यस्ताे छ ‘लुट्न सके लुट…’ गीत, पुनःयूट्युबमा राख्न पशुपति शर्मालाई दवाव

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सञ्जालमा विवादित बनेको लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट…….’ शीर्षकको गीतलाई पुनः यूट्युबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बद्री पङ्गेनीले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपाध्यक्षसमेत रहृेका शर्माको गीत सुन्न पाउनु दर्शक र श्रोताको अधिकार हो भन्दै शर्मालाई पुनः गीत अपलोड गर्न आग्रह गरेको हो । “गीतमा प्रयोग भएका शब्द सार्वजनिक सञ्चारमाध्यममा आइरहेका शब्द हुन् । गीत सङ्गीतमा आउन नहुने भन्ने मापदण्ड छैन तसर्थ, पनि सर्जकद्वारा सिर्जना गरिएको कलाकृति, गीत सङ्गीत लोकले जस्ताको तस्तै सुन्न पाउनु स्रोताको अधिकार भएकाले प्रतिष्ठान कलाकार शर्मालाई उक्त गीत जस्ताको तस्तै पुनःअपलोड गर्नुहुन अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । गायक शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैँलाई ‘फेर्न योग्य’ लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ, तर कुनै दबाब या अन्य कारणले हटाएको हो भने गीतलाई जस्ताको तस्तै अपलोड गरी आइपर्ने अन्य विषय छलफलद्वारा समाधान खोज्न संस्था अगुवाइ गर्न तयार रहको जनाएको छ । शर्माको गीत यूट्युबमा भाइरल भएपछि गीतमा प्रयोग भएका केही शब्दलाई लिएर सम्बन्धित निकायको दबाबपछि शनिबार हटाइएको शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखेका थियो । उनले केही साथीभाइ तथा शुभचिन्तकको सल्लाह सुझावबमोजिम शब्द परिमार्जन गरी पुनःसार्वजनिक गर्ने उल्लेख गरे । यो विषयले शनिबार र आइतबार सामाजिक सञ्जालमा निकै चर्चा भयो । शर्माको गीतमा सार्वजनिक पदधारणा गरेको व्यक्तिप्रति सामाजिक मर्यादामा आँच आउने खालका शब्द प्रयोग गरिएको भन्दै व्यापक जनसमुदायको विरोधपछि शर्माले उक्त गीतलाई हटाएका थिए । के छ पशुपति शर्माको गीतमा ? पुरा पढ्नुहोस्… हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट ०००० डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ? लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज जनताको मुटुभित्र काँडा कति कति डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ? ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन् कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन् लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन् हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ? गर्ने काम केही हैन, ठूला ठूला भाषण स्वर्गजस्तो देशमा हजुर यमराजको शासन लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ? लुट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाइँदैन, नेपालमै हो छुट… ०००० ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा यता गयो लुटेकै छन् लुट्छन् उता गयो सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो लट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाईँदैन नेपालमै हो छुट… ००००० ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन् तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् । अब गर्न छोड्दे कान्छा आदर्शको खेती केही न केही त बुझिस होला भनेपछि यति लट्न सके लुट कान्छा, लुट्न सके लुट अरु देशमा पाईँदैन नेपालमै हो छुट…

६ महिनामा ३० अर्ब बीमा शुल्क संकलन, मुलुकभर १२ सय ७६ बीमा कार्यालय

काठमाडौ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा जीवन बीमा बापत ३० अर्ब ४६ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । बीमा समितिका अनुसार बैदेशिक रोजगार म्यादी बीमाबाट मात्रै पुस महिनासम्म १ अर्ब ४६ करोड ५ लाख रुपैया बीमा शुल्क संकलन भएको छ । हाल जीवन बीमा गर्ने कम्पनीको संख्या १९ वटा रहेको छ । जीवन बीमा क्षेत्रमा हालै महालक्ष्मी लाईफ इन्स्योरेन्स थपिएसँगै बीमा कम्पनीको संख्या १९ पुगेको हो । जीवन बीमातर्फ पुस मसान्तसम्ममा २६ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संकलन भएको छ । मंसिर मसान्तसम्म २६ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा जीवन बीमामा लगानी भएको रकम २ खर्ब ३८ अर्ब ४ करोड ९२ लाख रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक बर्षको ६ महिने तथ्याङ्क अनुसार बीमा कम्पनीका कार्यालय संख्या १२ सय ७६ रहेको छ । त्यसैगरी १९ वटै बीमा कम्पनीमा कार्यरत बीमक कर्मचारीको संख्या ४ हजार २ सय ४४ रहेको छ ।

देवीघाटको वृद्धाश्रममा लायन्स क्लबको सोलार प्यानल

काठमाडौं । नुवाकोटको देवीघाटस्थित एक वृद्धाश्रममा सोलार प्यानल जडान गरिएको छ । लायन्स क्लव इन्टरनेशनलको सहयोगमा विदुर नगरपालिका वडा नम्बर ५ स्थित जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रममा शनिबार सोलार प्यानल जडान लायन्सले सो प्यानल जडान गरी हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का गभर्नर लायन अशोक श्रेष्ठ गभर्नर श्रेष्ठले सामाजिक सेवामा लायन्स हरुको भूमिका महत्वपूर्ण रहको र सेवाकार्यमा एकमन भै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष अुनुज कुमार श्रेष्ठले सामाजिक सेवामा सक्रिय लायन्स क्लबको ‘लिभिङ बाइ गिभिङ’ भन्ने मान्यताका साथ अघि बढेको भन्दै यस्ता सामाजिक सहयोगहरु गर्दै जाने बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिष्णु नेपाल, डिस्ट्रिकका पदाधिकारीहरु मणिश्री रत्न बज्राचार्य, हरि मरठ्ठा, रमेश श्रेष्ठ लगायतको उपस्थिति थियो । विभिन्न १६ वटा क्लबहरु तथा डिस्ट्रिक पदाधिकारीहरुको सहयोगमा गत माघ महिनामा सोलार प्यानल जडान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।