यूरो कप-२०२०: विजेता अनुमान गर्नसक्नेलाई खल्तीले दैनिक २५ हजार दिने
काठमाडाैं । खल्ती डिजिटल वालेटले खल्ती एप भित्रै भोटिंग मार्फत जारी यूरो कप-२०२० को दैनिक खेलको परिणाम अनुमान गरी २५ हजार नगद तथा दैनिक क्यासब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ । खल्ती डिजिटल वालेटले ल्याएको यस योजनामा नि:शुल्क भोट गरी जोकोही सहभागी हुन सक्नेछन् । सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ केवाइसी भेरिफाइ गराएको हुनपर्नेछ । त्यसैगरी भोटको साथै सहभागीहरुले खल्तीमा हरेक दिन आफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा रु. २०० लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा रिमार्कस सेक्सनमा EURO2020 अनिवार्य रुपमा लेख्नुपर्नेछ। सहि उत्तर दिने थप १० जनाले हरेक दिन ५० प्रतिशत छुट कुपन कोड जित्ने मौका पनि पाउनेछन् । सहभागीहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त योजना संचालनमा ल्याएकाे खल्ती डिजिटल वालेटका ब्राण्ड एण्ड मार्केटिंग म्यानेजर शिरिष श्रेष्ठले बताए । यस योजना मार्फत फुटबल प्रेमीहरुले मनोरन्जनका साथै आकर्षक पुरस्कार जित्ने मौका पाउने उनले बताए । कम्पनीले कुनै पनि किसिमको अनलाइन सट्टेबाजीको प्रचार प्रसारको निन्दा गर्ने जनाएकाे छ । भोट गर्नका लागि Khalti.com मा गई बुकिंङ्ग सेक्सनमा रहेको भोट आइकन मा गई तिन स्टेप्समा सहजै गर्न सकिन्छ।
लक्ष्मी बैंकको क्याम्पेनः युरो कपको विजेता प्रिडिक्ट गर्दा ५० एमबीपीएसको इन्टरनेट निःशुल्क पाइने
काठमाडौं । लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो । यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि शुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिपशन निःशुल्क पाउन सक्नेछन् । यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् । मोबाईल मनी को ’फोन-पे डैरेक्ट’ वा इन्टर बैंक फण्ड ट्रान्सफर (आईबीएफटी) (अन्तर बैंक नगद ट्रान्स्फर) बाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ । क्याम्पेनको अवधिपछि युरो कपे विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनेछन् । जति धेरै पटक नगद ट्रान्स्फर गर्यो, त्यति नै धेरै जित्ने मौका पाइने बैंकले जनाएको छ ।
प्रदेश १ द्वारा खेलकुदमा १६ कराेड बजेट विनियाेजन
काठमाडाैं । प्रदेश १ ले खेलकुद क्षेत्रकाे विकासकाे लागि १६ कराेड बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आर्थिक वर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्दै यस्ताे जानकारी दिएका हुन् । प्रदेश सरकारले प्रस्तुत गरेकाे यो चौथो बजेट हो ।