वातावरणीय स्वास्थ्य प्रक्षेपण : वातावरणीय प्रदुषणका कारण छोरीहरु चाँडै जवानी हुँदै
एआईबाट निर्माण गरिएको कृत्रिम तस्बिर । काठमाडौं । जुन बालिकामा छिटो रजस्वला देखिएको छ ती बालिकामा स्वास्थ्यमा समस्याहरु देखिने गरेको अध्ययनले देखाएको छ । जसका कारण ती बालिकामा स्त्री रोग, मुटु रोग, मधुमेह र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ । पछिल्लो समयमा बालिकाहरुमा शारीरिक अवस्था परिपक्क नहुँदै जवान हुँदै गएको लक्षण देखा पर्न थालेको छ, जुन निकै चिन्ताजनक विषय हो । एमोरी र हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरुको अध्ययनले यो विषयलाई अगाडि ल्याएको हो । १० देखि १७ वर्ष उमेरका ५२०० बालिकाहरुबाट प्राप्त जानकारीका आधारमा गरिएको अध्ययनले वायु प्रदुषणको मात्रा उच्च रहेको क्षेत्रका बालिकाहरु कम उमेरमा नै रजस्वला हुने गरेको देखिएको छ । प्रतिष्ठित जर्नल ‘इन्भारमेन्टल हेल्थ प्रस्पेक्टिभ’मा प्रकाशित अध्ययन अनुसार बालिकाहरुले १२ वर्ष ३ महिनाको उमेरमा रजस्वला भएको अनुभव गरेका थिए । जुन बालिकाहरु जन्मनु अगाडि वा बाल्यअवस्थामा चार माइक्रोग्राम प्रति घनमिटर भन्दा अतिरिक्त बढी २.५ कणको सम्पर्कमा रहे उनीहरुमा समयभन्दा अगाडि नै रजस्वला हुने गरेको अनुसन्धानले देखाएको छ । अध्ययनको क्रममा ती बालिकाहरु ४.८ देखि ३२.२ माइक्रोग्राम प्रतिघनमिटर पिएम २.५ को सम्पर्कमा रहेका थिए । त्यसैगरी पिएम १० को औसत स्तर २१.९ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको थियो । उमेरको वृद्धि सँगै थप स्वास्थ्य समस्या देखिन सक्ने अध्ययनले यो पनि देखाएको छ की चाँडो रजस्वला हुने बालिकाहरुमा उमेरको वृद्धिसँगै स्वास्थ्य सम्बन्धी थप समस्याहरु देखिने सम्भावना बढी हुन्छ । भविष्यमा ती बालिकाहरुमा स्त्री रोग, मुटु रोग, मधुमेह र क्यान्सरको जोखिम बढ्न सक्ने अध्ययनले देखाएको छ । पेट्रोल, ग्यास, डिजेल इन्धन, र काठजस्ता वस्तुहरुको प्रयोग गर्दा निस्कने कणयुक्त पदार्थ सहितको वायु प्रदुषणलाई कम गर्ने नीति निर्माण गरेर बालिकाहरुको प्रजनन स्वास्थ्यलाई सुरक्षित गर्न सकिन्छ । बालिकाहरु शारीरिक रुपमा परिपक्क नहुँदै किन रजस्वला हुन्छन् भन्ने विषयमा अध्ययन गर्न आवश्यक भएको भन्दै मेडिकल एक्सप्रेसले त्यसको लागि थप अध्ययनको आवश्यक भएको उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा ।
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
बाग्लुङ । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् । उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालले जनाएको छ । अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन् । यो छन्त्यालको चौथो सन्तान हो । पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताइन् । दसैँका बेलामा पोखरा जान पनि गाह्रो थियो नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उनका पति नेत्रबहादुर छन्त्यालले बताए । उक्त अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो । यसअघि ठूलो तौलको बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो । अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
‘चाडपर्व आउँदा धेरै नै खाएको पायौँ, १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन’
दशैँ, तिहार लगायतका महत्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरु घर जाने क्रम बढेको छ । चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ । खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ । गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग शुरु भइसकेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र कस्तो ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश । चाडपर्व भित्रिसकेको छ, यो बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । मुख्यतः खानपानमा ध्यान दिनुपर्छ । हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैँ तिहारको बीचमा आउने गर्नुहुन्छ । यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ । हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेष्ट्रोलका बिरामीहरुपनि दशैँ तिहार पछाडी आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेष्ट्रोलको मात्रा बढेको हामीले भेट्छौं । युरिक एसिडहरु बढेको भेट्छौं । त्यसैले दशैँमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ । जसलाई स्वास्थ्य जोखिम भएको छ । खानामा धेरै एक्साईटेड भएर माछा मासु खाएपनि ठिक्क मात्रामा खानुपर्छ । आवश्यकता भन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ । खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ । खानासँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ । कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छौँ । धेरैजसो दही, बाहिरका मिठाईहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरुपनि देखेका छौ । खाना त खानुपर्छ । तर, चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ । स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन । खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ । चाडपर्व आउँदा धेरै नै खाएको पायौँ । अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो । त्यस्तो पनि हामीले देख्छौँ । चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएको बिरामीहरु पनि हामीले भेट्छौँ । त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ । नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले पनि ख्याल गर्नुपर्छ होइन र ? नियमित औषधि खाने बिरामीहरु मुख्यतः रक्तचाप र सुगर रोग, कोलेष्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुप¥यो । यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप(निगरानी)मा नगएको पनि हामीले देखेका छौँ । औषधि पनि नखाने, खानापनि सन्तुलित रुपमा नखाने गर्दाखेरी स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ । दशैँ तिहारको बेला काठमाडौं बाहिर जादैँ हुनुहुन्छ । फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ । उच्चरक्तचाप, मधुमेह लगायत भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि ? माछा मासु खानै नहुने होइन । हामीले कोलेष्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ । तर, मासु खाँदै नखाने भन्ने होइन । रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन् । भिटामिन १२ हरु त्यसमै हुन्छ । खाँदै नखाँदाखेरी कोलेष्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन १२ डिफिसियन्सीहरु भएर कमजोरी भएर आउनुहुन्छ । १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन । रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ । यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ । माछा मासु खानै नहुने भन्ने होइन । तर, सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ । अहिले केही समययता डेँगुका बिरामीहरु बढेको देखेका छौँ । जाडो महिना आयो डेंगु लाग्दैन भनेर हेलचेक्र्याँई भएको हो की भन्ने मलाई लाग्यो । तर, पनि हामीले रुघाखोकीका बिरामीहरु, सिजनल फ्लुका बिरामीहरु अझैपनि भेटिरहेका छौँ । चाडपर्वको मुखमा वृद्धवृद्धाहरु डेंगु भएर आइरहनुभएको छ । डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस् । कार्तिक महिनाभरी डेंगुको डर छ । त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरु धेरै देखेँ यो समयमा । वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडी फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ । फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ । जहाँ गएर लगाउँदापनि हुन्छ । सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ । ज्येष्ठ नागरिक, बालबालीकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन । सकभर बाहिरको खाना नखानुहोस् । बाहिरको स्वस्थकर छैन । होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस् । यसले स्वास्थ्य जोखिम बढाउँछ । मौसम परिवर्तनसँगै सिजनल फ्लू बढीरहेको छ ? अस्पतालमा सरुवा रोगका बिरामीहरुको चाप बढेको हो ? सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ । हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरु आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडी । अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरु देखिने गरेको छ । उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरु लगभग मेल खाने, बिरामीहरु एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ । इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो । कति अक्सिजन लगाएर बिरामीहरु आईसीयुमा पनि हुनुहुन्छ । भएको चाहीँ भाइरल निमोनिया नै हो । शुरु भएको त रुघाखोकीबाट नै हो । त्यही नै बिग्रेर निमोनियाका केसेसहरु हामिले देखेका छौँ । सिजनल फ्लू भनेर भन्छौँ नि हामीले नेपालमा वर्षमा दुई पटक आउँछ । सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण, भाइरसबाट हुने यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो की जस्तो लाग्छ । अझै पनि म कहाँ आउने बिरामीहरुलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन । म बुझाउन प्रयास गरिरहेको हुन्छु । यो लगाउनुपर्छ र भनेर बिरामीहरु कन्फ्युजनमा भएको पाउँछु । हेल्थ प्रोफेसनमात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ । संक्रमणको दर बढेको छ । इन्फ्लुएन्जा लागेर निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ । यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरुलाई अलिकति सुझाव हो । चाडपर्व शुरु भइसक्यो, अहिले डेंगु संक्रमितको संंख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला ? डेंगु संक्रमित हुनेहरुको संख्या बढेको छ । यसमा मुख्यतः लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ । लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनुहुँदैन । डेंगु लागिसकेपछि के गर्ने ? भन्नेकुरा आउँछ । डेंगु लाग्न नदिन आफ्नो तर्फबाट सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा दुई घण्टा अगाडी डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन् । त्यतिबेला आफूलाई जोगाउनुपर्छ । राती भन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरु लगाउने, बालबालीकाहरुलाई फुल बाउला भएका कपडाहरु लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरु प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ । यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ । रुखबिरुवा, झाडीहरु छन् भने काटेर सफा राख्ने । पुरानो टायरहरुमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ । ती पुराना टायरहरुलाई नष्ट गरिदिनुपर्छ । डेंगु सामान्य भाइरल ज्वरो हो । तर, यसमा सचेत हुनुपर्छ । आतंकित हुनुभएन । डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ । सामान्य लक्षण हुनेहरु त अस्पताल आउनु पनि हुँदैन । अहिले त जनचेतना अलिक बढेको छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरु एकदमै दुख्ने, हात गोडाहरुमा बिबिराहरु आउने, नाक, मुखबाट रगतहरु आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला । अन्तवार्ता स्रोत : न्यूज एजेन्सी नेपाल ।