मुक्तिनाथ विकास बैंकको डेपुटी सिइओमा समिरशेखर बज्राचार्य नियुक्त
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ)मा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् ।त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।
एलआईसीको अध्यक्षमा एमआर कुमार नियुक्त, जीवन बीमामा ३६ वर्षको अनुभव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) (एलआईसी) लिमिटेडको संचालक समितिको अध्यक्षमा एमआर कुमार नियक्त भइका छन् । इन्स्योरेन्सको हालै सम्पन्न बैठकले एलआईसी अफ इन्डियाबाट प्रतिनिधित्व गर्ने गरी कुमारलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त कुमारले जीवन बीमामा ३६ वर्षको अनुभव संगालेका छन् । साथै, उनी इन्डियाको वर्तमान कार्यकारी अध्यक्ष हुन् । यस अघि इन्स्योरेन्सको अध्यक्ष पदमा प्रमोटर सेयरधनी हेमन्त भार्गव कार्यरत थिए । उनले गत जेठ २ गतेदेखि नै लागू हुने गरी राजिनामा दिएका थिए ।
स्पर्श लघुवित्तको सञ्चालकमा क्षितिज खड्का नियुक्त
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा क्षितिज खड्का नियुक्त भएका छन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठकले जनता बैंक नेपालको तर्फबाट प्रतिनिधि सञ्चालकको रुपमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै नवनियुक्त खड्काले संस्थाको सञ्चालकको रुपमा आगामी बाँकी कार्यकाल सम्हाल्नेछन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठक जेठ ६ गते सोमबार बसेको थियो ।