६० जिल्लामा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट
काठमाडौं । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १५ वटा प्याकेजमार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा २ वटा प्याकेजमार्फत १० जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पु¥याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकबाट ग्रामीण दुरसञ्चार विकास कोषको उपयोग गर्ने निणर्य गरेको हो । प्राधिकरणका अनुसार एउटै प्याकेजमार्फत चार जिल्लाका तोकिए बमोजिमका स्थानमा ३० प्रतिशभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा ल्याएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा पुनःमूल्याङ्कनको कार्य सम्पन्न भइसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार दुई परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरणअन्तर्गत अनुगमन तथा पुनःमूल्याङ्कन भइरहेको छ । दुई परियोजनाको दोस्रो चरणअन्तर्गत अनुगमन र एउटा परियोजना तेस्रो चरणअन्तर्गत अनुगमन भइरहेको छ । प्राधिकरणका अनुसार मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माणलाई प्याकेजमा अगाडि बढाइएको छ । पहिलो प्याकेज (प्रदेश नं १, २ र बागमती प्रदेश) अन्तर्गत नेपाल दूरसञ्चार कम्पनि लिमिटेड (नेपाल टेलिकम) सँग दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरी काम सुरु भएको छ । हालसम्म एक हजार ६ (४६.१६ प्रतिशत) किलोमिटर अप्टिकल फाइबर विछ्याइएको छ । पहिलो प्याकेजमा दुई हजार १७९ किलोमिटर अप्टिकल फाइवर विछ्याउने सम्झौता भएको थियो । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यले १, २ र बागमती गरी तीनवटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन दूरसञ्चार प्राधिकरण र टेलिकमबीच २०७३ असोज १२ मा सम्झौता भएको थियो । सत्ताईस डेन्स वेबलेन्थ डिभिजन मल्टीप्लानिङ प्रणाली (डिडब्लुडिएम सिस्टम) को जडान भई पहिलो क्लस्टरको क्षेत्रमा फिजिकल एविलिटि टेस्ट (पिएटि) तथा दोस्रो क्लस्टरको क्षेत्रमा काम भइरहेको छ । सतचालीस कोर राउटर इक्युपेमेन्ट जडान गर्ने कार्य सम्पन्न भई फिजिकल पिएटी सम्पन्न भएको छ । दोस्रो प्याकेज (वाग्मती प्रदेश र लुम्बिनी प्रदेश) अन्तर्गत भने युनाइटेड टेलिकमले दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भए पनि कार्यको प्रगति शून्य देखिएपछि प्राधिकरणले सम्झौता म्याद थप गरेको छैन । त्यसबारेमा सर्वोच्चमा मुद्दा परेको र मुद्दा टुङ्गो नलागेसम्म अवधि थप नगर्न अन्तरिम आदेश भएको छ । तेस्रो प्याकेजअन्तर्गत टेलिकमसँग दुई वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । सो कार्यका लागि सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । कर्णाली र सुदूरपश्चित प्रदेशका लागि बोलपत्र मूल्याङ्याकनको क्रममा रहेको छ । गण्डकी र लुम्बिनीमा दुई हजार १६० र कर्णाली र सुदूरपश्चित प्रदेशमा एक हजार ९९२ किलोमिटर दूरीसम्म अप्टिकल फाइवर विछ्याउने सम्झौता भएको छ । देशका विभिन्न स्थानमा सडक विस्तार, बाढीपहिरो, हावाहुरी र चट्याङका कारण अप्टिकल फाइवरमा अवरोध आएको गुनासो भने बढ्दै गएको छ ।
कनेक्ट आईपीएसको कारोबार ३६३ प्रतिशतले वृद्धि, एक महिनामै २ खर्ब बढीको कारोबार
काठमाडौं । कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक वर्षको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत जेठको तुलनामा असारमा हालसम्मकै उच्चा मात्रामा वृद्धि भएको हो । दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्ला लगायत देशका अधिकाशं जिल्लामा निषेधाज्ञा लागु हुँदा कनेक्ट आईपिएस मार्फत हुने भुक्तानी रकममा कमी आएको थियो । पछिल्लो समय निषेधाज्ञा केही खुलुको भएसँगै कारोबार रकममा वृद्धि हुन थालेको हो । गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार असार महिनामा कनेक्ट आईपीएसबाट २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा साढे ७९ अर्ब बढीले कारोबार भएको हो । यस्तै, गत वर्ष सोही महिनामा (असार) कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो । गत जेठ महिनाको तुलनामा असार महिनामा कनेक्ट आईपिएस, क्यआर कोड, इकमर्स, वालेट, मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार रकममा वृद्धि भएको छ । वालेट मार्फत गत जेठ महिनामा ८ अर्ब ३५ करोड ३० लाख बराबरको कारोबार भएकोमा असार महिनामा १२ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ । गत जेठ महिनाको तुलनामा असार महिनामा मात्र ४ अर्ब ४३ करोड ७० लाखले कारोबारमा रकममा वृद्धि भएको छ । यस्तै, गत जेठ महिनामा तुलनामा असार महिनामा क्यूआरमा आधारित भुक्तानी मार्फत हुने कारोबारमा १६ करोड ८३ लाखले वृद्धि भएको छ । जेठ महिनामा १ अर्ब ९६ करोड ८० लाख बराबरको कारोेबार भएकोमा असार महिनामा ३ अर्ब ६५ करोड १० लाख बराबरकोे कारोबार भएको छ । असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको असार महिनामा १८ अर्ब ८३ करोड ९० लाख बराबरको कारोबार भएकोमा एक वर्षको अवधिमा २११ प्रतिशतले कारोबार रकममा वृद्धि भएको हो । जेठ महिनामा मोबाइल बैंकिङ मार्फत ५३ अर्ब १६ करोड बराबरको कारोबार भएको थियो ।
भायानेटको पर्पल प्याक अफर: इन्टरनेट र टिभी प्याकेजसँगै ४८ जीबी मोबाइल डेटा सित्तैमा
काठमाडाैं । भायानेटले एनसेलसँगको सहकार्यमा ‘अल इन वान, भायानेट पर्पल प्याक’ अफर ल्याएकाे छ । यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिँदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भायाटिभीसँग–सँगै एनसेलकाे सिम सित्तैमा पाउनेछन् । यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछद् । त्यस्तैगरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् । यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १६०० मा पाउनेन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ । सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक साँच्चै नै अल–इन–वान रहेकाे कम्पनी दावी गर्दछ ।