एनसेलले तिर्‍याे सरकारलाई साढे चार अर्ब लाभकर

काठमाडौं : दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकरबापतको साढे चार अर्ब रुपैयाँ तिरेको छ। एनसेलले मंगलबार सरकारलाई  ४ अर्ब ५० कराेड रूपैयाँ तिरेकाे हाे । सरकारलाई तिर्नुपर्ने २२ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकरमध्ये  एनसेलले आज (मंगलबार) ४ अर्ब ५० करोड रूपैयाँ तिरेको हाे । एनसेलले  ठूला करदाता सेवा कार्यालयमा गएर उक्त रकम तिरेकाे कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए। लाभकर तिर्दैन भन्दै आएको संस्था किस्ताबन्दीमा भए पनि कर तिर्न सहमत भएको उनले बताए । एनसेलले बाँकी रकम आगामी छ महिना भित्रमा तिर्ने जनाइएकाे छ ।

सुविसु अफरच्यूनिटी योजना: मात्र १ हजार ४० मा प्रति महिना २५ एम्बिपिएस इन्टरनेट

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९ औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषण गरेको छ । यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले मात्र रु १०४० प्रति महिनामा २५ एम्बिपिएस इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५ भन्दा बढि एच डि च्यानल) प्राप्त गर्न सक्नेछन् । यो अफर ग्राहकले १५ महिनाको भुक्तानिमा प्राप्त हुनेछ । त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त गर्न सक्नेछन् । यो अफर १४ महिनाको भुक्तानिमा प्राप्त हुनेछ। यसका साथै ग्राहकहरुले  २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश भएकाे दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्नेछन् । अफर सिमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने सुबिसुले जानकारी दिएको छ ।

भ्रमण वर्षका लागि ठूलो लोगो सहितको प्रबर्द्दनात्मक आकृती अनावरण

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्धारा आयोजित प्रबर्द्दनात्मक कार्यक्रममा ठूलो लोगो सहितको प्रवद्र्धनात्मक आकृति अनावरण गरेको छ । चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले करीब ३० फिट चौडाई तथा ३० फिट लम्बाईको प्रवद्र्धनात्मक सन्देश सहितको भ्रमण वर्ष २०२० को लोगो सहितको आकृतीको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्समा अनावरण गरेको हो । सो अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै निजी क्षेत्रले स्वफूर्त प्रबद्र्धनात्मक कार्यमा चेम्बरले मुख्य व्यापारीक एंव काठमाडौंको केन्द्रमा भ्रमण वर्ष २०२० को लोगो सहितको प्रवद्धनात्मक सामाग्रीको प्रचार प्रसार गर्न पाएकोमा चेम्बर आफू गौरवाम्वित महसुस गर्दै यस्ता पर्यटन प्रबद्र्धनात्मक क्रियाकलापहरु चेम्बरले विगत देखि गर्दै आइरहेको स्मरण समेत गरे । भविष्यमा समेत पर्यटन प्रबद्र्धन र भ्रमण वर्ष २०२० सफलपार्न चेम्बरबाट आवश्यक सहयोग रहने दृढता समेत व्यक्त गरे । सो अवसरमा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यको रुपमा यस्ता प्रबद्र्धनात्मक कार्यहरुको भ्रमण वर्ष २०२० पूर्णत सफल, प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्तगदै यस्तै क्रियाकलाप चेम्बर लगायतनिजी क्षेत्रकाअन्य संघ संस्थाएंव देश व्यापी रुपमा र अन्तर्राष्ट्रिय जगतमा समेत भइरहेको छ । चेम्बरको पर्यटन कमिटीका सभापतितथा चेम्बरका का.स. अर्जुन शर्माले यस किसिमको कार्यले मुलुकले परिलक्षित गरेको २० लाखपर्यटकका साथै स्तरीय पर्यटक भित्र्याउन प्रचार प्रसारको सशक्त माध्यम हुने बताए । सो अवसरमा नेपाल सरकारका सम्बद्ध निकायका उच्च अधिकारीहरु, नेपाल पर्यटन बोर्ड, पर्यटनसँग सम्बद्ध निजी क्षेत्रका संस्थाहरु, का.स. सदस्य, महिला चेम्बर, युथ चेम्बर, चेम्बर पर्यटन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।