सेञ्चुरी बैंक र ओम हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच औषधि उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका संस्थापक शेयरधनी तथा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले उक्त अस्पतालमा विशेष छुट पाउन सक्नेछन् ।

अस्पतालबाट प्रधानमन्त्रीको सन्देश- ‘अब ठीक हुँदैछु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य स्थिती  सुध्रिदै गएको बताएका छन् । साेमबार अपरान्ह अस्पतालबाटै भिडियाे शन्देस पठाउँदै उनले  आफ्नो स्थिती सुध्रिँदै गएकाेले  अब केही दिनमै  पूर्ण रुपमा स्वस्थ हुने बताएका हुन् । ‘एपेन्डिसाईटिस कसैलाई समय र सुचना दिएर आउने रोग होइन’ उनले भिडियाेमा भनेका छन्,  यो अचानक आईलाग्छ, मलाई पनि अप्रत्यासित रुपमा त्यसरी नै आईलाग्यो,  मलाई ईन्फेक्सन भएछ र त्यो बाहिर पनि फैलिएछ। त्यसमा मात्र ईन्फेसन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्याे तर बाहिर पनि ईन्फेसन भएकोले त्यसलाई पनि हटाउनु पर्ने भयो ।’ उपचारमा अझै १५ देखी २० दिन लाग्ने  उनले बताएका  छन्। उनले भिडियाेमा भनेका छन्, मेरो स्वास्थ्य राम्ररी अगाडि बढीरहेको छ तर मेरो एउटा मेजर अप्रेसन पछि  उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने र समाचारहरु हेर्न सक्ने अवस्थामा छु।’ उनले दक्षिण एसियाली खेलकुदलाइ समेटेर समेत बाेलेका छन् ।  उनले  मैत्रिपूर्ण क्षेत्रिय  मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्कका खेलाडिहरु सबैलाई  समेत आग्रह गरेका छन् ।

विवाहित महिलाले पाठेघरको मुखको क्यान्सरबाट बच्न प्याप्समेयर टेस्ट गर्नैपर्छ: डा. सुशीला वैद्य

काठमाडौं। संसारभरमा महिलाहरुको मृत्युको सबैभन्दा ठूलो कारण मध्ये पाठेघरको मुखको क्यान्सर पनि रहेको छ। विश्वमा हेर्ने हो भने महिलामा देखापर्ने क्यान्सरमध्ये स्तन, आन्द्रा, फोक्सोपछि चौथौ नम्बरमा नै पाठेघरको क्यान्सर आउँछ तर नेपालमा रहेका क्यान्सर अस्पतालका तथ्याङ्क हेर्न हो भने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेका छ। यहि क्यान्सर विकसित मुलुकमा धेरै कम पाइनुकाे प्रमुख कारण नियमित रुपमा प्याय स्मेयर टेष्ट गराउनु रहेको डाक्टरहरु बताउँछन्। प्रजनन सक्षम कुनै पनि उमेरका महिलालाई यो रोग लाग्न सक्छ। विशेषगरि ३० वर्ष देखि ६० वर्ष सम्मको महिला जसको बिहावारी भईसकेको छ अथवा शारिरिक संम्पर्क भैसकेका महिलामा यो समस्या बढि देखिन्छ। पाठेघरको मुखको क्यान्सर यही कारणले हुन्छ भनेर किटान नभए पनि ह्युमन पापलिमो भाईरसलाई यसको मुख्य कारणको रुपमा लिईन्छ। यसबाट बच्नलाई प्रत्येक विवाहित वा यौन जिवन सक्रिय महिलाले हरेक वर्ष प्यायस्मेयर टेष्ट गराउनु पर्छ। अन्य क्यान्सर नसर्न भए पनि पाठेघरको मुखको क्यान्सर सर्न गर्दछ। यो रोग पाठेघरको मुखको क्यान्सर भएको महिलासँग यौन सम्पर्क राखेको पुरुषबाट दोस्रो महिलामा सर्नुकाे साथै एउटा महिलाले धेरैसँग यौन संम्पर्क राख्दा पनि यो सर्न गर्छ। पाठेघरको मुखको क्यान्सरको लक्षण पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा लक्षण नदेखिन पनि सक्छ । साथै यो व्यक्तिपिच्छे फरक हुनसक्छ। यद्यपी यसका लक्षण निम्नलिखित हुनसक्छन् : १. पहिलाको भन्दा अलि धेरै पानी बग्ने, पानी गन्हाउने, पटकपटक संक्रमण भइरहने, पानीमा रगत मिसिएको हुनसक्ने २. महिनावारी नभएको समयमा पनि रगत देखा पर्नु यस रोगको प्रमुख लक्षण हो। ३. पेट फुल्ने समस्या देखिन सक्छ। ४. धेरै फैलिएको अवस्थामा भने खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्ने साथै दिसापिसाबमा समस्या हुने प्यायस्मेयर टेष्ट डाक्टरले पाठेघरको मुखबाट एक थोपा पानी लिएर एक मिनेट भित्रमा गरिने टेष्टलाई प्यायस्मेयर टेष्ट भनिन्छ। यो यस्तो टेष्ट हो जसमा पाठेघरको मुखमा आएका खराबी अथवा भबिष्यमा हुन सक्ने क्यान्सर बारे जानकारी पाउन सकिन्छ। यो निकै नै सरल र सस्तो पनि रहेको छ। करिब ७ सयको वरिपरि यो टेष्ट गर्न सकिन्छ। भयानक रोग लागेर अन्तिम अवस्थामा पुग्नुभन्दा समयमा यस्ता टेष्टहरु गराएर स्वस्थ रहनुपर्छ। सम्पुर्ण सम्पती सिद्दिएर पनि निको नहुने अवस्थामा पुग्नुभन्दा अगाडी बच्नलाई सबैभन्दा उत्तम उपाय हो याे। प्याप टेष्ट गराउनुभन्दा पहिला के के कुराहरु ध्यान दिनुपर्दछ ? १. दुई दिन अगाडि देखि यौन संम्पर्क गरेको हुनुहुदैन। २. मल्हम अथवा डुसको प्रयोग गरेको हुनुहुदैन ३. यो महिनावारी भएको बेलामा गर्न मिल्देन। ४. एक हप्ता देखि एन्टिबायोटिक खाएको हुनुहुदैन। ( लेजर थेरापी विशेषज्ञ तथा महिला क्यान्सर रोग विशेषज्ञ डा. सुशिला वैद्य शाक्यसँगको कुराकानीमा आधारित )