राजश्व नतिर्ने केबल र इन्टरनेट प्रदायकको सेवा विस्तारमा रोक
भरतपुर । नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् खम्बा प्रयोगवापत राजस्व सङ्कलन गर्न थालेको छ । राजस्व नतिर्ने केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाको सेवा विस्तारमा रोक लगाइएकाले बिहीबार मात्र ३२ लाखभन्दा बढी सङ्कलन भएको जनाइएको छ । विसं २०७३ मा खम्बा प्रयोग गरेवापत राजस्व लिने कार्यविधि बनाइए पनि चितवनमा ती सेवा प्रदायक कम्पनीले सेवा विस्तार गर्दा भुक्तानी दिन आनाकानी गर्दै आएका थिए । केन्द्र प्रमुख राजीवकुमार सिंहका अनुसार बिहीबार चित्रवन केबल नेटवर्कबाट ३० लाख ५५ हजार ६८ र कनेक्ट नेपाल नेटवर्कबाट एक लाख ७७ हजार ९६५ रुपैयाँ असुल गरिएको छ । उनका अनुसार सेवा विस्तारमा रोक लगाइएपछि अन्य कम्पनीले पनि तिर्ने सहमति जनाएका छन् । “उनीहरुले जनतासँग अग्रिम शुल्क असुल गरिरहेका छन् तर विद्युत् पोल प्रयोगवापत राज्यलाई राजस्व तिर्न आनाकानी गरिरहेका छन्”, केन्द्रका इञ्जिनीयर शिशिर लम्सालले भने, “इन्टरनेट सेवा वा अन्य सञ्चारसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीले पोल प्रयोग गरेवापत अवस्था हेरेर झण्डै नौ हजारदेखि १४ हजार प्रतिकिमी भाडा तिर्नुपर्ने हुन्छ । कुनै पनि कम्पनीले अझै अटेर गरेमा लाइन विस्तार रोक्ने, केबल काट्ने र दोस्रो चरणमा कारबाही प्रक्रिया अघि बढाइने छ ।” ती संस्थाको पुरानो सेवा अवरुद्ध नगरिए पनि नयाँ विस्तारमा भने रोक लगाइएको छैन । केन्द्रले विद्युतीय संरचना प्रयोग गरी नेटवर्क विस्तार नगर्न/नगराउन सूचना जारी गरेको छ । सूचना बेवास्ता गरी नेटवर्क विस्तार गरेमा कडा कारबाही गरिने जनाइएको छ । ती संस्थाले शहरलाई नै कुरुप हुने गरी तार टाँग्ने गरेकामा चर्को विरोध पनि हुँदै आएको छ ।
डिशहोम फाइबरनेट सेवा बनेपामा विस्तार
काठमाडौं । डिशहोम फाइबरनेट सेवा बनेपामा समेत पुगेको छ । बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बनेपाका विभिन्न स्थानमा विस्तार गरेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार गर्ने कम्पनीकाे याेजना छ । डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा नि: शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।
स्मार्ट डोकोले ल्यायो ‘रक्षाबन्धन अफर’, विभिन्न सामानमा ६० प्रतिशतसम्म छुट
काठमाडौं । यो रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् । ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाटअनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक ९रु ५०० सम्म०,साथैे माछापुछ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (रु ५०० सम्म)को छुट पाउनेछन् । स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । साथै पफ्र्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छु्टको अफर ल्याएको छ ।ग्राहकहरुले अफर प्राप्त गर्नका लागिस्मार्टडोको एप डाउनलोड गर्नुपर्ने हुनेछ वा स्मार्टडोको वेबसाईटमा गई अर्डर गर्नुपर्ने छ। स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्ट र विभिन्न सब क्यागेटोरीमामा सामान उपलब्ध छन् । जसमा ग्राहकले सहज ढंगले आफूलाई मन पर्ने प्रडक्टहरु बेबी केयर, इलेक्ट्रिोनिक्स, फूड तथा ग्रोसरी, कोभिड इसेन्सियल, हेल्थ एण्ड ब्यूटी तथा होम एण्ड लिभिङलगायतका विभिन्न प्रडक्ट खरिद गर्न सक्नेछन् । स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ । यो अफर भदौ २देखि भदौ ०५ गतेसम्म लागू हुनेछ ।