विश्वमा ३५ लाख ६२ हजारभन्दा बढी कोरोना संक्रमित, २ लाख ४८ हजारको मृत्यु
काठमाडौं । अहिले विहान सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख ६२ हजार २ सय ६१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ४८ हजार ९४ जनाको मृत्यु भइसकेको छ भने ११ लाख ५३ हजार ७१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ६८ हजार ५ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ११ लाख ८७ हजार २ सय ३३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ भने अहिलेसम्म १ हजार ३ सय ९१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७५ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
नेपालमा उग्र रुप लिँदै कोरोना, एकैदिन भेटिए १६ जना संक्रमित
काठमाडाैं । नेपालमा एकैदिन १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । आजै (आइतबार) यसअघि १० जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ। यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे। मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए। देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।
नेपालगञ्जमै थप ६ जना देखियाे काेराेना
काठमाडाैं । नेपालमा थप ६ जनामा काेराेना भाइरस देखिएकाे छ । अहिले नेपालगञ्जमा ६ जनामा कोरोना पुष्टि भएसँगै आज मात्रै १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । आजै (आइतबार) यसअघि १० जना भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको छ। यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए। याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ। यसअघि नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।