दिउँसो खानेबित्तिकै निन्द्रा लाग्छ ? यस्ता छन् कारण, यसरी बच्नुहोस्
काठमाडौं। केही खानेकुरा र खाना खाने समय नमिल्दा मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने, थकान महसुस हुने गर्दछ। अनुसन्धानकर्ताहरुको अनुसार खाना पछि थकान लाग्नुको कारण बारेमा विभिन्न सिद्धान्तहरू छन् तर उनीहरु यो एक प्राकृतिक प्रतिकृया हो र यो खासै चिन्ता लिनुपर्ने बिषय नभएको बताउँछन्। मानिसहरुले के खायो , कुन समयमा खायो र कति खायो भन्ने कुराले उसले कस्तो महसुस गर्छ भन्ने कुरालाई निर्धारण गर्दछ। कस्तो खानेकुराले बढी निन्द्रा लाग्ने तथा थकान महसुस हुने गर्दछ ? प्रोटिन र कार्बोहाईड्रेट बढी मात्रामा भएका खानेकुराले तपाईंलाई अन्य खानेकुराको दाँजोमा बढी निन्द्रा लाग्ने गर्दछ। केही अनुसन्धानकर्ताहरुको अनुसार शरीरमा सेरोटोरिन भन्ने हार्मोनको बढी उत्पादन हुने कारणले गर्दा पनि मानिसहरुलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ। सेरोटोरिन यस्तो हार्मोन हो जसले तपाईको मुड र निन्द्रा चक्रलाई निर्धारण गर्ने गर्दछ। धेरै प्रोटिन भएको खानेकुरामा पाईने ट्राइटोपफ्यान भन्ने एक एमिनो एसिडले शरीरमा सेरोटोरिन उत्पादन गर्न मद्दत गर्दछ। यस कारणले कार्बोहाईड्रेट र प्रोटिन युक्त खानेकुरा खाएपछी निन्द्रा, अल्छि र थकित महसुस हुने गर्दछ। ट्राइटोपफ्यान यि खानेकुरामा पाईने गर्दछ : – अण्डा, दुध, पालकको साग, पनिर , कुखराको मासु – पास्ता, सेतो भात, सेतो पाउरोटी, केक, कुकीज, डोनट, चिनी खाना पछि निन्द्रा लाग्नुको अर्को कारण -राती राम्रोसँग नसुत्दा पनि मानिसलाई दिनभर थकान महसुस हुने गर्दछ। -खानेकुरासँग माधकपदार्थ सेवन गर्नाले पनि खानापछि निन्द्रा लाग्ने गर्दछ। कसरी खाना खाएपछि लाग्ने अल्छि भगाउने ? १। थोरै मात्रामा र समय समयमा खाईरहने एकैपटक धेरै खानुभन्दा पनि एक दुई घण्टाको अवधीमा थोरै थोरै खाने हो भने त्यसले शरीरलाई पर्याप्त चाहिने उर्जा प्रदान गर्दछ। २। रातीको समयमा राम्रोसँग सुत्ने राम्रोसँग निन्द्रा पुर्याएका मानिसहरु दिउँसोको समयमा खाना खाएपछि अल्छि लाग्ने निन्द्रा लाग्ने समस्याबाट टाढै रहन्छन्। ३। केही समय हिंड्नुहोस् दिउँसोको समयमा व्यायमको रुपमा केही समय हिंड्ने हो भने पनि त्यसले तपाईलाई दिउँसो निन्द्रा लाग्ने समस्या कम गर्दछ। ४। दिउँसोको समय छोटो समय सुत्नुहोस्
स्वावलम्बन लघुवित्तले भीमफेदी बजार क्षेत्रमा बाँड्यो डस्टवीन
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय भीमफेदीले मकवानपुर जिल्ला स्थित भीमफेदी गाउँपालिकाका बजार क्षेत्रमा फोहर संकलन तथा व्यवस्थापनको लागि डस्टवीन वितरण गरेको छ । भिमफेदी गाउंपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोह बीच १० थान डस्टवीन र सोको स्टयाण्ड सहित गाउंपालिकाकालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती राना, वडा नं ५ र ६ का वडाध्यक्षद्वय जहारसिं लामा र सिताराम थापा, गाउँ कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, सरीता परियार, अपांग सरोकार केन्द्रका उपाध्यक्ष पम्फा योञ्जन, स्थानीय बासिन्दा, बुद्धिजीवि, शिक्षक, सामाजिक कार्यकर्ता, विभिन्न स्वावलम्बन महिला केन्द्रका सदस्यहरु साथै इलाका र शाखा कार्यालयका कर्मचारीहरुको उपस्थिति थियो । प्रमुख अतिथि भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सार्वजनिक स्थलमा फोहर संकलन तथा व्यवस्थापनका लागि हस्टवीन वितरण गरेकोमा धन्यबाद दिनु हुँदै वित्तीय सेवाका साथै स्वास्थ्य तथा सरसफाई लगायत वातावरण संरक्षणमा पु¥याएको योगदान प्रशंसनिय रहेको बताए । शाखा प्रबन्धक चिरञ्जीवी दाहालले वित्तीय संस्थाले स्थानीयसंगको सहकार्यमा सामुदायिक विकास, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सरसफाई लगायत अन्य सामाजिक कार्यका लागि हातेमालो गर्दै अगाडी बढ्ने बताए ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली टोली बंगलादेश प्रस्थान
काठमाडौँ । बंगलादेशमा मार्च १७ र १८ मा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली खेलाडी बुधबार स्थल मार्ग हुँदै त्यस तर्फ प्रस्थान गरेका छन् । टिम चोक, टिम म्यानेजर, निर्णयक र खेलाडी सहित २२ सदस्यीय टोली भारतको कोलकाता हुँदै बंगलादेश गएको हो । करातेका अन्तर्राष्ट्रिय निर्णयक राजु महर्जनको नेतृत्वमा बंगलादेश प्रस्थान गरेको टोलीमा काठमाडौं र १ नम्बर प्रदेशका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियललाई झापा जिल्ला सितोरियो कराते संघका अध्यक्ष मिलनराज प्रसाईंले सफलताको शुभकामना सहित बिदाई गरेका थिए । १३ जना खेलाडी सहित बंगलादेश प्रस्तान गरेको टोलीको टिम कोचमा ज्ञानबहादुर बलामी रहेका छन् । टिम म्यानेजरमा पूर्ण बलामी र प्रिमेश शिवाकोटी रहेका छन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सुरेन्द्र श्रेष्ठ, बिनोदकुमार राउत, अशोक पहाडी, बिरेन्द्र कर्ण, जमुना रार्इले सहभागिता जनाएका छन् ।