नेपाल सेवा लघुवित्तको सीईओमा उद्धवचन्द्र श्रेष्ठ
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उद्धवचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते बसेको संस्थाको संचालक समितिको बैठकले श्रेष्ठलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । साथै, श्रेष्ठले वैशाख ९ गतेदेखि आफ्नो पदभार ग्रहण गरेका कम्पनी सचिव राकेश श्रेष्ठले बताएका छन् ।
यूनाईटेड फाइनान्सको सीईओमा मिश्र नियुक्त
काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् । संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।
गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा यादवचन्द्र राई नियुक्त
काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा यादवचन्द्र राई नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागु हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव मुकुन्द्र श्रेष्ठले जनाएका छन् । यसैबीच, मंगलबार नै सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्ष प्रेमबहादुर खापुङले घरासयी व्यस्तताको कारणले चैत २९ गते दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको थियो ।