चटकी नेइमारलाई रियल म्यड्रिडको ३१० मिलियन युरो अफर, छोड्लान पिएसजी ?
काठमाडौं । ब्राजिलका युवा स्ट्राइकर नेइमार जुनियरलाई रियल म्यड्रिडले अहिलेसम्मकै ठूलो रकम प्रस्ताव गरेको छ । मेक्सिकोलाई हराउन महत्वपुर्ण १ गोल र १ असिस्ट गरेका नेइमारलाई ३ सय १० मिलियन अफर गरेको हो । स्पेनिस टेलिभिजन टिभिइलाई उद्रित गर्दै नेइमारलाई अहिलेसम्मकै धेरै रकम प्रस्ताव गरेको गोल डटकमले जनाएको छ । नेइमार गत अगस्ट २०१७ मा पिएसजीले २ सय २२ मिलियन युरो तिर्न तयार भएपछि बार्सिलोनाका खेलाडी सेमियोडोसँग झगडा गर्दै फ्रान्स हानिएका थिए । पिएसजीमा आशातित सफलता हासिल गर्न नसकेका नेइमार घाइते भई खुट्टाको अप्रेशन गरी विश्वकपमा फर्किएका छन् । उनलाई बार्सिलोना छोड्न उनको बाबुले निकै बल गरेका थिए । उनको आमाले सार्वजनिक रुपमै आफ्नो छोरो रियल म्यड्रिडबाट खेल्ने बताइसकेकी छिन् । नेइमार बेच्ने नबेच्ने पिएसजीका मालिक नासिर अल खेलाफीको हातमा रहेको छ । पिएसजीसँग १९ वर्षका स्टार एम्बाप्पे रहेकाे छ । ठूलो अफरलाई उनले स्वीकार गर्न सक्ने अन्तराष्ट्रिय मिडीयाहरुले जनाएका छन् । खेलाफीले एम्बाप्पेलाई किनेको १ सय ८० मिलियन युरो समेत तिरेका छैनन् । नेइमार अहिले उच्च फर्ममा रसियामा विश्वकप खेलिरहेका छन् । तर उनको शारिरिक भाषालाई आधार मानेर चर्को आलोचकहरुले चर्को आलोचना गरेका छन् । उनी कोस्टारिकालाई हराएपछि मैदानमै रोएका थिए । मेक्सिकोसँगको खेलमा पनि उनी ठुलै घाइते भएझै आत्तिएर मैदानमा पछारिन्थे । मेक्सिकोको खेलाडीले खुट्टामा टेकेपछि उनी छटपटाउँदै मेडीकल टोली बोलाएको थिए । तेती मात्र नभएर रेफ्रीले भिडियो रेफ्रीको समेत सहायता लिएका थिए । तर त्यहा कुनै फल थिएन । तर फुटबल पण्डितहरु भने नेइमारले गरेको चटकी नै मेक्सिकोलाई हराउने आधार भएको बताउँछन् । मेक्सिको विरुद्ध १-० को अग्रता लिएपछि उनले गरेको समय बर्बादले ब्राजिलियन टोलीलाई फाइदा पुगेको थियो । अब सेमिफाइनलको लागि ब्राजिलले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
मेस्सी र रोनाल्डो घर फर्किए, आज नेइमारको पालो हो ?
काठमाडौं । विश्व फुटवलका स्टारद्धय लियोनेल मेस्सी र रोनाल्डो दुबै घर फर्किसकेका छन् । मेस्सीको अर्जेन्टिनाले फ्रान्ससँग पराजय व्यहोरेर रसिया छाड्नु परेको हो भने रोनाल्डोको पोर्चुगलले उरुग्वेसँग पराजित भएर यसपालीको विश्व कपबाट हात धुनु परेको हो । मेस्सीको अर्जेन्टिनालाई युरोपियन पावर हाउस फ्रान्सले घर पठाउँदा युरोपियन च्याम्पियन पोर्चुगललाई दक्षिण अमेरिकी उरुग्वेले सिकार बनायो । मेस्सीको अर्जेन्टिनालाई उपाधीको प्रमुख दावेदार मानिएको थियो भने रोनाल्डोको पोर्चुगलले पनि युरो कपमा जस्तै अप्रत्यासित नतिजा ल्याउने धेरैको अनुमान थियो । तर मेस्सी र रोनाल्डोले एकै दिन एकै चरण अर्थात प्रि क्वार्टर फाइनलबाटै घर फर्कनु पर्यो । अर्जेन्टिना र पोर्चुगल भन्दा पहिले नै डिफेन्डिङ च्याम्पियन जर्मनी घर फर्किसकेको थियो । अर्जेन्टिना र पोर्चुगलले रसिया छाडेको भोली पल्टै अर्काे दावेदार स्पेनको विश्व कप यात्रा पनि टुंगीसकेको छ । आज अर्थात सोमबार अर्का स्टार नेइमारको ब्राजिलले मेक्सिकोको सामना गर्दैछ । जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेन बाहिरिएपछि ब्राजिलको पराजय पनि नजिक आईरहेको अनुमान गर्नेहरुको संख्या बढिरहेको छ । आज ७ः४५ बजे ब्राजिलले मेक्सिकोको सामना गर्नेछ भने ११ः४५ बजे बेल्जियमले जापानको सामना गर्नेछ । एक पछि अर्काे अप्रत्यासित नजिता आईरहेको विश्व कपमा मेक्सिकोले ब्राजिल र जापानले बेल्जियमलाई पराजित गरे भने पनि आश्चर्य भने हुने छैन् । मेक्सिकोले डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो भने जापान पनि अप्रत्यासित नजितासहित नक आउट चरणमा पुगेको एसियाली पावर हाउस हो । यद्यपी स्टार खेलाडीहरुले भरिएको ब्राजिलले जर्मनी, अर्जेन्टिना, पोर्चुगल र स्पेनको पराजयबाट पाठ सिक्न सक्ने सम्भावना छ । बेल्जियमले स्पेनकै नियति नभोग्नका लागि नयाँ रणनीतिका साथ मैदान उत्रने सम्भावना भने जिवितै छ ।
मेसी हारिरहे, तर यो पटक मेसीका लागि रुने आसु मसँग थिएन !
खेमराज श्रेष्ठ काठमाडौं । २०१४ को विश्वकपमा १-० को अन्तरले जर्मनीसँग अर्जेन्टिना पछि परिरहेको थियो । जब मेसीले फ्रि-किक प्रहार गर्न लागेका थिए । मलाई १ प्रतिशत पनि विश्वास थिएन कि त्यो गोल हुन्छ भनेर । जब रेफ्रिले खेल सकिएको अन्तिम सिठ्ठी फुके मैले मेसीलाई नियाली रहेँ । उनले जब आसु खसाल्न थाले मैले पनि रोक्न सकिन । कोपा अमेरीका एक सयौं वर्ष पुगेको अवसरमा भएको फाइनल खेल पेनाल्टीबाट हुने निधो भयो । सबैभन्दा पहिले पेनाल्टी प्रहार गर्न चीलीका अटुरो भिडाल आए । उनले पेनाल्टी आउट हानेपछि अर्जेन्टिनाका मेसी गए । उनी पनि असफल भए । फेरी ट्रफि चीलीले उचाल्यो । यसपटक पनि मेसी नराम्ररी रोए । मेसीको रातो आखाँ देखेर मैले पनि आसु थाम्न सकिनँ । केहि समयपछि सन्यास घोषणा गर्दै यो मेरा लागि होइन भने । उनको सन्यास फिर्ता गर्न अर्जेन्टिनाको राष्ट्रपति समेत लागे अन्तत उनले संन्यास फिर्ता लिदै कठिन रुपमा विश्वकपमा स्थान बनाए । जब रसिया विश्वकपको चहल-पहल शुरु भयो मेरो एउटै सोचाई थियो यो वर्ष मेसीले ट्रफि उचाल्नेछन् । सबै आलोचकको मुख बन्द गर्नेछन् । अन्तिम समयमा नाइजेरियालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो । यो पछि कुनैपनि हालतमा मेसीले विश्वकप जित्छ भन्ने मेरो विश्वास थियो । जब अन्तिम १६ को खेल नजिकिदैं आयो । मैले सपनामै अर्जेन्टिना फ्रान्ससँग २ ० हारेको देखेको थिए । मनमनै यो डर थियो कि बिहानी पख देखेको सपना । तर एक मन सपना न हो भन्ने थियो । दिनभर छटपटि भैरहेको थियो । साथीहरु आत्तिदै साेध्दै थिए आजको खेल के हाला मैले सान्तोना दिदैं भन्थेँ राम्रो सेट र सम्हालिएर खेले जित्छ । खेल समय नजिकिदैं थियो जब गोल डट कममा अर्जेन्टिनाको खेलाडीको सूचि हेरेँ । अग्युइरो, हिग्योइन र डिबाला बेन्चमा रहेछन् । यसले अर्जेन्टिनालाई ठूलो संकट निम्त्याउने मेरो आकलन थियो । उसो त मुख्य प्रशिक्षक जोर्जे साम्पोलीले खेलाएको खेलमा टिमले एउटै खेल राम्रो खेल्न सकेको थिइन । खेलको दोस्रो हाफमा जब साम्पोलीले रोजोलाई परिवर्तन गरे अब अर्जेन्टिनाले पुर्ण रुपमा हार बेहोर्याे भन्ने मेरो अनुमान थियो । खेलको अन्त्यतिर कठोर हुदैं रेफ्रिले ४ मिनेटको मात्र समय थपे तर १ गोलले खेल फर्किने अवस्थामा थिएन । फेरी एक पटक रेफ्रिले मेसी असफल भयो भन्दै सिठ्ठी बजायो । म केबल टोलाइरहेँ तर यो पटक मसँग मेसीका लागि रुने आसु थिएन किनकी उनीहरु आफ्नो कारणले कपबाट बाहिरिदैं थिए । प्रशिक्षक साम्पोली आफ्नो टोलीलाई उत्तर कोरियाले रकेट परिक्षण गरे जस्तो कहिले कुन त कहिले कुन खेलाडी छनोट गरिरहेक थिए । यो पटक अर्जेन्टिनाको ब्युरोकेसी यति कमजोर भएर रसिया पुग्यो कि क्षमतावान खेलाडी भएर पनि कुनै पनि खेलमा आफ्नो योजना सफल बनाउन सकेन । मेसीका लागि अब पुर्ण रुपमा अन्तर्राष्टिय ट्रफि जित्ने बाटो बन्द भएका छन् । भलै उनले सन्यास लिने हिम्मत गरेका छैनन । कप जित्नका लागि सबै कुराको साथ चाहिन्छ । अर्जेन्टिनाका लागि नियमित गोल किपर रोमेरो घाइते हुनु पहिलो दुर्भाग्य रह्यो । त्यस्तै मिडफिल्डर लान्जिनी पनि घाइतेका सिकार भए । मेसीले प्रतियोगिता अघि कप्तानीबाट राजिनामा दिनुपर्ने मेरो व्यक्तिगत विचार थियो तर उनले त्यसो गरेनन् । पुराना असफलताले निरास बन्ने डरले उनी पटक पटक त्यसलाई विर्सने प्रयास गरिरहेका थिए । जे गरे पनि ४ पटक विश्कप खेलेका मेसीको भागमा विश्वकप परेन । उनलाई हुने हार दैव नटार भने जस्तै भयो । न कराएर हुने न रोएर । खेलले हार्न राम्ररी सिकाउँदो रहेछ । विश्वकप खेलप्रमिहरुको यस्तो चाड हो जहाँ एक वर्षको जित हार वषौसम्म चर्चाको विषय बनिरहन्छ । मिठा होस् या नमिठा अनुभव ।