म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्नँ: प्रधानमन्त्री
काठमाडाैं । प्रधामन्त्री केपी शर्मा अोलीले आफु पनि भष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बाेल्दै साे कुरा बताएका हुन् । उनले यो समयमा कोरोना भाइरसको निदानमा लाग्नु पर्ने अवस्थामा हिसाव माग्नु उचित नभएको बताएका छन् । यस्तो विषम परिस्थिति स्थानीय जनप्रतिनिधिहरुले उल्लेख्य काम गरेको बताउँदै उनले सबैले उनीहरुको प्रशंसा गर्नुपर्ने उनको भनाई छ । सबैले १० अर्बको खर्च मागिरहेका प्रशंग जोड्दै उनले सबैभन्दा बढी खर्च स्थानीय तहले गरेको बताए । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’ ‘यस्तो अवस्थामा कसैले भष्टाचार गर्छ देशकको सम्पत्ति दोहन गर्छ भने उसलाई कडाभन्दा कडा कारबाही हुनछ, म स्पष्ट पार्न चाहन्छु,’ उनले भने । यस्तै,उनले सरकारमा बस्नेहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ भन्ने सोच नराख्न आग्रह गरेका छन् । स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । स्थानीय जनप्रतिनिधिहरुको गुन मान्नुको साटो अपमान गर्न नहुने उनले बताए ।
नेपालमा काेरानाकै कारण २० जनाकाे हाेइन २/३ जनाकाे मात्र मृत्यु भएकाे छ: प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा काेराेनाकाे कारण मृत्यु हुनेकाे संख्या २० जना नभएकाे बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले मात्र नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको तर काेराेनाकै कारण २० जनाकाे मृत्यु नभएकाे बताएका हुन् । बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गरे। उनले तीमध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताए। ‘कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ, बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो,’ उनले भने। प्रधानमन्त्री ओलीले उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गरे।
दैलेखमा कोरोना निको हुने र थपिने क्रम जारी
दैलेख । कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र सङ्क्रमित भइ भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ । पछिल्लो सयम यहाँ सङ्क्रमित सङ्ख्या बढी देखिएको छ । गत मङ्गलबार मात्रै १८४ ले कोरोना जितेर खुशी हुँदै आफ्ना घर फर्किएका छन् भने ९४ जना कोरोना पुष्टि भई उपचारका लागि भर्ना भएका थिए । “निको भएर घर जाने र सङ्क्रमित भएर उपचारका लागि भर्ना हुनेको सङ्ख्या उस्तै दरमा देखिएको छ”, जिल्ला अस्पतालका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भन्छन्’ “जिल्लामा ६३३ कोरोना पुष्टि भएका उपचारका लागि भर्ना छन्, दैनिक थपिने र निको भएर जाने क्रम जारी छ ।” गत सोमबारमात्रै ९१ मा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित थपिए पनि निको हुने दर उत्तिकै देख्दा निकै खुशी तुल्याएको र विषेशगरी आयुर्वेदिक उपचार विधिद्वारा उपचार गर्दा बिरामीको स्वास्थ्यमा सुधार आएको उनी जानकारी दिन्छन् । जिल्ला अस्पतालका अनुसार जिल्लामा गत मङ्गलबारसम्म १८४ जनाले कोरोना जितेर घरमा फर्किसकेका छन् । सबैभन्दा धेरै घर फर्किनेहरुमा नारायण नगरपालिकाका १४५ र दुल्लु नगरपालिकाका ३४ रहेका छन् । त्यस्तै डुङ्गेश्वर गाउँपालिकाका तीन र गुराँस गाउँपालिकाका दुई जनाले कोरोना जितेर घर फर्किँदा जिल्लामा कोरोना जितेर घरमा फर्किनेको सङ्ख्या १८४ पुगेको छ । जिल्लाभरि ६३३ कोरोना सङ्क्रमितमध्य १८४ कोरोना जितेर घरमा फर्किसकेका छन् भने बाँकी ४४९ को उपचार भइरहेको जनाइएको छ । सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । एघार स्थानीय तह रहेको जिल्ला हालसम्म ६३३ कोरोना पुष्टि भएका छन् भने सयौँको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत र जुम्लामा पठाइएको छ ।