चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्समा प्रशारण हुँदै
काठमाडौं । चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण हुने भएको छ । उक्त खेलको एक्सन स्पोर्ट्स एच डिले गर्ने जनाएको छ । पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग ९ऋक्ी० को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षण को केन्द्रको रुपमा लिइन्छ । उक्त लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन ।
इको प्यानलका सीईओ दुवाल सम्मानित
भक्तपुर । सरकारले भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवाललाई सम्मान गरेको छ । लामो सयमदेखि युवा उद्यमी तथा व्यवसायीलाई एन्टरप्रेनर (स्वावलम्बी) बनाउन गरेको योगदानको कदरस्वरूप युवा तथा खेलकुद मन्त्रालयले उनलाई सम्मान गरको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले इन्जिनियर दुवाललाई प्रशंसपत्र प्रदान गरी सम्मान गरेका हुन् । व्यवसायीका रुपमा निरन्तर क्रियाशिल रही गरेको योगदान प्रशंशनीय रहेको भन्दै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय सिंहदरवार काठमाडौंले उनलाई सम्मान गरको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले ईन्जिनियर दुवाललाई प्रशंशापत्र प्रदान गरी सम्मान गरेका हुन् । उद्योग व्यवसायको क्षेत्रको विकासबाट मात्र राष्ट्रको समुन्नत विकासमा टेवा पुग्ने र इन्जिनियर दुवालले यसका लागि गरेको कामको कदर गर्दै सम्मान गरेको जनाइएको छ । युवा बर्गलाई यस क्षेत्रमा क्रियाशिल गराउन दुवालको भूमिका प्रेरणादायी रहेकोले सम्मान गरेको सम्मानपत्रमा उल्लेख छ । आमागी दिनमा अझ सक्रियताका साथ यस कार्यमा जुटने अपेक्षा राखिएको छ । इन्जिनियर दुवाल युवा व्यवसायी हुन् । उनी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । आफू र युवा वर्गलाई नयाँंनयाँं व्यापारव्यवसाय संलग्न गराउन उनी निरन्तर क्रियाशिल व्यक्तित्व हुन् । विषेश गरेर विदेशीबाट सिकेर यहाँं त्यस्ता नयाँंनयाँं व्यवसायमा लाग्ने र लगाउने काममा उनी विशेष सक्रिय छन् । युवा व्यवसायी दुवाल नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायणमा इन्जिनियरिङक अन्तिम सेमेस्टरका विद्यार्थीहरुलाई इन्जिनियरिङ एन्टरप्रेनरशिप विषय अध्यापनरत छन् । उनी भक्तपुर नगरपालिका वडा नं १० थालाछेका स्थायीबासी हुन् ।
आर्यघाटमा शव जलाउन ५० हजार, किरियापुत्रीको खर्च एक लाख
काठमाडौंको पशुपतिनाथ मन्दिरमा दैनिक सयौं जनाको दाहसंस्कार गरिन्छ । एउटा शव जलाउनलाई न्यूतमन ३५ अधिकत्तम ५० हजार खर्च गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिहरु काजकिरिया गर्नका निम्ति पशुपतिमै बसोबास गर्छन् । त्यहाँ पनि पैसा हुने र नहुनेलाई छुट्याउने गरेको पाइन्छ । १३ दिन किरिया बस्न झण्डै लाखले पुग्दैन् । जो धनी छ उसले राम्रो कोठा र सेवासुविधा पाउछ । तर, आर्थिक अवस्था कमजोर भएका गरिबलाई त्यहा भेदभाव गरिएको छ । उनीहरुलाई चाहि पुरानो र अध्यारो कोठा दिइन्छ । हरेक प्राणी जन्मिसकेपछि मर्छ नै । ढिलो र चाँडोको मात्र हो । कुनैले छिटै प्राण त्याग्छन् भने कुनै अलिक धेरै बेर टिक्छन् । कुनै पनि आमाको कोखमा गर्भ आउनेबित्तिकै राज्यलाई कर तिर्नुपर्छ । पहिले दुई जनाले तिर्थे भने अब तीन जना हुन्छ । ऊ जन्मिसकेपछि देशमा विकास गर्छ । राज्यलाई कर तिर्ने र नेताहरुलाई भोट दिने पनि उही नै छ । आफ्नो हातपाखुरा चलेसम्म उसले राज्यकै निम्ति योगदान पुप्याइरहेको हुन्छ । तर, नेपाल सरकारले गरेको व्यवहारले उसको मन भतभती पोलेको छ । हिजो बाँचुञ्जेल त उसले खाइनखाइ राज्यलाई कर तिर्यो । मरेपछि पनि कर तिर्नुपर्ने कस्तो नीति हो यो ? हरेक नेपालीको सरकारलाई प्रश्नः हामी जन्मेको कर तिर्न मात्र हो ? राजनीतिक दललाई भोट हाल्न मात्र हो ? त्योभन्दा बाहेक हाम्रो केही काम छैन् ? एउटा नागरिकता दिएर सरकारले जनताको प्रयोग गरेको छ । नेपाली हौ भनेर नागरिकता त दिएको छ तर जनताले के सेवासुविधा पाएका छन् ? शव जलाएको पनि पैसा उठाउने कस्तो लाज पचेको सरकार ? देशमा रोजगारीको अभाव भएर दिनहु हजारौं नेपालीहरु खाडी भित्रिरहेका छन् । खाडीको चर्को घाममा आथ्था पनि नभनी काम गर्नुपर्ने बाध्यता उनीहरुलाई छ । नाडीमा बल भएसम्म काम गर्छन्, तर नसकेपछि उनीहरुको पनि त्यही बेहाल हुन्छ । सुखको भविष्य देखेर विदेशिएकाहरु कफिनमा प्याक भएर आइरहेका छन् । त्यस्ता व्यक्तिको शव जलाउन पनि पैसा तिर्नुपरेको छ । अहिले पनि यस्ता थुप्रै जिल्ला छन् जहाँ सामान्य ज्वरो आँउदा सिटामोल पनि पाइदैन् । उपचारको खोजीमा ऋण काँढेर दुर्गम जिल्लाबाट उपत्यका धाउने यत्तिकै छन् । उपचारको क्रममा अस्पतालको बेडमा प्राण त्याग्छन् । तर, लाश जलाउन पैसा हुँदैन् । अनि के गर्ने ? गाँउमा रोजगारीको अवसर छैनन् । उनीहरुसंग खाँचो परेको बेला एक सय रुपैंया झिक्न सक्ने पनि अवस्था छैन् । तैपनि उपचार गर्न ऋण काढेर, पैदल यात्रा गरेर काठमाडौं आउछन् । ऊसंग आवाज त छ तर नेपाली नै राम्रोसंग बोल्न जान्दैन् । न अस्पतालमा सोर्सफोर्स लगाउने क्षमता ऊसंग छ । न कुनै नेता नै चिनेको छ । सोझो भएको कारण ऊ हरेक क्षेत्रबाट हेपिएको छ । सरकारको आँखा ऊतिर पर्दैन् । चिकित्सकहरुले सक्दा खसालेर बोल्छन् । ससाना बालबच्चा घरमा छोडेर आएका उसलाई यताबाट ठग्छन् उताबाट लुट्छन् । सरकारले सित्तैमा दिने भनेको औषधी पनि उसले पाउदैन् । किन कि ऊ यसबारे अनविज्ञ छ । चिकित्सकहरुको एउटै सोचाइ कसरी धनी बन्ने मात्र हो । आँउछन्, हाजिर गर्छन् र आफ्नो निजी क्लिनिकतिर धाइहाल्छन् । सात डाँडा काटेर आएकाहरुले बेकारमा सास्ती मात्र पाउछन् । भनेको बेला डाक्टर हुदैनन्, घर फर्किऊ भने त्यत्रो पैसा खर्च भइसकेको हुन्छ । यतै बसौं भने लज भाडा तिर्न सक्ने हैसियत छैन् । सिधासाधी जनता जताबाट पनि पिल्सिरहेका छन् । सरकारी अस्पतालमा छिरेपछि ठिकठाक व्यक्ति पनि बिरामी हुन्छन् । बिरामीलाई रोगले झनै च्याप्छ भने सध्धे थला पर्छन् । सरकारी अस्पतालको सेवासुविधा राम्रो हुँदा अकालमा ज्यान गुमाइरहेका छन्, जनता । जति नै पढेपनि नेपालीमा चेतनाको अझै पनि अभाव छ । उपचार गर्दागर्दै बिरामीले प्राण त्याग्छ तर सबै पैसा चुक्ता नगरेसम्म लाश दिने चलन छैन् । लाश नै बन्धक बनाएर राख्छन् अस्पताल । कतिपयले अस्पतालमै शव छोडेर भाग्छन् । विकल्प नभइपछि के गर्ने ? होइन् भने नेता र सञ्चारकर्मी खोज्दै हिड्नुपर्यो । त्यस्तै, शववाहनले पनि मनलाग्दी रकम लिएर ठगिरहेको पाइन्छ । सरकारले भाडा निर्धारण नगर्दा शव बोकेको पनि मँहगो रकम तिर्नुपरेको छ । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यातायात व्यवस्था विभाग दुवैको ध्यान गएको छैन् । ट्राफिक प्रहरी महाशाखाले अनुगमन नगर्दा पनि ठगीधन्दा मौलाएको हो । जसको कारण शववाहन र एम्लुबेन्सको लुटतन्त्र व्यापक बढेको छ । एम्बुलेन्स र शववाहन भन्सार र भ्याट छुटमा भित्रिएको हो । त्यस्तै कतिपय मुलुकले नेपाललाई यी सवारी सहयोग पनि गरेका छन् । सित्तैमा पाएको सवारी ल्याएर रातो प्लेटमा दर्ता गर्ने र व्यापार गर्ने । कति सजिलो ! यस्तो सवारी साधनले मासिक लाखौंको आम्दानी गरेका छन् । तर न राज्यलाई राजश्व तिर्छ न गरिबलाई छुट । घरबाट ल्याएको पैसा सबै अस्पताल र औषधीमै सिद्धिन्छ । शव जलाउन बेला सुको पनि रहदैन् । पशुपतिमा शव जलाउनु अघि पैसा तिर्नुपर्छ । पुँजीपति वर्गलाई मतलब भएन् । तर, मध्यम र निम्न परिवारलाई त शव जलाउने पैसाले पनि निकै महत्व राख्छ । भोको पेट दौडिरहेका आम नागरिकले कतबाट पैसा ल्याएर लाश जलाउने ? अन्ततः शव नै छोडेर त्यहाँबाट हिड्नुपर्ने बाध्यता जाइलाग्छ । सरकारले शव सित्तैमा जलाउने व्यवस्था गर्नुपर्छ । ५० हजार तिरेर लाश जलाउनुको साटो उसको छोराछोरीले वर्षभरि खान त पाउछन् । गाडीभाडा हुन्छ, बालबच्चालाई कापीकलम किन्न हुन्छ । केही हदसम्म तिनलाई पनि राहत हुन्छ । कसैले इच्छाले पशुपति कोषलाई सहयोग गरेछन् भने त्यो पनि ठिकै छ । शवचाहि सरकारले सित्तैमा दाहसंस्कार गर्ने वातावरण मिलाईदिओस् । सरकारले मरेको लाशमाथि व्यापार गरेर पैसा उठाउन पाउदैन् । पशुपति कोषले शव जलाएर पैसा असुलिरहेको छ । नेपालको भूमि जन्मिदा र मर्दा पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो सरकार ? यसको जवाफ सरकारले जनतालाई दिनैपर्छ । यदि राज्यलाई कर नै चाहिएको हो भने अन्य क्षेत्र पनि छन् । कर नतिरी खुलमखुल्ला डुल्नेहरु यत्तिकै छन् । इन्धनमा कर छुट दिने सरकारले शव जलाउन छुट दिन सक्दैन् ? पैसा हुनेले त सवारी साधन किन्न सक्छ । सवारी साधन किन्न सक्नेले इन्धन पनि किन्छन् । पशुपति बाहेक अन्य क्षेत्रमा शव जलाएको पैसा तिर्नुपर्दैन् । तर, पशुपतिमा केलाई पैसा तिर्ने ? सास रहँदासम्म त सरकारले जनताको शोषण गर्यो । मरेपछि पनि उसलाई सुःखको सास फेर्न दिएन । सबैको हित हुने एउटा सामान्य निर्णय पनि गर्न नसक्ने के सरकार ? राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्री परे भने सलामीका साथ दाहसंस्कार गर्छन् । उनीहरुलाई त पैसा तिर्नुपर्ने नियम छैन् । जे पनि गरिब र बोल्न नसक्नेमै लागू हुने हो । ठूलालाई चैन साना ऐन कहिलेसम्म हो सरकार ? आखिरी नेताले जनताका लागि के गरे ? भ्रष्ट्राचार गरेर अपुग सम्पत्ति जोड्नेलाई चाहि छुट । तर, एक जोर चप्पल लगाउन नसक्नेको रगतपसिना चुस्छ, सरकार । काम गरेको कर तिर्नेलाई, नीति नियम टेर्नेलाई सरकारले हेपाहा प्रवृत्ति देखाइरहेको छ । शासन लाद्न खोजिरहेको छ । के लोकतन्त्र भनेको यही नै हो ? जनताले तिरेको करमा मोजमस्ती गर्ने सरकारको आँखामा बस्दो रहेछ भन्ने स्पष्ट भएको छ । भ्रष्ट्राचारीलाई सलामी दिने देशमा गरिबले कहिले सुःख पाउलान् ? सुकिलामुकिला बनेर हिड्नेलाई सरकारले नेपाली भनेर गनेको छ । जनताकै कारणले देशमा राजनीतिक परिवर्तन भो तर जनताले जीवनस्तरमा कुनै परिवर्तन भएन् । बरु विदेशी ऋण थपिदै गयो । पशुपति कोषलाई जनताको प्रश्नः गरिब मर्दा पैसा चाहिने । तर, उच्च पदाधिकारी मरे भने सित्तैमा लाश जलाउने । यो त सिधै भेदभाव भएन् र ? किन त सबै जनासंग पैसा लिनुपर्यो । यो भेदभाव कहिले अन्त्य हुन्छ ? कि त जनता संघर्षमै उत्रिनुपर्ने हो ? जनता सडकमा ओइरिए भने यिनीहरुलाई बाँकी राख्ने छैनन् । जनता अबुझ छन् भनेर सपना देख्ने काम छोड सरकार ? जनता भन्दा शक्तिशाली कोही छैन् । त्यसैले बेलैमा बुद्धि पुप्याऊ । लाश जलाउने र काजकिरिया गर्दा एक रुपैंया पनि पैसा नलिइयोस् । (प्रशिक्षार्थी)