तस्वीरमा हेर्नुहोस् प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका सचिवबीचको भेटवार्ता
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तीय कमिटीका सचिव वाङ सियाओहुई शुक्रबार सियानमा भेटवार्ता गरेका छन् । तस्बिरः रासस
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित, भन्छन् : शिक्षामन्त्री राजीनामा दे
काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा काठमाडौंको माईतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु माईतीघरमा भेला भइ आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
विश्वकर्मा पूजामा चिरिच्याट्ट ईभी ट्याक्सी (फोटोफिचर)
काठमाडौं । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, सवारी साधन, पार्टपूर्जा तथा यन्त्रहरुको पूजाआजा गर्ने दिन सम्झछौं । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा मनाइने विश्वकर्मा पूजा भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा पूजा गरिन्छ । त्यसैले पनि आजको दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । आज नेपालमा पनि विश्वकर्मा पूजा उल्लाहस रुपमा मनाइएको छ । पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा ट्याक्सीहरु पनि विद्युतीयमा रुपमा रुपान्तरण हुन थालेका छन् । काठमाडौं उपत्यकामा विद्युतीय गाडीसँगै ट्याक्सीहरु पनि बढ्न थालेका छन् । केहीले विद्युतीय ट्याक्सीलाई एकै ठाउँमा जम्मा गरेर पनि पूजाआजा गरेका छन् ।