एनसेल फोरजीका साथ अनलाइनमार्फत हेर्नुहाेस् ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’
काठमाडौं । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’को मजा लिन तयार रहनुहोला । भोलि (असोज ९ गते शनिबार) बाट सुरु हुने ईपीएललाई तपाईंले एनसेल फोरजीका साथ अनलाइनमार्फत नै हेर्न सक्नुहुनेछ । नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वासका साथ एनसेलको ईपीएलसँग सम्झौता गरेको छ । यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आवद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास आफुहरुले लिएको एनसेलले जनाएको छ । हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएको विषयलाई ध्यानमा राख्दै एनसेलले आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन यो सम्झौता गरेको जनाएको छ । योसागैं क्रिकेट पारखीले ईपीएल एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । सन् २०१६ देखि शुरु भएको इपिएल अहिले नेपालको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । य खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी रहेको र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ एनसेलले जानकारी दिएको छ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् ।
काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकमा शिवम् सिमेन्ट
काठमाडाैं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्टले गर्ने भएको छ । यहि असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुरस्थित टियु मैदानमा हुन गईरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौं किङ्गस् इलाभेनमा आवद्ध हुने छ । हालै भएको एक औपचारिक कार्यक्रममा शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ को तर्फबाट टेली होल्डिङ्सबीच सम्झौता हस्ताक्षर भएको थियो । शिवम्ले काठमाडौं किङ्गस् इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुने जनाएको छ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने बजाज पल्सर एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् । बहुचर्चित नेपाली बलर सन्दिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त अल राउण्डर क्रिकेटर साहिद अफ्रिदी र जनकप्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रियस्तरका स्टार खेलाडीहरू रहेका छन ।
शिव शक्ति ग्रुप बन्याे काठमाडौं किङ्गसको गोल्ड पार्टनर
काठमाडौं । शिव शक्ति ग्रुप काठमाडौं किङ्गस एक्सआइको गोल्ड पार्टनर भएको छ । टेलि होल्डिङ्गस अन्तर्गतको एभरेष्ट प्रिमियर लिगमा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किङ्गस एक्सआइ र शिव शक्ति ग्रुपको फ्यामिली वोइल र उर्जा राइसबीच यसबारे सोमबार सम्झौता भएको हाे । सम्झाैतापश्चात शिव शक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी रहेकाे र आफुहरुले सामाजिक उत्तरदायित्वको महत्व बुझेर नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेकाे बताए । यसपालिको इपिएलमा काठमाडौं किङ्गस एक्सआइमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्ने एकमात्र नेपाली खेलाडी सुबास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन् । इपिएल किर्तिपुर मैदानमा यही २५ सेप्टेम्बरबाट सुरु हुँदैछ ।