डिजिटल भुक्तानीमा लाग्ने भ्याट खारेज

काठमाडौं । सरकारले डिजिटल भुक्तानीमा लाग्ने मूल्यअभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै डिजिटल भुक्तानीमा लाग्ने भ्याट खारेज गरेको घोषणा गरेका हुन् ।  

जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन

काठमाडौं । सरकारले जडीबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको विकासका लागि २० करोड विनियोजन गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । गत चैत १५ गते राजावादीले गरेको आगजनीबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो।  

मुलपानीसहित चार रङ्गशाला निर्माण गर्न एक अर्ब ३२ करोड रुपैयाँ विनियोजन

काठमाडौं । सरकारले खेल पूर्वाधारका लागि बजेटमा उल्लेखनीय वृद्धि गरेको जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।  उनले मुलपानी रङ्गशाला, मोरङको गिरिजाप्रसाद रङ्गशाला, कैलालीको फाप्ला क्रिकेट रङ्गशाला र रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि कुल ४२ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।  मन्त्री पौडेलले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको बताए । सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद आयोजना सम्पन्न गर्न ५४ करोड रुपैयाँ विनियोजन मन्त्री पौडेलले जानकारी दिए ।