अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार विश्वविद्यालयका प्रा. डा. लुइँटेललाई
काठमाडौं । अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यसवर्ष त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौटका लागि बोर्ड अफ ट्रस्टिज कार्य समितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिले उक्त पुरस्कारका लागि यही अक्टोबर ९ मा प्रा.डा. लुइटेलको नाम सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एकजनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको छ । नेपाली भाषा साहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषा साहित्यको विस्तार, संवर्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र मानकीकरणमा गरेको भूमिकाका आधारमा छनौट गरिएको समितिले जनाएको छ । अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनाशीले प्रायोजन गरेको सो पुरस्कारको राशी हाल २५ सय अमेरिकी डलर रहेको छ । यसअगि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशी २ हजार अमेरिकी डलर थियो । आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।
मधु लामाको दाबी : साजन मेरो आफन्त होइन, मैले राम्रो निर्णय गरेँ
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन २ अन्तर्गत ब्याटल राउन्डमा डुओको प्रस्तावलाई अस्वीकार गरेका प्रतिस्पर्धी मधु लामाले साजन लामा आफ्नो आफन्त नै नभएको दाबी गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत् करिब ७ मिनेट लामो वक्तव्य दिँदै उनले मधुको भनाई असत्य भएको भन्दै उनले त्यसो गर्नु हुँदैनथ्यो भनेका छन् । उनले आफूले गरेको डिसिजन सही भएको भन्दै साजनसँगै डुओ भएर गएको भए आफू धेरै अघि बढ्न नसक्ने दाबी समेत गरे । भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत छैटौं एपिसोडका यी दुई प्रतिस्पर्धीबीच भिडन्त भएको थियो । कोचको रुपमा रहेका गायक प्रमोद खरेलले उनीहरुको प्रस्तुतिमा म्याचिङ देखेपछि डुओ बनेर जाने प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई चारैजना कोचहरु र साजन लामाले समेत स्वीकारे पनि मधुले मानेका थिएनन् । यसैबीच साजनले आफ्नो फेसबुक पेजमार्फत् भावुक सन्देश दिएका छन् । ‘तपाईँहरुको माया र आशिर्वाद बोकेर गएको थिएँ । तर त्यो जोगाउन सकिँन । मलाई माफ गरिदिनुहोला यसपाली यस्तै भयो……’ उनले लेखेका छन् । उता मधुले गरेको निर्णयले उनीविरुद्ध दर्शकलाई आक्रोशित बनाएको छ । दर्शकहरुले उनलाई आगामी चरणमा भोट नगर्ने बताउन थालेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सहयोग हस्तान्तरण
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौ स्थित सामुदायिक प्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाई जनचेतनामूलक स्टिकर तथा पाम्प्लेटहरु छपाई गरी सहयोग प्रदान गरेको छ । टुँडालदेवी मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा बैंकको तर्फबाट कर्पोरेट कम्युनिकेशन प्रमुख रवि के.सीद्वारा महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी अधिकृत उत्तमराज सुवेदीलाई हस्तान्त्तरण गरेका हुन् । सहयोगले “हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी“ भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागि समुदाय – प्रहरी साझेदारीको सबै नागरिक वर्गमा सूचना पुग्ने विश्वास बैंकले लिएको छ । यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।