आईएसएमटी एक्स्पो-२०२३ मा विद्यार्थीकाे आकर्षण (फोटोफिचर)
काठमाडौं । आईएसएमटी कलेजले आयोजना गरेको ‘आईएसएमटी एक्स्पो-२०२३’ आजबाट सम्पन्न भएकाे छ । विद्यार्थीहरूलाई सूचना प्रविधि बारे ज्ञान दिने उद्देश्यले गत शनिबारदेखि एक्स्पो आयाेजना गरिएकाे थियो । काठमाडौंको तीनकुने स्थित कलेज परिसरमा भएको सो एक्स्पोले एआई लगायत सफ्टवेयरका विषयमा विद्यार्थीहरूलाई जानकारी गराएकाे कलेजले बताएकाे छ । प्रदर्शनीमा विभिन्न कलेजका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो । एक्स्पो अवधिभर सयाै विद्यार्थीले अवलोकन गरेको कलेजले बताएको छ । एक्स्पोमा ११ भन्दा बढी स्टल राखिएको थियो ।
तस्वीरमा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी, विद्युतीय साइकलदेखि मिनी ट्रकसम्म
काठमाडौं । भृकुटीमण्डपमा आजबाट नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लाइन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्ति बहादुर बस्नेतले गरेका छन् । आइतबारसम्म चल्ने सो प्रदर्शनीमा विभिन्न कम्पनीहरूले ईभीका सवारीदेखि इलेक्ट्रिक तथा मेसिनरी सामानहरू राखिएका छन् । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो । मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलिकरण गर्ने उद्देश्य सहित प्रदर्शनीको आयोजना गरिएको छ । सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहको बताइएको छ । उएक्स्पोको उद्घाटनसँगै प्रदर्शनीको अवलोकन गर्न आउनेहरूको पनि बाक्लो उपस्थिति थियो । प्रर्दशनीमा विद्युतीय साइकलदेखि मिनि ट्रकसम्म राखिएका छन् । उद्घाटनको क्रममा मन्त्री बस्नेतले विद्युती सामान र ईभीका सवारीको प्रयोगलाई सरकारले पनि प्राथमिकता दिएको बताए । ‘हामीले जलविद्युतको उत्पादन पनि गुणात्मक तरीकाले गरी रहेका छौं, आन्तरिक खपत बढाउने योजना र कार्यक्रमका साथ अगाडी बढेका छौं, यसलाई विस्तार गर्नको लागि आवश्यक पर्ने नीतिगत विषयलाई लिएर पूर्वाधारका काम अगाडी बढाउने कुरालाई प्राथमिकता दिएका छौं,’ उनले भने ।
यसरी मनाइँदै छ जनैपूर्णिमा र रक्षाबन्धन (फोटोफिचर)
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।