सानिमा माई हाइड्रोको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने

काठमाडौं । सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुधबार बुकक्लोज गर्ने भएकोले मंगलबारसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत अर्थात् १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सोही लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । कम्पनीको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले लाभांश पारित गर्न कार्तिक २ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

हिमाल दोलखा हाईडोपावरले एक करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमाल दोलखा हाईड्राेपावर कम्पनीले सेयरधनीकाे लागि हकप्रद सेयर जारी गर्ने भएकाे छ ।  कम्पनीले एक कराेड २० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएकाे हाे । हकप्रद सेयरका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

‘नेप्सेको तथ्यांङ्क शुल्क बोर्डले बढाएको छैन’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क शुल्कमा वृद्धि नगरिएको स्पष्टिकरण दिएको छ । उक्त शुल्कमा बोर्डबाट ६ गुणासम्म वृद्धि गरि स्वीकृति भएको भन्ने हल्ला आएसँगै बोर्डले सो सम्बन्धमा आफ्नो स्पष्टिकरण दिएको छ । बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै आफूले नेप्सेबाट स्वीकृत भएर बोर्डमा आएको प्रस्ताव जस्ताको त्यस्तै स्वीकृत गरेको जानकारी गराएको छ । नेप्सेले बोर्डको स्वीकृतिको लागि उक्त तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ मा शुल्कहरु सहितको कार्यविधि बोर्डमा पेश गरेको थियो । ‘धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ (संशोधन सहित० को विनियम ३९ क। मा धितोपत्रको कारोवार भए पश्चात उपलब्ध हुने तथ्याङ्क तथा जानकारी दिने सम्वन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यबिधि बनाई लागू गर्न सक्ने र नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोवार भए पश्चातको तथ्याङ्क तथा जानकारी उपलब्ध गराए बापत कुनै शुल्क लिने व्यवस्था भएमा त्यस्तो शुल्क बोर्डबाट स्वीकृत भएपछि मात्र लिन सकिने व्यवस्था छ,’ उल्लेख छ । सोही बमोजिम नेप्सेबाट बोर्डमा पेश भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्याङ्क प्रयोग सम्वन्धी कार्यविधि, २०७७ मा उल्लेखित शुल्कहरुँबाट स्वीकृतिका लागि बोर्ड समक्ष प्रस्ताव गरिए बमोजिम यथावत नै रहने गरि स्वीकृत गरिएको बोर्डले जानकारी गराएको छ ।