तस्बिरमा सीईओहरूको सम्मेलन (फोटो फिचर)
काठमाडौं । एशिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा काठमाडौंमा भएको ३९औं वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ । सम्मेलनमा १८ देशका ६३ सीईओहरूको सहभागिता रहेको छ । ‘एशिएन बैंकिङ : रोडम्याप फर रिकभरी एण्ड सस्टेण्ड ग्रोथ’ विषय रहेको सम्मेलनमा विभिन्न वक्ताहरुले धारणा राखेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।
तिहार नजिकिएसँगै असनमा किनमेल गर्नेको घुइँचो (फोटोफिचर)
काठमाडौं । तिहार नजिकिएसँगै असन, न्यूरोड, भृकुटीमण्डप तथा बजारी क्षेत्रमा किनमेल गर्नेकाे घुइँचो बढ्न थालेको छ । तिहारमा किनमेल गर्नेहरूको उपस्थित बढेसँगै पसलहरूमा मान्छे भिरभराउ हुन थालेका हुन् । तिहारको लागि किनमेल गर्नेहरूको संख्या बढेपछि व्यापारी पनि व्यपार गर्नमा निकै व्यस्त छन् । व्यापारी रामचन्द्र मण्डलले पसलमा तिहारको सामाग्री किन्न आउनेको चाप बढेसँगै कारोबार रकम पनि बढेको बताउँछन् । ‘पहिलाको तुलनामा व्यपार काम छ, तर तिहार आउन केही समय बाँकी भएकाले मान्छेको उपस्थिति अझै बढ्ने र कारोबार पनि धेरै हुने अपेक्षा राखेका छौं,’ उनले भने । उनका अनुसार तिहारको समयमा रंगोलीका रङ, भाइमसला, टिकाका सामाग्री, मखमली फूल रोज्नेहरूको संख्या बढेको छ । असनका कपडा व्यापारी हरिप्रसाद न्यौपाने अघिल्लो वर्षको तुलनामा किनमेल गर्न आउनेको संख्या केही कम आएको बताउँछन् । ‘यो समयमा पहिला न्यूरोड तथा असनभित्र हिँड्न पनि सकिँदैन थियो,’ उनले भने, ‘अहिले त्यसको अनुपातमा यो केही कम नै हो । व्यपार पनि सामान्य नै छ ।’ तिहारको रौनक बढ्दै जाँदा यो समयमा बजारमा फूलका माला, मिठाई, रंगीचंगी बत्ती र कपडा आदि वस्तु किन्नेहरूको भिड बजारमा बाक्लो नै देखिन्छ । तिहारका लागि सामान किन्न असन पुगेकी सरिता खत्री पाछि भिड बढ्दै जाने भएकाले पहिला नै किनमेल गर्न आएको बताउँछिन् ।‘असनमा मान्छेको चाप बढि नै हुन्छ, अहिले त्यसै पनि चाडपर्वको समय छ,’ उनी भन्छिन्, ‘पछि मान्छेको उपस्थिति बढ्दै जाने भएका तिहार अगावै समय मिलाएर किनमेल गर्न आएकी हुँ । ’ देशभरि यतिबेला तिहारका लागि आवश्यक पर्ने सरसमान खरीद गर्नेकाे ठूलो भीड लागेको छ । बजारमा किनमेल गर्नका लागि पुगेका सर्वसाधारणको भीडले तिहार पर्वको रौनकलाई दर्शाएको छ ।
तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)
काठमाडौं । तिहार आउन अझै १३ दिन बाँकी छ । तर, बजार डुल्दा झिलिमिली देखिन्छ । यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारले छुन करिव दुई हप्ता अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ । सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यवसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन् । धनमाथि धन कमियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगीन छन् । दशैँ सकिनै अझै एक दिन बाँकी छ । तर काठमाडौंमा दशैँको रौनक नसकिँदै तिहारको झल्को देखिन थालिसकेको छ । यो क्रम छठ पर्वसम्म नै हुन्छ । दीपावलीमा गाउँ शहर झिलीमिली हुने कुरा त स्वभाविक नै हो तर पछिल्लो समय पर्वहरुको अवसर पारेर बजार रंगीन बनाइन्छ । तस्बिर स्रोत : न्यूज एजेन्सी नेपाल ।