नेपालमा थप ४ सय २६ मा देखियाे कोरोना संक्रमण, संक्रमितकाे संख्या ८२ सय नाघ्याे

काठमाडाैं । नेपालमा गएकाे २४ घण्टामा ४ सय २६ मा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ४  सय २६ जनामा कोराेना भाइरस देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १४ सय ०२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २२ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ६१ हजार ७ सय ४९ काे पिसिआर विधि र २ लाख ४७ हजारकाे ८ सय ७४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ?  हाल देशभर १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ८ सय ५० जना आईसाेलेसनमा रहेका छन् ।

भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित, दुई लाख बढीले जिते काेराेना

भारत । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ । ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशअनुसार हेर्दा भारतमा सवैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना सङ्क्रमित भएका छन् । रासस/एएनआई

कोरोनाबाट हालसम्म ४ लाख ५५ हजारभन्दा बढिको मृत्यु, संक्रमितको संख्या भने ८५ लाख नाघ्यो

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ६७ हजार ७ सय ६१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५५ हजार ५ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४५ लाख ८ हजार ३ सय ४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २० हजार ६ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ६३ हजार ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ भने अहिलेसम्म १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ८६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)