कोरोना संक्रमणबाट नेपालमा २३ औं व्यक्तिकाे निधन
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको निधन भएको छ । निधन हुनेमा गुल्मी छत्रकोटका ६९ वर्षीय पुरुष रहेका छन् । उनी प्यारालाइसिसको बिरामी भएको र उपचारका क्रममा भारत गएर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । गत २५ जेठमा भारतबाट नेपाल आएका उनी होम क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । उनको ५ असारमा निधन भएको र ६ गते उनमा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३ पुगेको छ जसमा चार महिला र १९ जना पुरुष रहेका छन् ।
काठमाडाैंमा थपिए १ जना काेराेना संक्रमित
काठमाडाैं । काठमाडाैंमा पछिल्लाे २४ घण्टामा एक जना काेराेनाभाईरस (काेभिड-१९) संक्रमित थपिएका छन् । काेभिड-१९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा काठमाडाैंमा एक जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले ललितपुरकाे एक महिलामा र १ जना पुरुषमा काेराेना संक्रमण भेटिएको बताएका हुन् ।
थप ४ सय २१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार नाघ्यो
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय २१ जनामा कोराेना भाइरस देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ९ हजार २६ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १७ सय ७२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २३ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ७५ हजार १ सय ७३ काे पिसिआर विधि र २ लाख ६२ हजारकाे १ सय ७४ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ? हाल देशभर ९४ हजार ९ सय २८ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार २ सय ३१ जना आईसाेलेसनमा रहेका छन् ।