चार पटक क्यान्सर लागेर बाँचेकी बबी, ‘आत्मबल अपरिहार्य’

काठमाडौं । कसैलाई क्यान्सर भयो भन्ने सुने मात्र सबैले भन्छन्- ‘बिचरा’ । क्यान्सर भएपछि अधिकांश मानिसको मृत्यु हुन्छ भन्ने विश्वास धेरैको हुने भएकोले पनि त्यो व्यक्तिप्रति त्यो किसिमको सहानुभूति प्रकट गर्छन् । तर, क्यान्सर हुँदैमा मान्छे मर्दैन । बेलैमा उपचार पायो भने क्यान्सर निको मात्र हैन व्यक्ति पूर्णरूपमा स्वस्थ हुन्छ । अहिले क्यान्सरलाई पूर्णरूपमा जितेकाहरू पनि धेरै छन् । उनीहरूको अनुभव एउटै छ कि क्यान्सर हुँदैमा मान्छे मर्दैन । तर, कमजोर मनोबलले मान्छेलाई मृत्युको मुखमा पुर्याउँछ । क्यान्सर एक पटक होइन, चार पटक लागेर निको भएकी बबी शाक्य पनि आजभोलि सबैलाई यस्तै सल्लाह दिन्छिन । ‘क्यान्सर लाग्दैमा अत्तिनु हुँदैन, आत्मबल बढाउनुपर्छ, यति भयो भने जस्तो रोगलाई पनि सजिलै जित्न सक्छौं,’ उनी भन्छिन् । अहिले बबीको काम नै क्यान्सरबाट पीडितहरूलाई हौसला दिने र आत्मबल बढाइदिने छ । उनी कहिले अस्पतालमै पुगेर, कहिले बिरामी भएकै ठाउँ पुगेर सल्लाह मात्र हैन सकेजति सबै सहयोग गर्छिन् । उनी साताको एक दिन बिहीवार ललितपुरको हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पतालमा पुगेर क्यान्सर लागेर किमोथेरापी गर्न आएका वा अप्रेशन गर्न आएकाहरूलाई आफ्नो कथा सुनाउँदै आत्मबल बढाउन सल्लाह दिन्छिन् । बबीले रोगबाट ग्रसित भएर वा डराएर बसेकाहरूलाई सल्लाह दिन थालेको ९ वर्ष भयो । क्यान्सर भएकाहरूलाई सहयोग र सल्लाह दिरहेकी बबीको आफ्नै कहानी छ । २८ वर्षको उमेरमा क्यान्सर रोगको आक्रमणमा परेकी बबी अहिले ५३ वर्षको भइन् । अहिले उनलाई क्यान्सर छैन । उनी पूर्णरूपमा स्वस्थ भइसकेकी छन् । उनलार्ई चारपटक क्यान्सर भएर निको भएको छ । यसरी भयो क्यान्सरको पहिचान ‘क्यान्सर- ‘नो एन्सर’ आजभन्दा २६ वर्ष पहिले यस्तै थियो । न नेपालमै चेकजाँच, न राम्रो उपचार, उपचार गराइहाल्न महँगो पनि उस्तै । सोही बेला भयो बबीलाई स्तन क्यान्सर । काठमाडौंको लाजिम्पाटकी बबी शाक्यको आजभन्दा २८ वर्ष पहिले काठमाडौं सीतापाइलाका रविन्द्र शाक्यसँग विवाह भयो । विवाह भएको केही वर्षपछि पेटमा बच्चा बस्यो । तर, समयमै अस्पताल जान नसक्दा पहिलो बच्चाको मृत्यु भयो । त्यसको केही वर्षपछि उनका दुई जुम्लाहा सन्तान जन्मे । एक छोरा, एक छोरी । दुईजना छोराछोरी स्वस्थ्य जन्मदा शाक्य दम्पतीमा खुसी छायो । प्रशस्त मात्रामा दवै जनालाई पुग्ने दुध आउँथ्यो । ८ महिनासम्म राम्रै थियो । ९ महिना पुग्दा बबीको स्तनमा परिर्वतन देखियो । दुध चुसाउँदा, नहाउँदा स्तनमा साह्रो गिर्खाजस्तै हातमा लाग्न थाल्यो । के भयो होला भन्ने कौतुहलता लाग्यो । बबीले सासु र श्रीमानसँग स्तनमा आएको गिर्खा बारे सुनाइन् । दुवै जनाले दुधकै गाठो परेको भन्दै सामान्यरूपमा लिए । तर, बबीलाई यो उत्तरले चित्त बुझेन । उनले माइती घरमा आमा र काकीलाई पनि समस्या सुनाइन् । उनीहरूले पनि सासु र श्रीमानको जस्तै उत्तर दिए । बबीलाई स्तनमा गिर्खा देखिएमा स्तन क्यान्सर हुनसक्छ भन्ने बारेमा अलि-अलि थाहा थियो । ‘सबैले मलाई दुधकै गाठो परेको होला भन्नुहुन्थ्यो । तर, मलाई मनमनै शंका लागि सकेको थियो, म चुप लागेर बसिनँ, बरु तुरुन्तै अस्पताल गएँ,’ विकासन्युजसँगको कुराकानीमा बबीले बबीले भनिन्, ‘शंका लाग्ने वित्तिकै म ओम अस्पतालमा गएँ ।’ ओम अस्पतालमा गएर जाँच गर्दा स्तन क्यान्सर भएको थाहा भयो । ‘सुरुमा त डाक्टरले पनि दुध जमेर गाँठो परेको होला भन्थे । तर, जाँच गर्दा क्यान्सर पनि थर्डस्टेपमा पुगिसकेको रहेछ,’ उनले अनुभव सुनाइन् । रिपोर्ट आउनै दुई महिना बबी चेकजाँच गरेर घर फर्किन् । तर, रिपोर्ट दुई महिनापछि आयो । त्यतिबेला रिपोर्टका लागि भारत पठाउनु पथ्र्याे । रिपोर्टमा क्यान्सर भएको देखियो । क्यान्सर भएपछि डाक्टरको सल्लाह अनुसार अप्रेसन गर्ने कुरा भयो । ९ महिनाको दुई बच्चालाई दुध चुसाउँदै आएकी बबीले बच्चालाई दुध नदिएर सुकाउनुपर्ने अवस्थ्या आयो । स्तनको अप्रेशनको लागि दुध सुकाउनु पथ्र्यो । ती दिन स्मरण गर्दै बबीले भनिन्, ‘बच्चा भोकले रुन्थे । तर, मैले दुध सुकाउने औषधी खाँदै थिएँ, त्यो बेला एउटी आमाको मनलाई कस्तो भयो होला,’ अप्रेसन अगाडि किमोथेरापी गर्नुपर्छ, त्यसका लागि बबीका श्रीमान भारत गए । दुई पटक किमो थेरापी ल्याएर आए । पटक–पटक भारत आएको देख्दा त्यहाँको एकजनाले भन्नु भएछ,’ ‘तपाईं यसकै लागि यहाँ कति आउनुहुन्छ, काठमाडौँ पनि यो पाइन्छ, अब तपाईं उतैबाट लिनुहोला भनेर सम्पर्क ठेगाना दिएपछि हामीले नेपालबाटै किमो र औषीधी किन्यौँ ।’ ‘अहिले एकै अस्पतालमा चेकअप हुन्छ, एकैछिनपछि रिपोर्ट आउँछ, औषधी एउटै अस्पतालमा पाउँछ, पहिलेको भन्दा अहिले धेरै फरक छ, रिपोर्ट आएको दुई महिनापछि एभरेष्ट नर्सिङ होममा अपे्रशन भयो, अपे्रसन सफल भयो,’ मुस्कुराउँदै उनले भनिन् । आफन्तको त्यो रुवाबासी क्यान्सर भएपछि बाँचिदैन भन्ने सोच अहिले पनि छ । त्यो बेला अझ बढी थियो । बबीलाई पनि आफ्नो यात्रा यतिसम्मै रहेछ भन्ने लाग्यो । उनले मन खिन्न बनाइन् । परिवारमा रुवाबासी चल्यो । भेट्न आउने आफन्तको ताँती लाग्यो । ‘कसैले कठै भर्खरको उमेरमा, बच्चाहरू सानै छन् भन्नुहुन्थ्यो, कोही रोएर जानुहुन्थ्यो, उहाँहरू मसँग यसरी बोल्नुहुन्थ्यो कि अब म आजसम्म मात्र यो दुनियाँमा छु लाग्थ्यो,’ विगत स्मरण गर्दै उनले भनिन् । भेट्न आउनेको ताँती र उनीहरूको कुरा सुन्दा बबीलाई पनि मनमनै डर लागिसकेको थियो । दिनहुँ श्रीमान र बच्चालाई हेर्दै रुन्थिन् । यसैगरी उनका दिन, महिना र वर्ष बिते । बबीलार्ई पहिलेको भन्दा निको हुँदै गयो । त्यसपछि आत्मबल बढ्यो । ‘सबैले बिचरा भनेर मेरो आत्मबललाई मारिसकेका थिए, मेरो बच्चाहरू भोक लागेर रुन्थे, मैले अब मेरो बच्चाको लागि भएपनि म बाँच्नुपर्छ भन्ने अठोट गरेँ, आत्मबल बढाएँ, म जसरी भए पनि बाँच्नुपर्छ भन्ने लाग्यो । र, आत्मबलले नै बाँचे, अहिले सम्म बाँचिरहेकी छु,’ उन्ले भनिन् । ९ वर्षपछि फेरि क्यान्सर अप्रेशन गरेको ९ वर्षसम्म ठिकै थियो । फेरि अर्को स्तनमा पनि पहिलेको जस्तै गिर्खा देखा प¥यो । त्यसपछि बबीले आफै योजना बनाइन् । उनले कसैलाई थाहा नदिएर अर्कोे स्तनको पनि अप्रेसन गरिन् । चितवनको भरतपुरमा रहेको क्यान्सर अस्पताल गएर उतै बसिन् । ६ महिनासँग कसैको सम्पर्कमा आइनन् । पहिलो पटक क्यान्सर भएका थाहा पाउँदा घरमा लाइन लाग्नेहरू दोस्रो पटक पनि क्यान्सर भएको थाहा पाउँदा त चिहान नै तयार पारिसक्छन् भन्ने उनलाई लाग्यो । दोस्रो पटकको क्यान्सरमा कसैलाई थाहा नदिई उनी चितवन अस्पतालमा बसिन् । ‘कसैले सोधे घुम्न गएका छन् भन्नु भनेर सासुआमालाई भनेँ, हामी दुवै जना अस्पताल गएर बस्यौँ, सबैको सम्पर्कबाट विच्छेद भयौं, ६ महिनापछि अप्रेशन गरेर काठमाडौं फर्कियौं,’ उनले दोस्रो पटकको क्यान्सरको अनुभव सुनाउँदै भनिन् । फेरि बोन क्यान्सर दोस्रो स्तन क्यान्सरको अप्रेसन गरेको एक वर्षपछि फेरि बोन क्यान्सर देखियो । दुई पटक क्यान्सर भएर सफल अप्रेसन गरिसकेकी बबीलाई पुनः क्यान्सर देखियो । ‘क्यान्सरसँग मेरो घमासान युद्ध चल्यो, एता देखिन्छ फाल्छु, उता देखिन्छ फाल्छु, फेरि पनि अप्रसेन गरेँ,’ ती दिन सम्झदै उनी भन्छिन, ‘दुवै स्तन फालिसक्दा पनि मैले सुख पाइन, फेरि क्यान्सर भयो ।’ उनले क्यान्सर भएकै कारण तीन पटक अप्रेसन गरिन् । अप्रेसन सफल पनि भयो । तीन पटकको क्यान्सर निको भएपछि फेरि छालामा क्यान्सर देखियो । उनले फेरि अप्रेसन गरिन् । सफल भयो । ‘मैले चार पटक क्यान्सरलाई जितेँ, अहिले क्यानसर फ्री छु, अब फेरि कुनदिन कहाँ देखा पर्छ थाहा छैन, नियमित चेकजाँच गराइरहेकी छु,’ उनी लामो श्वास फेर्दै भन्छिन्, ‘लामो समयसम्म नछोडेको क्यान्सरले अहिले छोडेको छ ।’ परिवारमै क्यान्सर चिकित्सकका अनुसार स्तन क्यान्सर अथवा क्यान्सरको मुख्य कारण वंशाणुगत हो । बबी परिवारमा पनि धेरै जसोको क्यान्सरकै कारण मृत्यु भएको छ । उनकी आमाको पनि पाठेघरको क्यान्सरले मृत्यु भएको थियो । उनका कान्छा काकाको तीन जना छोराको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । ‘परिवारमा कसैलाई ब्रेन ट्युमर, कसैलाई ब्लड क्यान्सर त कसैलाई पाठेघरको क्यान्सर देखिएको छ, मेरो पनि त्यही बंशाणुगत हुनुपर्छ, मैले पनि यसैको सिकार हुनुपर्यो, मेरा छोराछोरीको पनि अहिले नियमित चेकजाँच गराइरहेकी छु, अहिले सम्म सबैलाई ठिक छ,’ उनले भनिन् । त्यसपछि बाहिर आएँ चार-चार पटक चिरिएको शरिर र मैले बाँच्नुपर्छ भन्ने आत्मबिश्वासले बबीका दिनहरू बितिरहेका थिए । मनमा बाँच्छु भन्ने आत्मविश्वास छँदै थियो । तर, कहिलेकाँही परिवारको मायाबाटै कुन दिन अलग भइन्छ भन्ने पनि लाग्थ्यो । उनी चेकअपको लागि अस्पताल गइरहन्थिन् । पटक-पटक क्यान्सरसँग लडेर जितेकी उनलाई डाक्टर दिपकसुन्दर श्रेष्ठले अब घरभित्र होइन बाहिर आएर यही विषयमा काम गर्न सल्लाह दिए । डा. दिपकको साथी रिचाको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो । उनले साथीको नाममा एउट समुह बनाएर क्यान्सरबाट ग्रस्त भएकाहरूलाई सहयोग गर्ने काम गर्छ । दिपकले त्यही समूहमा आवद्ध भएर अरूलाई प्रेणा दिन आग्रह गरे । त्यसपछि बबी घर छोडेर बाहिर निस्कन थालिन् । अहिले उनी साथीहरूसँगै मिलेर क्यान्सरसँग लडिरहेका बिरामीहरूलाई आफ्नो कथा सुनाउँदै आत्मबल बढाउन सहयोग गरिरहेकी छन् । उनी रोगसँग लड्ने सबैभन्दा ठूलो हतियार आत्मविश्वास र मनोबल रहेको बताउँछिन् । ‘म रोइरहेको बेला मलाई कसैले तिमीलाई केही हुँदैन, निको हुन्छ भनेनन्, छोराछोरीको रुवाई सुनेर मैले म बाँच्नुपर्छ भन्ने विश्वास बनाएँ । र, म अहिलेसम्म बाँचेको छु ।’

पायोनियर कम्पनीका युवा सीईओ, ‘डिजिटल रुपान्तरण नै आइएमईको लक्ष्य’

  काठमाडौं । नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको छ आइएमई । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जिम्मेवारीमा यस कम्पनीको नेतृत्व गरिरहेका छन् खिलेन्द्र पौडेलले । उनले यो पद सम्हालेका २ वर्ष पुरा हुनै लाग्यो तर उनी यो कम्पनीमा आवद्ध भएको २ दशक नाघिसक्यो । दुई दशकदेखिको निरन्तरता खिलेन्द्र पौडेल भर्खरै ३९ वर्षका भए । उनी ३५ वर्षको उमेरमा कम्पनीको महाप्रबन्धक भएका थिए । सन् २००४ मा उनी आइएमई प्रवेश गरेका थिए । कम्पनीमा धेरै वर्ष वरिष्ठ प्रबन्धक, ४ वर्ष महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । यही क्रममा उनले स्मार्ट च्वाइस टेक्नोलोजी, आइएमई इन्डिया प्रा.लि., सनी सेक्युरिटीज, आइएमई डिजिटल जस्ता कम्पनीहरुमा बोर्ड अफ डाइरेक्टर भएर पनि काम गरिरहेका छन् । त्रिभुवन विश्व विद्यालयबाट फाइनान्समा स्नातकोत्तर गरेका पौडेलले हार्वर्ड केनेडी स्कूल, इन्डियन इस्टिच्यूट अफ म्यानेजमेन्ट अहमदावाद, ब्रिटिस काउन्सिल लगायत अब्बल शैक्षिक संस्थाहरुबाट प्रोफेशनल स्कील डेपलपमेन्ट ट्रेनिङहरु प्राप्त गरेका छन् । अध्ययन, तालिमसँगै उनी देश विदेश घुम्न औधी रुचाउँछन् । ‘नेपालका धेरै ठाउँमा पुगेको छु । २५ भन्दा बढी देशहरुमा कामकै सिलसिलामा बारम्बार पुग्ने र विदेशमै बसेर कामको अनुभव लिने मौका पाएको छु’ उनी भन्छन्- किताबी अध्ययन र समाजको अध्ययनले मान्छेलाई कुनै पनि विषयमा छिटो बुझ्न मद्दत गर्छ, साथै सिर्जनशील पनि बनाउँछ ।’ पायोनियर कम्पनी आइएमई नेपालको रेमिट्यान्स क्षेत्रको पायोनियर कम्पनी हो । शुरुवाती दिनदेखि नै आइएमई देशकै सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने कम्पनी पनि बन्न सफल भएको छ । पछिल्लो तथ्याङ्क हेर्ने हो भने औपचारिक माध्यमबाट नेपाल भित्रिने कूल रेमिट्यान्सको २२/२३ प्रतिशतको बजार हिस्सा आइएमईले ओगटेको छ । त्यतिमात्र हैन रेमिट्यान्स कम्पनीहरू मध्येबाट सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा पनि आइएमई लगातार सम्मानित हुँदै आएको छ । रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने आइएमईको लक्ष्य अनुसार नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्दै ७७ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखाहरु सहित ३५००० बढी एजेण्ट तथा सब-एजेण्टहरुका साथै २२५ भन्दा बढी आइएमई सेन्टरहरु मार्फत सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । दैनिक ७० हजारभन्दा धेरै नेपाली सेवाग्राहीहरुले आइएमईको सेवा लिइरहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल बताउँछन् । अन्तर्राष्ट्रिय साझेदारहरुसँगको सहकार्य मार्फत परम्परागत रेमिटेन्स कोरिडोरहरू लगायत संसारभरका अधिकांश श्रम गन्तव्यहरुबाट आइएमईले सेवा दिइरहेको उनले बताए । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई सञ्चालनमा आएको २३ वर्ष भएको छ । कम्पनी पुरानो भए पनि प्रविधिको प्रयोगमा अगाडि नै रहेको छ । ‘प्रविधिको बढ्दो प्रयोगलाई हामीले पनि आत्मसात गर्दै अघि बढिरहेका छौं । डिजिटल रेमिटेन्सको प्रवर्द्धनलाई नै हामीले अबको कार्यदिशा बनाएका छौं’ प्रमुख कार्यकारी अधिकृत पौडेल भन्छन्- ‘सोही प्रयास स्वरुप हामीले आइएमई पे मोबाइल वालेटलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरिरहेका छौं । अब सेवाग्राहीले आफु बसेकै स्थानबाट रियल टाइममा रेमिटेन्स पठाउन र प्राप्त गर्न सक्नु हुनेछ । यसबाट रेमिटेन्स पठाउन तथा प्राप्त गर्न मात्र हैन, डिजिटल भुक्तानी सम्बन्धी अन्य कारोबार गर्न पनि सहज हुने हामीले विश्वास लिएका छौं ।’ नेपालको पहिलो रेमिट्यान्स कम्पनी हो आइएमई लिमिटेड । र, देश विदेशमा सबैभन्दा ठूलो नेटवर्क भएको, सबैभन्दा धेरै सेवाग्राही भएको, सबैभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने र सरकारलाई पनि सबैभन्दा बढी कर बुझाउने रेमिट्यान्स कम्पनीको रुपमा स्थापित यस कम्पनीको नेतृत्व गरिरहेका छन् ३९ वर्षिय खिलेन्द्र पौडेलले । आइएमईले रेमिट्यान्सको आप्रवाहलाई सहज बनाउन, नागरिकमा वित्तीय पहुँच विस्तार गर्न, आफ्ना सेवाहरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाँउदै सुरक्षित र सहज सेवा विस्तारमा निरन्तर काम गरिरहेको छ । केही समय यता रेमिट्यान्स क्षेत्रमा पनि नयाँ नयाँ प्रयोगहरु भइरहेका छन् । खासगरि डिजिटल रूपान्तरण र पहुँचमा धेरै विकास भइसकेको छ । यसले केही अवसर र केही चुनौतीहरु सिर्जना गरेको छ । ‘प्रविधिको प्रयोगले हाम्रो जीवनशैलीमा ठूलै परिवर्तन ल्याइरहेको छ । ग्राहकको रोजाई, आवश्यकता तथा बजारको डाइनामिक्स परिवर्तन भइरहेको छ । समग्रमा, रेमिट्यान्स सेवा नयाँ चरणको रूपान्तरणको अवस्थामा छ । त्यसैले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजानु आजको आवश्यकता नै हो’ पौडेल आफ्नो भूमिकामा स्पष्ट छन् र भन्छन्- ‘हामीले पनि सोही अनुरुपनै काम गरिरहेका छौं । डिजिटल रूपान्तरण र फिनटेकको विकास र प्रयोगले रेमिट्यान्स सेवालाई कम खर्चिलो, सुरक्षित एवम् रियल टाइम बनाएको छ जसका कारण रकम पठाउन र प्राप्त गर्न निकै नै सहज भएको छ । लागत न्यूनिकरण भइरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । प्रविधिको प्रयोगकै कारणले धेरैभन्दा धेरै मानिसहरुमा बैंकिङ प्रणालीको सहज पहुँच पुग्न सकेको हो भन्ने लाग्छ ।’ प्रविधिको प्रयोगमा अवसरहरु सँगसँगै प्रशस्त चुनौतीहरु पनि उनले केलाइरहेका छन् । काविल व्यवस्थापकको महत्वपूर्ण जिम्मेवारी हो चुनौतिहरुको पहिचान गर्नु र सामनाको लागि तयार हुनु । उनी भन्छन्- ‘सुरक्षा तथा डेटा प्राइभेसी, अनाधिकृत पहुँच आदि प्रमुख चुनौती हुन जस्तो लाग्छ । त्यसैगरी नयाँ तथा स्थान अनुसारका फरक फरक नियमहरूको पालना, विनिमय दरको उतारचढाव र वित्तीय समावेशीकरणको सुनिश्चितता आदि पनि चुनौतीपूर्ण रहेका छन् । यद्यपि नियमन र प्रतिस्पर्धी मूल्य निर्धारणलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिले उपलब्ध गराएका सुविधाहरूलाई प्रभावकारी रूपमा नेभिगेट गर्न सकियो भने रेमिट्यान्स कम्पनीहरूको लागि पर्याप्त अवसरहरु उपलब्ध हुन्छन् भन्ने लाग्छ ।’ पूर्ण सुरक्षित, पूर्व बैधानिक कारोबारमा जोड रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता भएको र सोही अनुसार सुरक्षामा आवश्यक सम्पुर्ण उपकरणहरुलाई सिस्टममा इन्टिग्रेट गरिएको उनले बताए । ‘हामी कम्प्लाइन्समा कहिल्यै पनि कम्प्रमाइज गर्दैनौं । केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं’ उनी भन्छन्- ‘हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । हाम्रो आफ्नै आईटी टीम छ, आफ्नै सिस्टम छ । त्यस्तै, हामीले इन्टरनेशनल कम्प्लाइन्स सिस्टम चलाउँछौं जुन नेपालका बैङ्कहरुले पनि चलाउँछन् । दुरुस्त तथा अपडेटेड केवाईसी प्रक्रियाहरू, एएमएल नियमनको पूर्ण पालना, प्रतिबन्धहरू स्क्रिनिङ गर्ने, नियमितरुपमा कम्प्लायन्स अडिट, डाटा इन्क्रिप्सन र सुरक्षा प्रोटोकलहरू समावेश गरिएका छन् ।' रेमिट्यान्स कारोबारको शतप्रतिशत सुरक्षा र वैधानिकता हाम्रो पहिलो प्राथमिकता हो । हामी विश्वमा आएका नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं । ग्राहकको डाटा सुरक्षामा अत्यन्तै सचेत छौं । र, केन्द्रीय बैङ्क र नेपाल सरकारको नीति बाहेक कुनै पनि काम गर्दैनौं । नियामक निकायले दिने निर्देशनहरूलाई सधैँ उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने, कर्मचारीहरूलाई निरन्तररुपमा तालिम उपलब्ध गराउने, सेवाग्राहीहरूलाई पनि नयाँ नयाँ आउने नियमहरुको बारेमा सुसूचित गराउने तथा चुस्त सेवा, निरन्तर अनुगमन र सुरक्षाप्रतिको प्रतिबद्धताले नै आइएमईलाई देशकै नम्बर वान कम्पनी बन्न र निरन्तर नम्बर वानको ताज जोगाई राख्न सफल भएको उनी बताउँछन् । डिजिटल रुपान्तरण रेमिट्यान्स सेवामा सेवाग्राहीको प्राथमिकतामा उल्लेखनीय परिवर्तन भइरहेको देखिन्छ । डिजिटल च्यानलहरू लोकप्रिय भइरहेका छन् । डिजिटल प्रविधिको विकास, प्रयोग तथा प्रतिस्पर्धाले लागतलाई अझ कम गरिरहेको छ भने प्रतिस्पर्धा र पहुँचमा समेत सुधार भएको देख्न सकिन्छ । पारदर्शी तथा प्रतिस्पर्धी शुल्क निर्धारण हुने भएका कारण सेवाग्राहीहरूलाई कम लागतमै रेमिट्यान्स पठाउने तथा प्राप्त गर्ने अवस्था सृजना भएको छ । ‘डिजिटल रुपान्तरणकै कारण दुरदराजसम्म पनि वित्तीय पहुँच विस्तार भएको छ भने वित्तीय समावेशीकरणमा समेत उल्लेखनीय योगदान पुगेको हामी देख्न सक्छौं’ सीईओ पौडेलले भने । नयाँ रणनीति आइएमईको नेतृत्वले विगतको ट्रयाक रेकर्डलाई ध्यानमा राख्दै, उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलताका रणनीतिहरू बनाएको छ । उच्च प्रतिस्पर्धी रेमिट्यान्स बजारमा आइएमईको सफलता यसका सेवाग्राहीहरूले प्राप्त गरेको सेवा र त्यसले दिएको सन्तुष्टिमा निर्भर रहँदै आएको छ । वित्तीय क्षेत्रमा उपलब्ध प्रविधिलाई सकेसम्म छिटो ग्रहण गर्ने तथा पहुँच विस्तार गर्न रणनीतिक साझेदारीमा ध्यान दिएको छ । प्रतिस्पर्धी मूल्य निर्धारण, विश्वव्यापी नेटवर्क र समय सापेक्ष हाम्रा सेवाहरूमा गरिने सुधार तथा अपडेटहरूले आइएमईलाई सधैँ विश्वासिलो र भरपर्दो रेमिट्यान्स कम्पनीको रुपमा स्थापित गरेको छ । ‘हामी प्रोफिट मोटिभ मात्र नभएर सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आइरहेका छौं । अभिभावकबिहीन बालबालिकालाई शिक्षा, विभिन्न दैवी तथा प्राकृतिक प्रकोपका बेलामा उपलब्ध गराइने सहयोग लगायतका अन्य सामाजिक कार्यमा भएको संलग्नताले हामीलाई समस्त ग्राहकहरुको सामीप्यतामा ल्याएको छ र अरुभन्दा फरक पहिचान बनाउन मद्दत गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने । छिट्टै सेयर निष्काशन शुरुमा प्राइभेट लिमिटेड स्वरुपमा सञ्चालनमा आएको आइएमई कम्पनी ठूलो हुँदै गर्दा पब्लिक कम्पनीमा रुपान्तरित भयो । आइएमईले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्दै छ । ‘आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेका छौं । अब सेबोनबाट अनुमति प्राप्त गर्ने बित्तिकै सेयर निष्कासन गर्नेछौं,’ उनले भने ।   प्रविधि र शैलीमा परिवर्तन प्रविधिको विकाससँगै रेमिट्यान्स सेवामा पनि धेरै परिवर्तनहरु देखापरिरहेका छन् । वित्तीय कारोबारको परम्परागत शैली परिवर्तन भएका छन् । डिजिटाइजेसनको प्रभाव समग्र प्रणालीमा नै परेको छ । यसै सन्दर्भमा संसारभरमा विकास भएका अत्याधुनिक प्रविधिलाई एडप्ट गर्दै अनलाइन र मोबाइल प्लेटफर्महरूलाई अझ प्रभावकारी बनाउँदै लगिनेछ । रेमिट्यान्स पठाउने र प्राप्त गर्ने सहज र सुरक्षित तरिका प्रदान गर्ने कार्यमा नेतृत्वदायी भूमिका आइएमईले खेल्नेछ । नियामक मापदण्डहरूको पालना गर्दै छिटो र कम लागतमा क्रस-बोर्डर मनि ट्रान्सफर सेवा प्रदान गर्न प्रतिबद्ध छौं । आगामी दिनमा वित्तीय पहुँच विस्तारमा स्थानीय साझेदारहरूसँग सहकार्य गर्दै, सेवा नपुगेका र दुर्गम क्षेत्रहरूमा हाम्रा सेवाहरू अझ प्रभावकारी ढंगले विस्तार गर्ने लक्ष्य राखेका छौं । पछिल्लो समय युरोप अमेरिकालगायतका धेरै देशहरु नेपालीहरूको श्रम तथा बसोबासको गन्तव्य बनिरहेको छ । यस्ता श्रम स्वीकृति प्राप्त भएका नयाँ गन्तव्य मुलुकहरुमा पनि सहज सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौं । समग्रमा सुरक्षित तथा गुणस्तरीय सेवा, पारदर्शी लागत, रियलटाइम कारोबार तथा रेमिट्यान्स सेवाको डिजिटल रुपान्तरण नै आइएमईको आगामी लक्ष्य तथा कार्यदिशा हुनेछन् । (देशविकासबाट)  बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’  शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’ अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’ पैसा गौण, काम सर्वोपरि अग्रणी चिकित्सक, अब्बल व्यवस्थापक

गुरुङ्ग, राणा, मुरारका कुमारी बैंकका व्यावसायिक साझेदार

काठमाडौं । कुमारी बैंकमा २२ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । साविक कुमारी बैंक र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक मर्जरपश्चात् बैंकका सेयरधनीहरूको संख्या २२ जना पुगेका हुन् । साविक कुमारी बैंकबाट १५ सेयरधनी र साविक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंकबाट ७ जना गरी २२ जना सेयरधनीहरूको सबैभन्दा ठूलो सेयर रहेको हो । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व कर्मचारी संचय कोषको २.९६ प्रतिशत अर्थात् ७७ लाख ५३ हजार २३९ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, अमिर प्रताप जबराको २.०२ प्रतिशत अर्थात् ५२ लाख ९० हजार ५८१ कित्ता, नागरिक लगानी कोषको १.७१ प्रतिशत अर्थात् ४४ लाख ८९ हजार १७२ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको १.३९ प्रतिशत अर्थात् ३६ लाख ५२ हजार ९३१ कित्ता, जानकी कुमारी जबरा राणा शाहीको १.३० प्रतिशत अर्थात् ३४ लाख ६ हजार ९२६ कित्ता, साबित्री गुरुङ्गको १.२४ प्रतिशत अर्थात् ३२ लाख ३९ हजार ६८५ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १.०८ प्रतिशत अर्थात् २८ लाख ३७ हजार ६२१ कित्ता, सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत अर्थात् २४ लाख ९३ हजार ८६६ कित्ता, बिमला देवी अग्रवालको ०.९५ प्रतिशत अर्थात् २४ लाख ८५ हजार ३३४ कित्ता, विरेन्द्र कुमार साहको ०.९१ प्रतिशत अर्थात् २३ लाख ८७ हजार २५८ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, एनबी ग्रुप नेपालको ०.७४ प्रतिशत अर्थात् १९ लाख ५० हजार ९४४ कित्ता, पशुपति मुरारकाको ०.६७ प्रतिशत अर्थात् १७ लाख ५७ हजार ३१८ कित्ता, गौरी श्रेष्ठको ०.६२ प्रतिशत अर्थात् १६ लाख ३२ हजार ९९० कित्ता, जगन्नाथ ज्ञवालीको ०.६० प्रतिशत अर्थात् १५ लाख ७९ हजार ३९९ कित्ता, मिन बहादुर गुरुङ्गको ०.६० प्रतिशत अर्थात् १५ लाख ७१ हजार ३६२ कित्ता सेयर स्वामित्व छ । यस्तै, ओम प्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् १५ लाख ६८ हजार ७३ कित्ता, नारायण प्रसाद श्रेष्ठको ०.५९ प्रतिशत अर्थात् १५ लाख ४४ हजार ३६० कित्ता, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत अर्थात् १४ लाख ९५ हजार ३२६ कित्ता, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १४ लाख ४२ हजार ८११ कित्ता, अनुपमा राठीको ०.५५ प्रतिशत अर्थात् १४ लाख ३२ हजार ३३५ कित्ता, राजन प्रसाद अमात्यको ०.५३ प्रतिशत अर्थात् १३ लाख ९४ हजार ८० कित्ता र नबिन अग्रवालको ०.५२ प्रतिशत अर्थात् १३ लाख ७१ हजार ७०६ कित्ता सेयर स्वामित्व रहेको छ ।