्ता अफरहरूले आफन्तसँग खुशी बाँड्न, सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।
हुवावेको एटलस ९५० : एनभीडीयालाई हल्लाउने ‘एआई बम’ !
बेइजिङ । चिनियाँ टेलिकम दिग्गज हुवावेले बिहीबार आफ्नै एसेन्ड चिप प्रयोग गरेर कृत्रिम बौद्धिकता (एआई) को लागि नयाँ कम्प्युटिङ प्रणाली सार्वजनिक गरेको छ । सार्वजनिक चिपले अमेरिकी प्रतिद्वन्द्वी एनभीडीयामाथि दबाब बढाएको छ । हुवावेले आफ्नो नयाँ ‘एटलस ९५० सुपरक्लस्टर’ आगामी वर्षमै सार्वजनिक गर्ने योजना बनाएको छ । ‘प्रतिस्पर्धा निर्विवाद रूपमा आइसकेको छ र यसको गति बढिरहेको छ,’ एनभीडीयाका प्रवक्ताले सीएनबीसीसँगको एक विज्ञप्तिमा भने, ‘ग्राहकहरूले विश्वका सबैभन्दा लोकप्रिय व्यावसायिक एप्लिकेसन र ओपन–सोर्स मोडेलहरू चलाउन सबैभन्दा राम्रो प्रविधि स्ट्याक छनोट गर्नेछन् ।’ संयुक्त राज्य अमेरिकाले चीनलाई एआई मोडेल सिकाउन प्रयोग हुने अत्याधुनिक सेमिकन्डक्टरहरूबाट काट्ने प्रयास गर्दै आएको छ । यसलाई सामना गर्न, चिनियाँ कम्पनीहरूले प्रायः कम कार्यक्षम तर स्वदेशमै निर्मित चिपहरूको ठूलो संख्यालाई समूहबद्ध गरेर समान कम्प्युटिङ क्षमता हासिल गर्ने रणनीति अपनाएका छन् । हुवावेले २०२८ को अन्त्यसम्म आफ्ना एसेन्ड चिपका तीन नयाँ संस्करण ल्याउने र हरेक वर्षको संस्करणमा कम्प्युटिङ क्षमता दोब्बर पार्ने लक्ष्य राखेको जनाएको छ। यी चिपहरूले हुवावेको एआई कम्प्युटिङ संरचनाको आधार तयार गर्छन्, जसमा सुपरक्लस्टर धेरै सुपरपोडहरूसँग जडित हुन्छ र ती सुपरनोडहरूबाट बनेका हुन्छन् । सुपरनोडहरू एसेन्ड चिपमा निर्मित हुन्छन् र अमेरिकी प्रतिबन्धले लगाएका प्राविधिक अवरोधलाई पार गर्न विशेष प्रणाली डिजाइन प्रयोग गरिएको हुन्छ । हुवावेका अनुसार नयाँ एटलस ९५० सुपरनोडमा ८,१९२ एसेन्ड चिपहरू जडान हुनेछन् र सम्पूर्ण एटलस ९५० सुपरक्लस्टरमा ५ लाखभन्दा बढी चिप प्रयोग गरिनेछ । आगामी २०२७ मा सार्वजनिक हुने एटलस ९६० संस्करणले प्रत्येक नोडमा १५ हजार ४८८ एसेन्ड चिपहरू समर्थन गर्नेछ । पूरा सुपरक्लस्टरमा एक मिलियनभन्दा बढी एसेन्ड चिप हुने हुवावेले दाबी गरेको छ । यी प्रणालीहरू एनभिडियाका चिपले चलाइने प्रणालीसँग कसरी तुलना गर्छन् भन्ने स्पष्ट भएको छैन । तर हुवावेले आफ्नो प्रेस विज्ञप्तिमा भनेका अनुसार यी नयाँ सुपरनोडहरू केही वर्षसम्म विश्वकै सबैभन्दा शक्तिशाली हुनेछन्। बिहीबारको भाषणमा हुवावेका उपाध्यक्ष तथा घुमाइदार अध्यक्ष एरिक सुले आफ्नो आगामी एटलस ९५० सुपरनोडले एनभिडियाको आगामी वर्ष सार्वजनिक हुने एनभीएल १४४ प्रणालीभन्दा ६.७ गुणा बढी कम्प्युटिङ शक्ति दिने दाबी गरे। उनले २०२७ मा सार्वजनिक हुने अर्को एनभिडिया प्रणालीभन्दा पनि हुवावेको उत्पादन सबै दृष्टिले अघि रहने दाबी गर्दै एटलस ९५० सुपरक्लस्टर एलन मस्कको एक्सएआई कोलोसर सुपरकम्प्युटरभन्दा १.३ गुणा बढी शक्तिशाली हुने बताए । ‘चीनको आफ्नै चिप प्रविधिमा आत्मनिर्भरता बढाउने हालैको सरकारी जोडसँग हुवावेको यो उपलब्धि समयानुकूल मेल खान्छ,’ एसिया ग्रुपका पार्टनर र डिजिटल अभ्यासका सहअध्यक्ष जर्ज चेनले भने । उनका अनुसार हुवावेले आफ्नो प्राविधिक क्षमता बढाएर देखाउने सम्भावना भए पनि ‘विश्वको एआई नेतृत्व लिन यसको महत्त्वाकांक्षा कम आँक्न मिल्दैन ।’ अनुसन्धान फर्म सेमीएनालिसिसले गत अप्रिलमा पत्ता लगाएको थियो कि हुवावेले विकास गरेको क्लाउडम्याट्रिक्स प्रणाली एनभीडीयाभन्दा राम्रो प्रदर्शन गर्न सक्षम थियो— यद्यपि प्रत्येक एसेन्ड चिपले एनभिडिया प्रोसेसरको मात्र एक–तिहाइ प्रदर्शन दिने गर्छ । हुवावेले पाँच गुणा बढी चिप प्रयोग गरेर यो लाभ प्राप्त गरेको थियो । ‘कम्प्युटिङ शक्ति एआईको लागि सधैं मुख्य कारक रहँदै आएको छ र रहिरहनेछ,’ घुमाइदार अध्यक्ष सुले बिहीबार शाङ्घाईमा सुरु भएको कम्पनीको वार्षिक हुवावे कनेक्ट कार्यक्रममा भनेका थिए । यो कार्यक्रम शनिबारसम्म चल्नेछ । यही कार्यक्रममा दुई वर्षअघि हुवावेले एटलस ९०० सुपरक्लस्टर घोषणा गरेको थियो । कम्पनी अहिले ‘एटलस ९०० एआई क्लस्टर’ बिक्री गर्छ जसमा ‘हजारौं’ एसेन्ड चिप प्रयोग गरिएको हुन्छ । हुवावेले बिहीबार जनाएअनुसार २० भन्दा बढी कम्पनीलाई ३०० प्लस एटलस ९०० एथ्री सुपरनोड तैनाथ भइसकेका छन् । एनभीडीयामाथि बढ्दो दबाब हुवावेको यो घोषणा चीनले एनभीडीयाको विकल्प विकास गर्ने प्रयासलाई अघि बढाइरहेको बेला आएको हो । यसै हप्ताको सुरुवातमा दुई देशले स्पेनमा भएको व्यापार वार्ता सकेका थिए, जसमा बाइटडान्स स्वामित्वको टिकटकको अमेरिकी सञ्चालनबारे दीर्घकालीन विवाद समाधान गर्ने बाटोबारे छलफल भएको थियो । सोमबार चीनले एनभिडियाविरुद्ध एकाधिकारसम्बन्धी जाँचलाई थप समय दिने घोषणा गरेको थियो । यसपछि अमेरिकी चिप निर्माता कम्पनीमाथि थप दबाब बढेको छ । फाइनान्सियल टाइम्सले स्रोतहरूलाई उद्धृत गर्दै चीनले एनभीडीयाको आरटीएक्स प्रो ६००० डी चिप परीक्षण र अर्डर रोक्न आदेश दिएको खबर सार्वजनिक गरेपछि बुधबार एनभिडियाको सेयर मूल्य २ प्रतिशतभन्दा बढी घट्यो । एनभिडियाका सीईओ जेन्सेन हुआङले यो प्रतिबन्धको खबर सुनेर आफू ‘निराश’ भएको बताए । उनले यसअघि नै हुवावेलाई ‘शक्तिशाली’ प्रतिस्पर्धी भनेका थिए । चीनले एनभीडीयाको एआई चिप्स प्रतिबन्ध लगाएपछि सीईओ हुवाङ असन्तुष्ट चीनको कडाइपछि एनभीडीयाको एच २० चिप उत्पादन संकटमा, ४.५ अर्ब डलर बराबरको स्टक घाटा