रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने, डिपिआरमा प्रदेश सरकारकाे एक कराेड
ओखलढुंगा । रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ । प्रदेश नं १ सरकारले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो । प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले आफूले निर्वाचनमा गरेको वाचाअनुसार रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको जानकारी दिए । सांसद गुरुङले भने, “प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ, रातो किताबमा परेर बजेटसमेत छुट्याइसकेकाले सम्भव भए मेरो कार्यकालभित्रै नभए पनि केही वर्षभित्र सम्पन्न गराउने गरी काम शुरु भइसकेको छ ।” अब तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन थालिनेछ । विज्ञहरुद्वारा सम्भाव्यता अध्ययनसहितका काम सकिएको छ । डिपिआर बनाउन प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको छ । यसै वर्ष सो सम्बन्धी आधारभूत आयोजना शुरु हुनेछ । बजार व्यवस्थापन, ढल तथा सडक सुधार लगायतका काम गर्न प्रदेश सरकारले क्रमागत योजनामा राखेर बजेट विनियोजन गरेको प्रदेशको रातो किताबमा उल्लेख छ । रुम्जाटार पूर्वी पहाडको समथर भूभाग भएको ठाउँ हो । गुरुङ समुदायको बाहुल्यता रहेको यहाँ भेँडाको ऊनबाट बनाइने राडीपाखीका लागि चर्चित मानिन्छ । पछिल्लो समय लाहुर जाने, जागिर खाने र सुविधा सम्पन्न शहरमा बसोबास गर्नेहरु बढेकोले यो अवधारणाले सबैलाई लोभ्याएको पूर्वगाविस अध्यक्ष सीताराम गुरुङले बताए । यसले गर्दा सुविधाको खोजीमा हिँडेकाहरु गाउँ फर्किने सम्भावना रहेको उनको भनाइ छ । गुरुङले भने, “साँच्चिकै स्मार्ट सिटीको अवधारणअनुसारको काम भए र सेवासुविधा त्यहाँ भए स्वर्गजस्तो हावापानी पाइने ठाउँमा जो पनि फर्कन्छ ।” सम्भाव्यता अध्ययनका लागि आएको विज्ञसहितको सरकारी टोलीसँग स्थानीयवासीले उक्त कार्यका लागि सक्दो सहयोग गर्ने बताइसकेका छन् । रुम्जाटार ‘स्मार्ट सिटी’का विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलेसमेतले सम्बोधन गरिसकेका छन् । केही समयअघि सिद्धिचरण नगरमा बनाइएको स्रष्टापार्क उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले रुम्जाटारमा बनाइने ‘स्मार्ट सिटी’ ले मुलुकको परिचय बदल्ने बताएका थिए । “ प्रदेश सरकारले रुम्जाटारमा बनाउने लागेको स्मार्ट सिटी यो जिल्लाको मात्रै होइन देशकै घुम्न लायक शहर बन्नेछ”, राष्ट्रपति भण्डारीले भनिन्, “रुम्जाटार र यहाँ बन्ने आधुनिक शहर देखाएर मुलुकले देश–विदेशका पर्यटक ल्याउन सक्छ ।” जनचाहना र दिगो विकासलाई ख्याल गरेर ‘स्मार्ट सिटी’ बनाउने अभियानमा जुट्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले रुम्जाटारमा ‘स्मार्ट सिटी’ बनाउन लागेर प्रदेश सरकारले सम्भावनाको खोजी गरेको बताए । ओखलढुङ्गा महोत्सवको उद्घाटन गर्दै पोखरेलले भनेका थिए, “मुलुकका तीन वटै तहका सरकार नयाँ काम गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा छन् । नवीनतम् कामहरु भइरहेका छन् ।” यस्तैगरी, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले रुम्जाटार ‘स्मार्ट सिटी’ निर्माणको योजना प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । त्यसका लागि आवश्यक बजेट क्रमागत रुपमा विनियोजन गर्ने लक्ष्य राखिएको मुख्यमन्त्री राईको भनाइ छ । “रुम्जाटार सम्भावना भएर पनि ओझेलमा परेको ठाँउ रहेछ, सांसद अम्बिरबाबु गुरुङले सम्भाव्यता झल्काउने भएपछि प्रदेश सरकारले यसलाई नमूना आधुनिक शहर बनाउने काम थालिसकेको छ”, राईले भने, “थालेको काम पूरा गर्ने दायित्व हाम्रो हुनेछ । सकेसम्म छिटो र राम्रो काम गरेर नमूना प्रदर्शन गर्न चाहन्छौँ ।” प्रदेश सरकारले प्रदेशका सम्भावित ठाउँहरुमा एकीकृत नमूना बस्ती र ‘स्मार्ट सिटी’ निर्माणको अवधारणा ल्याएको उनको भनाइ छ । यसरी, रुम्जाटारमा प्रदेश सरकारको सहयोग र स्थानीयवासीको पहलमा प्रदेश नं १ कै नमूना गुम्बा निर्माण भइसकेको छ । लामो समय ठप्प रहेको रुम्जाटार विमानस्थलमा गत महिनादेखि नियमित उडान भइरहेको छ । उक्त ‘स्मार्ट सिटी’मा भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुनेछ । यसलाई पूर्ण व्यवस्थित शहरका रुपमा परिभाषित गरिनेछ । रासस
एमभी दुगड ग्रुपका अध्यक्ष मोती दुगडको ५० औँ वैवाहिक स्वर्ण जयन्ती समापन, वरमाला सहित पुनःविवाह
काठमाडौँ । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड र उनकी श्रीमति सरोज दुगडको ५० औं वैवाहिक स्वर्ण जयन्ती काठमाडौँको हायात होटलमा सम्पन्न भएको छ । वैशाख महिनामा बारा जिल्लाको जीतपुर सिमराबाट सुरु गरिएको स्वर्ण जयन्तीको उत्सब एमभी दुगड ग्रुपका काठमाडौं स्थित हाईड्रोपावर र अटोमोवाईल्सका गरी लगभग ५ सय कर्मचारीहरुले काठमाडौंमा समापन गरेका हुन् । हायात होटेलको प्राङ्गणमा पाईला टेक्ना साथ जन्ती लश्कर र फूलमालाले सजाइएको बग्गि र त्यस्को ठीक अगाडि रोयल इन्फिल्ड र भेष्पाको दम्दार पहरा सङ्गै नेपाली पञ्चेबाजा र ब्याण्डबाजामा दम्पत्तीको बग्गी सवारी लगत्तै वरमाला सहित पुनःविवाहको कार्यक्रम सँगसँगै करिब सात घण्टाको साँस्कृतिक कार्यक्रम रहेको गरिएको थियो । कार्यक्रममा एमभि दुगड ग्रुपका अध्यक्ष, परिवार र सम्र्पूण पूरुष कर्मचारीहरु राष्ट्रिय पोसाक दौरा सुरुवाल र भादगाउँले टोपीमा प्रस्तूत भएका थिए । उक्त कार्यक्रममा प्रस्तुत गरिएका कल्चरल वाक, साँस्कृतिक नृत्य, अन्प्लग गायन, स्ट्याण्ड अपकमेडि, ¥याप लगायत विशेष प्रस्तूतिहरु कर्मचारीहरु र परिवारबाट मात्र गरिएको थियो । कार्यक्रम शूभागमल जम्मडको संयोजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन एमभी दुगड़ ग्रुपकी पिआर हेड विमला थापाले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष मोतीलाल दुगड़ले कर्मचारीहरुमा लूकेको प्रतिभा देखेर प्रसन्न हूदै यस्तो अभुतपूर्व माया, आर्कषक प्रस्तूति र ऐतिहासिक सम्मान पाएकोमा आफ्नो व्यापारिक र औद्योगिक ५५बर्षको यात्रा सफल भएको बताए । उपाध्यक्ष विवेक दुगड़ले पनि आफ्ना बुबा, आमाका निमित्त आफ्ना एमभी दुगड ग्रुपका कर्मचारीहरुले हृदय देखि नै देखाएको सहासिक साँस्कृतिक प्रस्तुतिको खुलेर तारिफ गरेका थिए ।
नेपाली सेनाले लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठी गर्ने
काठमाडौं । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिएका छन् । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । प्रधानसेनापति थापाले भने, “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुर्राष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जङ्गल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा सहासिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिनेछ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकूदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । रासस