क्रिस्टियानो रोनाल्डोलाई पुत्रशोक
कामठमाडौं । पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नवजात शिशुको निधन भएको छ । उनका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको भने एक जना सकुशल छन् । रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया उनकी पत्नी गर्जिना रोड्रिगेजले लेखेका छन्, ‘हाम्रो छोरा, तिमी देवदूत हौ । हामी सधैँ माया गरिरहने छौं ।’ रोनाल्डो आवद्ध फुटबल क्लब म्यान्चेस्टर युनाइटेडसहित विभिन्न फुटबल क्लबहरूले उनीहरूप्रति समवेदना प्रकट गरेका छन् । रोनाल्डो र रोड्रिगेजसँग यसअघि नै तीन सन्तान छन् ।
टी–२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा
काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन । चैत १४ गतेदेखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत हुने भएका हुन । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीह्रुलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले श्रृंखला बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २/२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन । युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा उपाधि हासिल गरेका तथा उप बिजेता हुन सफल भएका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गरीसकेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि पोखरामा हुने
काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म पोखरामा संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले प्रतियोगिताको मिति तय गरेको हो । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरिने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले निर्देशन दिएका छन् । प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण दुई वार्षदेखि सञ्चालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा हुने भएको हो ।