तिमी ! विदेश नजाने ?
काठमाडौं । तपाईंलाई विदेश जानेकी नजाने भन्ने विषयले कतिको सताउँछ ? मलाई यही विषयले केही दिनदेखि सोचमग्न बनाएको छ । हुनत धेरैले विदेशलाई सपना साकार बनाउने थलोको रुपमा लिन्छन् । आफ्ना सपनाहरु पुरा गर्न मान्छेहरु समुन्द्र पारीका देशहरुमा जान विवश हुन्छन् । त्यही इच्छा पुरा गर्नुअघि धेरै युवाहरु कन्सल्टेन्सी धाउँछन् । आज, भोलि, पर्सी, सधैं कन्सल्टेन्सीको बाटो हुन्छ । पहिले–पहिले बुढापाकाहरुले भन्ने गर्थे, ‘केटी खोज्न जाँदा कत्ति जोर जुत्ता फाटे कति ।’ हो, अहिले विदेश जानैका लागि धेरै युवाहरुले कन्सल्टेन्सी धाएर जुत्ता फटाउँछन् । कक्षा १२ को पढाइ सकिने वित्तिकै धेरैको रोजाइ विदेश हुन्छ । अहिले प्रत्येक घरको एक जना त विदेश गएकै हुन्छन् । तपाईंको होस् । या मेरो । अहिले कसरी पढ्ने ? कत्ति अंक ल्याउने ? कुन तहसम्म पढ्ने भन्दा पनि कुन देश जाने, कुन देश राम्रो कमाइ हुन्छ, कुन कन्सल्टेन्सी जाँदा विदेशको भिसा छिटो लाग्छ ? लगायतका जिज्ञासा मेटाउनमै युवाहरु व्यस्त हुन्छन् । तपार्ईंका साथीहरु पनि प्लस टु पढ्दै विदेशी भाषा सिक्ने धेरै होलान् । मेरा साथीहरु पनि धेरै छन् । मैले २०७७ मा कक्षा १२ सम्मको अध्ययन पुरा गरेँ । यो बिचमा धेरै साथीहरू सरकारी जागिरे भए । धेरै विदेश हानिए । अधिकांश विदेशको तयारी गरिरहेका छन् । कक्षा १२ को पढाइ सकियो । मैले भने पढ्दै सोचौंला भनेर स्नातकको पढाइ सुरु गरेँ । स्नातकसँगै एक निजी कम्पनीमा काम गरेँ । विदेश होइन, स्वदेशमै केही गर्नु पर्छ भन्ने किसिमले काम गरियो । विदेश जाने कुनै सुरुसार गरिएन । बिचमा कोरोना सुरु भयो । कोरोनाले पढाइसँगै काममा पनि बाधा पुर्यायो । काठमाडौंको महँगी । यहाँ ५० हजारकै जागिर भएर पनि के गर्नु ? तलब आएको २०/२२ दिन नबित्दै साथीसँग नमागेको महिना हुँदैन । तपाईंले कत्तिको माग्नु हुन्छ सापटी ? आफै मनन् गर्नुस् । अब त विदेश नगएर भएन भन्ने मलाई पनि लाग्यो । सँगै पढेर विदेश हानिएको साथी, यता जग्गा किनेँ, उता जग्गा किनेँ भनेर गफ लगाउने । धेरैले घर बनाए । बिहे गरे । राम्रो पैसा कमाए । तर, आफ्नो विवशता भने उस्तै । यस्तै सम्झेर २/४ वटा कन्सल्टेन्सीमा समेत धाएँ । तर, विदेश जान पनि पैसा लाग्ने रहेछ । त्यती धेरै पैसा घरबाट दिन नसक्ने । त्यही समयबाट मेरो लागि विदेश रहेनछ भन्ने पनि सोचेँ । पैसा नभपछि विदेश जानु बेकार हो भन्ने लाग्यो । काम गर्दै गइयो । सामान्य जागिर । एक्लो ज्यानलाई खान बस्न समस्या भएन । यो सिलसिला निरन्तर चलिरहेकै थियो । एकदिन १२ कक्षासँगै पढेको साथीसँग बसमा भेट भयो । हाल खबर सोधियो । साथीले सोधिन्, ‘सँगै पढेका साथी त सबै विदेश गए, तिमि नजाने ?’ म अलमलमा परेँ । समय आएपछि जानुपर्छ भन्ने जवाफ फर्काएँ । उनले फेरि भनिन्, ‘समयमै विदेश जानु पर्छ है, नत्र पछि दुःख पाइन्छ ।’ सधैं दुःख पाइरहेको मान्छेलाई अझैं दुःख पाउनु केनै ठूलो कुरा भयो र मैले हाँस्दै जवाफ दिएँ । अनि तिमी नजाने ? मैले पनि प्रश्न गरेँ । उनले खुसी हुँदै भनिन्, ‘म पनि जाने तयारी गरेकी छु, जापानको भिसा लागेको छ ।’ विदेशको आस मारेर बसको मान्छेलाई साहस जगाइ दियो ती साथीको कुराले । हामी छुट्टियौं । म फेरि सोच्न थालेँ । सँगै पढ्ने साथीहरु, गाउँघरमा सँगै खेलेका दाजुभाईहरु विदेश गए, कतिले विदेशको तयारी गर्दैछन् । म जस्ता दैनिक हजारौं नेपाली युवाहरु विदेश पलायन भइरहेका छन् । उद्योगी व्यवसायीहरु पनि स्वदेशमा उद्योग व्यवसायको वातावरण राम्रो भएन भनेर विदेशमा लगानी गरिरहेका छन् । अनि म स्वदेशमा किन बस्ने ? म कुन देश जाउँ ? कुन कन्सल्टेन्सीमा छिटो भिसा लाग्छ होला ? पहिले साथी-सँगीहरु बिहे कहिले गर्छस् भनेर प्रश्न गर्थे । अहिले कहिले विदेश जान्छस् भनेर प्रश्न सोेध्छन् । अब म ती साथीहरुलाई के जवाफ दिउँ ?
रविसँग चुनाव लड्ने उम्मेद्वारको चुनावी एजेण्डा : प्रतिमहिना १० हजार वृद्धभत्ता दिने
काठमाडौं । चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचनको तयारी थालिएको छ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २ मा उपनिर्वाचनको तयारी थालिएको हो । बैशाख १० गते उपचुनाव हुने मिति तय भइसकेको छ । उपचुनावको समय नजिकिएसँगै उम्मेदवारहरुले पनि चुनावी प्रचारप्रसार थालेका छन् सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने नै उम्मेद्वार बन्ने भएका छन् भने अन्य राजनीतिक दलबाट उम्मेदवार को भनेर निक्र्यौल भइसकेको छैन । सो क्षेत्रबाट स्वतन्त्रबाट प्रा.डा मोजराज बगाले उम्मेद्वार बन्ने भएका छन् । उनले चुनावी प्रचारप्रसार पनि थालिसकेका छन् । उनले आफुलाई निर्वाचित गरेको खण्डमा विभिन्न ११ वटा काम गर्ने भन्दै एजेण्डाहरु बनाएका छन् । उनको चुनावी घोषणापत्रमा प्रतिमहिना १० हजार रुपैयाँ वृद्धभत्ता उपलब्ध गराउनेदेखि निःशुल्क स्वास्थयबीमा प्रदान गर्ने विषय उल्लेख गरेका छन् । यस्तो छ उनको चुनावी घोषणापत्र
पिएनजीमाथि नेपालको सानदार जित, ७ ओेभरमै जित्यो खेल
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मानेपालले पिएनजीमाथि सानदार जित हासिल गरेको छ । नेपालले ७.४ ओभरमै पिएनजीमाथि जित हासिल गरेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो । नेपालका लागि आसिफ शेखले अर्धशतक पूरा गरे । २१ बल खेलेका उनले ८ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । त्यस्तै कुशल मल्लले १२ रन बनाए । पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७ ओभर ४ बलमा एक विकेट गुमाउँदै १०० रन बनायो ।