मेसीको २ गोलसँगै बार्सिलोनाको गोल वर्षा, हुइस्कामाथी ८ गोल
काठमाडौं । स्पेनिस पावरहाउस बार्सिलोनाले लालिगाको तेस्रो खेलमा हुइस्कामाथी गोलको बर्सा गरेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले हुइस्कामाथि ८ गोल प्रहार गरेको हो । हुइस्काले खेलको २ मिनेटमै अग्रता लिएपनि लियोनल मेसीले १५ मिनेटमै बराबरी गोल फर्काएका थिए । पहिलो हापमा हुइस्काले आत्माघाती गोल गरेसँगै लुइस सुवारेजले गाेल गरे । खेलको ४२ औं मिनेटमा हुइस्काका लागि गलार फाल्गुराले गोल गरे । दोस्रो हाफमा ओसामाने डेम्बेले, इभान राकेटिक जोर्डी अल्बा र मेसीले गोल गरे, खेलको अन्तिम समयमा सुवारेजले पेनाल्टी मार्फत गोल गरेपछि बार्सिलोनाले सहज जित हात पार्यो । जितसँगै बार्सिलोना लालिगाको शिर्ष स्थानमा रहेको छ ।
ललितपुरका वैद्यले फिर्ता गरे मेगा बैंकले दिएकाे ५० हजार रुपैयाँ
काठमाडौं । ललितपुरको सातदोबाटोका प्राडा जगदीश वैद्यले बैंकबाट रकम झिक्ने क्रममा बैंकले बढी दिएको रकम फिर्ता गरेका छन् । वैद्यले बुधबार जावलाखेलस्थित मेगा बैंकबाट चेकमार्फत रकम झिक्ने क्रममा बैंकका कर्मचारीले ५० हजार रुपैयाँ बढी दिएपछि फिर्ता गरेका हुन् । उनले आफूले इमान्दारिताका साथ बैंकले बढी दिएको रकम फिर्ता दिएको बताए । उनले ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ दमरुप्रसाद निरौला, वडा नं ४ नंका वडाध्यक्ष नारायण केसी र बैङ्कका कर्मचारी कृष्णबहादुर मिश्रको उपस्थितिमा बैंकलाई उक्त बढी रकम हस्तान्तरण गरेका हुन् । वैद्यले बैंकबाट ५ लाख रुपैयाँ चेकमार्फत झिक्दा बैंकका कर्मचारीले पाँच लाख ५० हजार रुपैयाँ दिएका थिए । वैद्य २०३५ सालबाट निरन्तर समाजसेवा गर्दै आएका थिए । रासस
च्याम्पियान्स् लिगको ड्र सार्वजनिक कुन टीमको प्रतिस्पर्धा कोसँँग हेनुहोस् (तालिकासहित )
काठमाडौं । युरोपको प्रतिष्ठित लिग च्याम्पियान्स लिगको ड्र सार्वजकि भएको छ । ३२ क्लबले प्रतिस्पर्धा गर्ने लिगको यो वर्षको लागि तालिका सार्वजकि गरेको हो । आठ टोलीमा विभाजन गरिएको प्रत्येक समुहमा ४ टोली रहेका छन् । प्रतियोगिताको दाबेदार टोली बार्सिलोना ग्रुप ‘बी’ मा परेको छ, रियल म्याड्रिड ग्रुप ‘जी’,एथ्लेटिको म्याड्रिड ग्रप ‘ए’, म्यान्चेस्टर सिटी ग्रुप ‘एफ’, बार्यन म्युनिख ग्रुप ‘ई’ मा पर्दा युभेन्टस् ग्रुप ‘एच’ मा परेको छ । बार्सिलोनाले समुह ग्रुप ‘बी’मा टोटेनह्याम, पीएसभी र इन्टरमिलनसँग खेल्नेछ । यसैगरी रियल म्याड्रिडले रोमा, सीएसका र प्एलजिनसँग प्रतिस्पर्र्धा गर्नेछ । खेल होम र अवे आधारमा सञ्चालन हुनेछ । समुहको शिर्ष स्थानमा हुने २ टोली अन्तिम १६ मा पुग्नेछन् ।