डोटीमा टेलिकमको एफटिटीएच सेवा शुरु: अब एउटै केवलबाट टेलिफाेन, ईन्टरनेट र टिभी

डाेटी । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न थालेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ । अहिलेसम्म जिल्ला सदरमुकाम सिलगढीमा १७८ तथा पिपल्ला र राजपुर बजारमा २५४ गरी कूल ४३२ ग्राहकले एफटिटीएच सेवा जडान गरेका छन् । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा उक्त सेवा जडान गर्ने कार्य शुरु गरिएको हो । उक्त फाइबर टु द होम अर्थात् एफटिटीएच सेवाअन्तर्गत एउटै केवलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुतगतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने नेपाल टेलिकम दिपायलले जनाएको छ । यतिमात्र नभई उक्त सेवाबाट टिभीसमेत चलाउन मिल्ने बनाइएको छ । यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गरिएको भए पनि पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा विस्तार गर्न थालिएको छ । नेपाल टेलिकमले एफटिटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजसमेत उपलब्ध गराइरहेको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार एफटिटीएच सेवाअन्तर्गत न्यूनतम एक वर्षका लागि आड एमबीपीएसको प्याकमा जम्मा आठ हजारमा उपलब्ध शुल्क लाग्ने भएको छ भने २० एमबीपीएसको प्याकमा रु १२ हजार लाग्ने भएको छ । हाल एफटिटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाइ राउटर (सिपीइ) र १०० मिटर फाइबर केवल तार निःशुल्क प्राप्त गरिरहेका छन् । एफटिटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकम दिपायल राजपुरका प्रमुख केशवराज भट्टले बताए । उनले भने, “यो नेट प्रविधि तारको सट्टामा घरसम्म अप्टिकल फाइवर पु¥याई ट्रिपलप्ले सेवा दिने भएकाले राम्रो छ र इन्टरनेटको क्षमता पनि अरुभन्दा छिटोछरितो छ, उच्च गतिको भाइवरबाट सञ्चालन हुने भएकाले ग्राहकलाई राम्रै फाइदा छ ।” पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि सेवा अपग्रेड गरी एफटिटीएच सेवा लिनसक्ने र यो आइपीमा आधारित सेवा भएको दिपायल राजपुर टेलिकमका प्राविधिक मुकेश रावलले जानकारी दिए । हाल जिल्लामा जडान गरिएका दुईवटा एफडिसी (फाइवर डिष्ट्रिब्युसन क्याबिनेट) को एक हजार २४ लाइन एफटिटीएच वितरण क्षमता रहेको र यसमध्ये ७६८ लाइन तत्काल वितरण गर्न सकिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ । यसैगरी जिल्लामा थप सात वटा एफडीसी जडान गरी ग्रामीण तथा घना बस्ती क्षेत्रमा समेत उक्त सेवा थप विस्तार गर्ने टेलिकमको योजना छ । जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आएको भए पनि अबदेखि जिल्लाका सबै ठाउँमा एफटिटीएच सेवा सञ्चालन हुने टेलिकम राजपुरले जनाएको छ । डोटीमा यो सेवा विस्तार भएपछि छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरामा पनि विस्तार गरिने टेलिकमको योजना रहेको प्रमुख भट्टले जानकारी दिए । ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टिभी सेवा सञ्चालन हुने भएकाले जिल्लामा अहिले यो सेवा लिने ग्राहकको सङ्ख्या बढेको बताइएको छ । उच्च गतिबाट इन्टरनेट चलिरहेकाले यो सेवा लिएका ग्राहक पनि खुशी भएको भए पनि भनेको जति द्रुतगतिको नभएको दिपायल पिपल्लाका स्थानीयवासी दिव्यराज पाठकले बताए । उनले भने, “टेलिकमले भनेको जति नेट द्रुतगतिमा छैन, तर पनि पहिलेको एडिएसएल सेवाभन्दा राम्रो छ ।” उता नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले यो तीव्रगतिको नेट सेवा हो, कहिलेकाहीँ हाम्रो सरवर ह्याङ भएको समयमा नेटको गति कम भएको हुनसक्ने भएकाले ग्राहकले आफ्नो राउटर रिसेर्ट गरेर वा पावर बटन अन अफ गरेर पनि द्रुत सेवा लिन सकिने जानकारी दिए । रासस

टिकटक र फेसबुक प्रयोगकर्तालाई एनसेलले ल्यायो नन्स्टप अफर, प्याक लिँदा बाेनस पनि पाइने

काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ । ‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन वा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले मात्र रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले मात्र रु ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफुले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन् । यति मात्र नभई, यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स१ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशन अनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् । नन्स्टप अफर अन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याकहरुले फोरजी ग्राहकहरुलाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामाजिक सञ्जालमा नन्स्टप पहुँच प्रदान गर्ने भएकाले ग्राहककालागि यसले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । नन्स्टप अफरहरु अन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र रु १०० (कर सहित रु १२७.६९) मा र युट्युब र फेसबुकको कम्बो प्याक रु १५० (कर सहित रु १९१.५४) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउदै आएका छन् । साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५४) मा ३५०० एमबी थप फोरजी डेटा लिन सक्छन् । उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत नै रही एनसेलले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ र ग्राहकका लागि अझै धेरै सेवाहरु ल्याउँदै जानेछ ।

के तपाईंको इन्टरनेट स्लो भयो ? कारण यस्तो पनि हुनसक्छ

काठमाडौ । के तपाईलाई बेला बेलामा घर या कार्यालयको इन्टरनेट स्लो भयो भन्ने लाग्दैन ? यो प्रश्नहरुको सबैबाट एउटै जवाफ आउँने गर्छ, अवश्य लाग्छ । यसरी इन्टरनेट स्लो हुुनुमा कारण विभिन्न हुन सक्छन् । तर तपाईले २ वटा वाइफाइ नजिकै राख्नु भएको छ भने त्यसले इन्टरनेट स्लो बनाउँने जानकारहरुले बताएका छन् । हामीले घरमा होस् या कार्यालयमा, वाइफाईको सिग्नल अन गर्दा त्यसले अरु विभिन्न नामका वाइफाइका कि–कोड, नामहरु देख्न सक्छौं । त्यसरी नाम देखिदा वाइफाइमा त्यसले प्रत्यक्ष असर पार्छ । अब आफ्नो वाइफाइ चलाउदा अरु छिमेकीहरुको वाइफाइ नै नदेखिने त नबनाउँ सकिदैन, तर यस्को लागि पनि केही विधिहरु छन् । विगतका दिनहरुमा वाइफाइको पासवर्ड हाइड नगर्दा नेट स्लो हुने गरको जानकारहरुले बताएका छन् । त्यसरी हाइड नगरी अरुले छिमेकीले पनि आफ्नो वाइफाइ नै प्रयोग गर्दा नेट स्लो हुने गथ्र्यो । तर अहिले घर वा कार्यालयमा वाइफाइ राख्दा अरुले चलाउलान कि भन्ने छैन । किनभने अहिले जो कोहीले पनि वाइफाइ राख्दा त्यसलाई हाइड गर्नु सामान्य हो । तर एक ठाउँबाट मात्र इन्टरनेट चल्नु र धेरै ठाउँबाट चल्नुले चाही स्पिडमा असर पुर्याउछ । थोरै ठाउँबाट चल्दा इन्टरनेटको स्पिीड बढी हुन्छ भने धेरै ठाउँबाट चल्दा इन्टरनेटको स्पिड कम हुन्छ । यस्तो छ नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर, अजय कुमार कँडेलको सुझावः वाइफाइमा च्यानल हुन्छ । उक्त च्यानल २.४ मेगाहर्जमा ११ वटा हुन्छ । च्यानल एक अर्कामा जुध्दा त्यसले दुबैको काम गर्ने क्षमतामा बाधा पुर्याउने गर्छ । त्यसलाई प्राविधिकहरुले इन्टरफेयरेन्स भन्छन् । वाइफाइ वाइफाइकै इन्टरफेयरेन्स हुँदा त्यसको गति तथा क्षमतामा घट्न पुग्छ । सोही इन्टरफेयरेन्सका कारण वाइफाइ स्लो हुन्छ । अटो अप्सन सहयोगी वाइफाइमा अटो अप्सन भन्ने हुन्छ । त्यो अटो अप्सनमा वाइफाइ राख्दा इन्टरनेटको गति कम हुन दिदैन । अटो अप्सन वाइफाइ फास्ट बनाउँन सहयोगी हुन्छ । च्यानलहरु एक अर्कामा ओभरल्याप हुनु राम्रो होइन । अटो अप्सनले च्यानल ओभरल्याप हुन लागेमा त्यसलाई रोक्ने गर्छ । अरुको वाइफाइको सिग्नल हाम्रो घरमा पनि टिपिरहेको देख्छौं । त्यसरी टिप्नु राम्रो होइन । त्यसले नै नेटमा असर गरिरहेको हुन्छ । तर त्यसलाई अटो कन्ट्रोलमा राख्न सकिन्छ भने अर्को तर्फ ग्राहकहरुले समेत सामान्य ढंगले त्यसलाई मिलाउन सक्छन् । च्यानलमा ५ मेगाहर्जको फरक राख्दा इन्टरनेट स्लो हुदैन । राउटरबाटै मेगाहर्जको फरक राख्न मिल्ने भएकाले सर्वसाधारण आफैले समेत यसको प्रयोग गर्न मिल्छ । पुराना राउटरमा मेगाहर्ज अटो चल्छ भने नयाँमा त्यसको सेटिङ्ग मिलाएर लाभ लिन सकिन्छ ।