एकैदिन ७१० जनामा देखियो कोरोना संक्रमण
काठमाडौं । एकैदिन ७१० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार ५ हजार २५ जनामा परीक्षण गर्दा ७१० जनामा संक्रमण देखिएको हो । यस्तै, आज २१५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणको कारण २ जनाको मृत्यु भएको छ ।
५६४ जनामा देखियो कोरोना सङ्क्रमण, सक्रिय सङ्क्रमित ४ हजार नाघे
काठमाडौं। नेपालमा कोरोना थप ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनाको परिक्षण गर्दा पीसीआर विधिबाट ४१८ तथा एन्टिजेन विधिबाट १४६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा २०२ जना सङ्क्रमणमुक्त भने भएका छन् । देशभर कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ७६ पुगेको छ । यहि अवधिमा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख १ हजार ६ सय जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
जनरल इन्स्योरेन्सका बीमितले गण्डकी मेडिकल कलेजमा शुल्क तिर्नु नपर्ने
काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल र गण्डकी मेडिकल कलेजबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र गण्डकी मेडिकल कलेज तर्फबाट प्राडा। रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म गण्डकी मेडिकल कलेज टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नेछन् ।