थप ७ सय ४३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ ।

अब मेडिसिटी अस्पतालमा पनि पिसिआर टेष्ट हुने, नाम दर्ता गर्न याे नम्बरमा सम्पर्क गर्न सकिने

काठमाडौं । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा शुरु भएको छ । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुस गर्दै मेडिसिटीमा उक्त सेवा शुरु गरिएको हो । विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा. गोपी अर्यालल बताए । विगत केहि महिना देखिको प्रयास पश्चात सफल रुपमा जडित पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको छ । पिसिआर टेष्टका लागि आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१-४२१७७६६ मा सम्पर्क गर्न सकिन्छ । स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.अर्यालले बताए । उनले ओपिडी मार्फत आउने र भर्ना भएका बिरामीका लागी पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गरेका छन् । साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

सेभ द चिल्ड्रनले हस्तान्तरण गर्यो पौने २ कराेड रुपैयाँ बराबरको सात थान आईसीयू भेन्टिलेटर

काठमाडौं । सेभ द चिल्ड्रनले आईतबार ग्लोबल फन्ड परियोजना मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा संस्थाले एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरकाे साे मात्राकाे भेन्टिलेर सहयाेग गरेकाे हाे । यससँगै ती भेन्टिलेर मन्त्रालयको प्राथमिकता अनुसार कोभिड-१९ संक्रमितको उपचारमा प्रयोग हुनेछ । सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फण्ड प्रोजेक्टले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सात वटा भेन्टिलेटर हस्तान्तरण गरेको हाे । ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेस मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वष्ठि विशेषज्ञ डा रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । ‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड-१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समूदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ’ सेभ द चिल्ड्रनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भन्नुभयो । पछिल्लो समय कोभिड-१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ । यसैबीच कोभिड-१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ । यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रन सम्बन्धित संघीय मन्त्रालय तथा स्थानिय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाई व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपाय स्वरुप मिडिया सन्देश प्रवाह गर्ने कार्यमा अग्रभागमा रहेर काम गर्दै आएको छ ।