सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । १६ वर्षअघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा बैंकसंग आबद्ध भएका दाहाल यसअघि बैंकको भगिनी संस्था सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।

आङ देण्डी शेर्पा घरेलु लघुवित्तको अध्यक्षमा चयन

काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरुको बाट मनोनित सञ्चालन आङ देण्डी शेर्पा सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् । नव नियुक्त अध्यक्ष शेर्पाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीइ संस्था नियमन विभागका कामु निर्देशक बमबहादुर मिश्र समक्ष सपथ ग्रहण गरे । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाका नियमन विभागका निर्देशक नरेन्द्रसिंह विष्ट, कामु निर्देशक वीरन्द्र दत्त अवस्थी, उपनिर्देशक पञ्चलक्ष्मी मानन्धर, सहायक निर्देशक महेशकुमार जोशीका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद अधिकारी तथा अधिकृत प्रदीपकुमार घिमिरेको उपस्थिति रहेको थियो ।

ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्दकिशोर शर्मा चयन

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बैशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक नन्दकिशोर शर्मा अध्यक्षमा चयन भएका छन् । कार्यव्यस्तताका कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते बसेको बैठकले स्वीकृत गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्ने छने् । शर्माले आईसिएफसि फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तीय संस्थाहरुमा संचालक तथा प्रबन्धनिर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरेका छन् । कम्पनीका उच्च पदाधिकारी र संचालक सहित कम्पनीको बैठक कक्षमा आयोजित एक कार्यक्रममा निवर्तमान मुरारकालाई कम्पनीको स्थापनाकालदेखि पुर्याएको योगदानप्रति आभार व्यक्त गर्देै बिदाई गर्नुको साथै हाल चयन हुनु भएका अध्यक्ष शर्मालाई स्वागत गरिएको छ । कम्पनीको अध्यक्षको रुपमा नरहेतापनि सदैव कम्पनीलाई अवश्यक सल्लाह सुझावहरु निरन्तर प्रदान गरिरहने मुरारकाले उक्त कार्यक्रममा बताए ।