दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न, धापासी डोजो र मनास्लु विद्यालय विजेता

काठमाडौं। दोस्रो धापासी कराँते चायम्पियनसिप सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको प्रतियोगितामा २८७ विद्यार्थीको सहभागिता थियो। प्रतियोगितामा कराँतेतर्फ धापासी डोजो पहिलो, गोंगबु डोजो दोस्रो, लुबु डोजोले तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगितामा १० वटा कराँते क्लबको सहभागीता रहेको थियो। यस्तै सोही प्रतियोगितामा विद्यालयको तर्फबाट पहिलो स्थानमा मनास्लु विद्यालय, दोस्रोमा सिईए हाई स्कुल र तेस्रोमा महालक्ष्मी स्कुलले उपाधी हांसिल गरेको छ। यस्तै ईमर्जिग टिमको उपाधी एनआईसी एकेडेमी, सानोभर्याङले हात पारेको छ। प्रतियोगितामा १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रा तर्फ धापासी डोजोकी ग्याल्मु सोमिका लामाले प्रथम स्थान र उत्कृष्ट हुँदै एनआईसी एकेडेमीकी समिक्षा भट्टराई र धापासी डोजोकी पाल्साङ गुरुङले पदक हात पारेकी छिन् । त्यस्तै छात्र तर्फबाट गोंगबु डोजोका सनिस चौधरीले प्रथम स्थान र उत्कृष्ट हुँदै धापासी डोजो करण थापा र विजेन्द्र जिसीले पदक हात पारेका छन् । कार्यक्रममा प्रमुख अतिथीको रुपमा शिभपुरी यातयातका अध्यक्ष प्रलाद थापा र बिशिस्ट अतिथीको रुपमा नेपाल शितो कराँते डोको प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठको उपस्थिती रहेको थियो।

सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी अन्तरगत १४ लाख हस्तान्तरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेसिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत रु. १४ लाख रकम भुक्तानी गरेको छ । कम्पनीको तर्फबाट सोलुखुम्बु नगरपालिका घर भई माल्दिभ्समा काम गर्दै आएकी रमिता बिकको मृत्यु वापत उनको ६ वर्षिय छोरा सिमन बिकलाई सिटिजन लाइफ इन्स्योरेन्सका सिओओ दशरथमणी खड्काले बीमांक बापतको रकम १४ लाखको चेक हस्तान्तरण गरे ।

ट्राफिक प्रहरी महाशाखाको भवन बनाउन ग्लोबल बैंकको ५ लाख सहयोग

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि रु ५ लाख सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्तकुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त अवसरमा बैंकका सहायक महाप्रबन्धक आरती राणा, बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख बसन्तराज रेग्मी तथा बैँक तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।