घरजग्गा कारोबारको हब बने धनगढी, पोखरा र विराटनगर
काठमाडाैं । पछिल्लो समय काठमाडौं उपत्यका बाहिरका सहरहरुमा पनि घरजग्गा कारोबारले तीव्रता पाउन थालेको छ । कोरोना महामारीपछि सुस्ताएको अर्थतन्त्रले सिथिल बनेको घरजग्गा कारोबार अहिले पुनः पुरानै लयमा फर्कने प्रयास गरिरहेको छ । पछिल्ला तथ्यांकहरूले काठमाडौं बाहिरका सहरहरुमा पनि घरजग्गा कारोबार बढ्न थालेको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि प्रतिवेदनमा विभिन्न प्रदेशका राजधानीमा घरजग्गा कारोबार देखिएको छ । पछिल्लो समय मुख्य गरेर सुदूरपश्चिमको कैलाली, गण्डकीको पोखरा र कोसी प्रदेशको विराटनगर घरजग्गा कारोबारको केन्द्र बनिरहेका छन् । तथ्यांक ती ठाउँमा घरजग्गा कारोबार बढेको देखिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेश आर्थिक गतिविधि अर्धवार्षिक प्रतिवेदनका अनुसार सुदूरपश्चिम प्रदेशमा समीक्षा अवधिमा समग्र घरजग्गा रजिष्ट्रेशन संख्या १९.८६ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा सो संख्या ३८.९५ प्रतिशतले घटेको थियो । यसैगरी, घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ३.३५ प्रतिशतले वृद्धि भई ३१ करोड ३६ लाख रुपैयाँ भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्व संकलन ५९.४२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या १४.७७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा घर/भवन नक्सा पास संख्या २७.७३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कैलाली जिल्लामा सबैभन्दा बढी ५२७ वटा घर/भवन नक्सा पास भएका छन् भने बैतडी र डोटी जिल्लामा घर/भवन नक्सा पास भएको छैन । समीक्षा अवधीमा कर्णाली प्रदेशमा घरजग्गा रजिष्ट्रेशेन संख्या ६ हजार ९४० पुगेको छ । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या १.९६ प्रतिशतले वृद्धि भई ५१९ पुगेको छ । गत अवधिमा त्यस्तो नक्सा पास संख्यामा २७.१८ प्रतिशतले कमी आएको थियो । त्यसैगरी, समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व गत अवधिको तुलनामा १०.३७ प्रतिशतले वृद्धि भई ११ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ । यस्तै, समीक्षा अवधिमा गण्डकी प्रदेशमा रहेका महानगर/नगरपालिकाहरूबाट स्वीकृत घर/जग्गा रजिष्ट्रेशन संख्यामा २६.३९ प्रतिशतले वृद्धि भई १५ हजार ५ सय ८५ रहेको छ भने नक्सा पास संख्यामा ३४.७२ प्रतिशतले कमी आई ६ सय ९२ रहेको छ । घर जग्गा रजिष्ट्रेशन वापतको राजस्व गत वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई ७८ करोड ७५ लाख रुपैयाँ सङ्कलन भएको छ । तथ्यांकअनुसार सबैभन्दा बढी घरजग्गा कारोबार कास्की पोखरामा भएको छ । मधेश प्रदेशमा समीक्षा अवधिमा मधेश प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्यामा ३.२० प्रतिशतले वृद्धि भई ४४ हजार ६ सय ५२ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्यामा ५१.७२ प्रतिशतले वृद्धि भएकोथियो । समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेशन राजस्वमा ०.००४ प्रतिशतले घट्न गइ ९६ करोड २४ लाख रुपैयाँ राजश्व संकलन भएकोछ । गत वर्षको सोही अवधिमा यस्तो रकम ९६ करोड २५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा घर/भवन स्थायी नक्शा पास संख्या १०.२७ प्रतिशतले घटेर १ हजार ८ सय ३४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या २ हजार ४४ रहेको थियो । जग्गामा अधिक लगानी तथा कृषि योग्य जग्गाको कित्ताकाट भई रहेकोले जग्गाको वर्गीकरणपश्चात्मात्रै कित्ताकाट गर्ने भनी कित्ताकाटमा रोक लगाएकोले घरजग्गा रजिष्ट्रेशन संख्या तथा घरजग्गा रजिष्ट्रेशन राजस्वमा कमी आएको प्रतिवदनमा उल्लेख छ । कोसीमा समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा रजिष्ट्रेसन संख्या ३२.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या ५५.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन वापतको राजस्वमा १६.१ प्रतिशतले वृद्धि भई १ अर्ब १९ करोड रुपैयाँ राजस्व परिचालन भएको छ । गत वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ राजस्व परिचालन भएको थियो । समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्या ६.७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो । कोसीको राजधानी विराटनगर हो । विराटनगर पनि घरजग्गा कारोबारीको नजरमा परेको सहर हो । गत वर्ष सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरी जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गर्नुपर्ने व्यवस्था लागु गरेपश्चात् ठूला क्षेत्रफल भएका जग्गाहरुको वर्गीकरण र कित्ताकाटमा लागेको बन्देज समीक्षा अवधिमा खुल्ला गरेका कारणले घरजग्गा कारोबारमा वृद्धि भई घरजग्गा रजिष्ट्रेसन संख्या र राजस्व रकम दुवै बढेको प्रतिवेदनमा उल्लेख छ ।
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज
काठमाडौं । एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुची र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यवहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आम विद्यार्थीको रोजाई परेको हो । अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषय पढाई हुने यो संकाय अधिकांश उच्च मावि र कलेजहरुमा छ । केही समय अघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर पछिल्लो समयमा म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा छ । म्यानेजमेन्ट अध्ययनका लागि काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट एउटा सफल र उदाहरणीय ब्राण्डका रुपमा स्थापित कलेज हो । जसले गत वर्षमात्रै उत्कृष्ट म्यानेजमेन्ट कलेजको अवार्ड समेत पाएको छ । व्यवस्थापन विषय अध्ययनका लागि नेपालको एकमात्रै उत्कृष्ट कलेजका रुपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा सम्पूर्ण रुपमा व्यवस्थापन संकायमा केन्द्रित छ । यहाँ अन्य विषयको अध्ययन नभई व्यवस्थापनमा मात्रै ध्यान केन्द्रित हुने भएकाले यो विषय अध्ययनका लागि उपयुक्त गन्तव्य बन्नसक्छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता मात्रै हासिल गरेको छैन, यसले एक्काइसौं शताब्दीको मागअनुसार विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार पार्दै आएको छ । यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टका विशेषताहरू ग्लोबल कलेज अफ म्यानेजमेन्ट वि.सं. २०६२ सालमा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको कलेज हो । यो कलेजमा अरु विषय अध्यापन हुँदैन र सम्पूर्ण रुपमा म्यानेजमेन्ट विषयमा नै फोकस हुन्छ । त्यसैले यहाँ अध्ययन गरेका विद्यार्थी म्यानेजमेन्ट संकायमा पोख्त भएर निस्किन्छन् । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को-अर्डिनेटरको सम्पूर्ण ध्यान म्यानेजमेन्ट पढ्ने विद्यार्थीले पाउँछ । त्यसैले ग्लोबल कलेज साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाई हुने अरु कलेजभन्दा भिन्न छ । साइन्स र म्यानेजमेन्टसँगै भयो भने कलेजको सम्पूर्ण फोकस विज्ञानले पाउँछ । साइन्सबाट डाक्टर, इन्जिनियर, नर्स, फार्मेसीजस्ता क्षेत्रमा जान पाइन्छ भन्ने भएकाले कलेज र विद्यार्थीको पनि सम्पूर्ण फोकस साइन्समा जान्छ र व्यवस्थापन कम ध्यान हुन्छ । त्यो खालको डोमिनेसन, डिस्क्रिमिनेसन र सेग्रिगेसन ग्लोबल कलेज अफ म्यानेजमेन्टमा हुँदैन । किनकि यो पूर्ण रुपमा म्यानेजमेन्ट कलेज हो र सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ । साइन्समा कलेज टपर, बोर्ड टपर वा जतिसुकै राम्रो अंक ल्याए पनि जबसम्म मेडिकल र इन्जिनियरिङमा नाम निस्किदैन, तबसम्म भ्यालुएड नै हुँदैन । तर यही कुरा म्यानेजमेन्टमा लागू हुँदैन । एउटा विद्यार्थीले कलेजमा ४५ मिनेटका ५ वटा कक्षा पढ्छ । यो भनेको करिब ४ घन्टा हो । सोही अनुसार उसले १ देखि ३ घन्टा घरमा मेहनत गर्यो भने ग्लोबल कलेजमा पढेको एभरेज विद्यार्थीले ८० प्रतिशतभन्दा बढी अंक ल्याउँछ । उसले दिनमा ७ घन्टा नै सुत्यो भने पनि उसँग दिनमा अझै १० घन्टा समय बाँकी रहन्छ । जुन समय उसले करियर डेभलपमेन्ट, पर्सनालिटी डेभलपमेन्ट, नेतृत्व क्षमता विकास, मोटिभेटिङ क्वालिटी डेभलपमेन्ट, समूहमा काम गर्ने सिक्नेजस्ता क्षेत्रमा लगाउन सक्छ । त्यसका लागि ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति पनि अवसर छन् । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति एस्ट्रा करिकुलर एक्टिभिटी र को-करिकुलर एक्टिभिटी हुन्छ, त्यो अरु कलेजको तुलनामा असाध्यै धेरै हुन्छन् । जसमा कलेजले पूर्ण रुपमा सपोर्ट र सहयोग गर्छ । यसले विद्यार्थीको होलिस्टिक डेभलपमेन्टका लागि सहयोग पुग्छ । यसरी सबै क्षेत्रमा पोख्त भएका विद्यार्थीलाई उच्च शिक्षाका लागि नेपालमा मात्रै होइन, संसारका कुनै पनि कलेजले रोक्दैन । कुनै कलेजले वेलकम, फेरवेल, सांगीतिक र सांस्कृतिक कार्यक्रम, आर्ट, पब्लिक स्पिकिङजस्ता कार्यक्रम गर्नसक्छ । तर ग्लोबल कलेज अफ म्यानेजमेन्टमा गत वर्ष २०८० मा मात्रै ९६ वटा अतिरिक्त कार्यक्रम भएका छन् । अर्को सबैभन्दा बलियो पक्ष भनेकै यहाँका अनुभवी शिक्षकहरु हुन् । यहाँ जो पायो त्यही शिक्षकले पढाउदैन । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्यापनका लागि पहिलो शर्त भनेकै मास्टर्समा प्रथम श्रेणीमा उत्तीर्ण गरेकै हुनुपर्छ । धेरै शिक्षकहरु सम्बन्धित विषयमा ‘गोल्ड मेडल’ प्राप्त गरेका छन् । कुनै कलेजमा ५ वर्ष अध्यापनको अनुभव नभएका शिक्षकहरु ग्लोबल कलेजमा पढाउन योग्य हुँदैनन् । यसको अर्थ यहाँ पढाउने शिक्षकहरु अनुभवी छन् । जो विद्यार्थी ११-१२ कक्षा अध्ययनका लागि आउँछन्, उनीहरु आफैंले शिक्षकको मूल्यांकन गर्न पाउने व्यवस्था यो कलेजमा छ । यदी कुनै शिक्षकबारे विद्यार्थीबाट बारम्बार गुनासो आयो भने शिक्षक नै हट्ने सम्भावना पनि हुन्छ । यसबाट शिक्षक सधैं विद्यार्थीप्रति उत्तरदायी हुन्छन् । अर्को कुरा शिक्षक र विद्यार्थीबीच फ्रेन्ड्ली सम्बन्ध हुन्छ भने शिक्षक अहिलेको जेनेरेसन र प्रविधिसँग अपडेटेड हुनैपर्छ । भन्दा र सुन्दा यो कुरा अनौठो लागे पनि यसले विद्यार्थीलाई नै सहयोग पुग्छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ६ वटा विषयमा पढाई हुन्छ । ती सबै किताबका लेखकहरु यो कलेजमा पढाउछन् । अरु माथिल्लो लेभलका किताबका लेखक पनि यो कलेजमा शिक्षक छन् । त्यसैले ७ घन्टा पढ्दा त्यसै ८० प्रतिशत आउने होइन, कलेजसँग राम्रो ब्याकअप छ । ग्लोबल कलेजमा एउटा यस्तो सिस्टम छ, जसले यहाँ आएको कुनै विद्यार्थी फेल हुनै पाउँदैन र फेल हुँदैन । शतप्रतिशत पास हुन्छ, त्यसको सम्पूणर् जिम्मा कलेजले नै लिन्छ । शिक्षकहरुले यहाँ नियुक्ति लिँदै गर्दा नै सबै विद्यार्थीलाई पास गराउने प्रतिबद्धता जनाएका हुन्छन् । त्यसका लागि यहाँका शिक्षकले पनि अन्य कलेजमा भन्दा दुई/तीन/चार गुणा बढी सेवा सुविधा प्राप्त गर्छन् । शिक्षकले हरेक साताभरमा पढाएको कुरालाई होमवर्क दिनैपर्छ र चेक गर्नुपर्छ । जुन कुरा कलेजको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एमआईएस) मा अपलोड गर्नुपर्छ । जसमा शिक्षकले विद्यार्थीले गरेको छ भने सी अर्थात कम्प्लिक्ट लेख्छन् । पूरा गरेको छैन वा फेरि गर्नुपर्नेछ भने आर र बुझाएकै छैन भने ‘नट सबमिटेड’ भनेर लेखिन्छ । यस्ता विद्यार्थीलाई प्रोग्राम डाइरेक्टर, को-अर्डिनेटरले प्रोजेक्ट नबुझाउनुको कारण सोध्छन् । अरु कुनै समस्या भयो वा पढेको जानेको छैन भने बिहान पढ्नेलाई दिनभर र दिउँसो पढ्ने छ भने बिहानदेखि नै बोलाएर थप मेहनत गराउँछन् । यसले विद्यार्थीलाई केही कडाई गरेको हो कि भन्ने फिल हुनसक्छ । तर यसले विद्यार्थीलाई नै पर्फेक्ट बनाउँछ । यहाँको कलेजको भवन, कक्षाकोठा, पुस्तकालय, क्यान्टिन, सेमिनार हलदेखि जति पनि स्रोतसाधन छन्, ति सबै कलेजको लागि नै डिजाइन गरिएका छन् र विद्यार्थी केन्द्रित, विद्यार्थीको शिक्षण सिकाईमा सहयोग पुग्ने खालका छन् । भवनका प्रत्येक तलामा एक पटकमा १२ देखि १४ जनाले प्रयोग गर्नसक्ने शौचालय छ । विद्यार्थीलाई कक्षा चलिरहेको समयमा बिचमै बाहिर जानुपर्यो भने २ मिनेटमा फर्किएर आउन सक्छ । जसले गर्दा उसको कक्षा छुट्दैन । यो एक दिनको कुरा होइन, दुई वर्षको कुरा हो । हरेक हेड अफ डिपार्टमेन्टका अलग अलग क्याबिन छन् । जहाँ विद्यार्थी र हेड अफ डिपार्टमेन्टबीच व्यक्तिगत रुपमा छलफल गर्न पाउँछन् । पढाएर सकेपछि पनि शिक्षकहरु २ घन्टा बस्ने भएकाले नबुझेको कुरा विद्यार्थीले त्यही आएर पनि सोध्न पाउँछन् । यहाँ भएका सुविधाहरुलाई उपयोग गर्न सक्यो भनेमात्रै पनि धेरै कुरा सिक्न सकिन्छ । यो कलेजमा भर्ना भएको हरेक विद्यार्थीले ग्रुपको अघि माइक समातेर कुनै विषयमा बोल्नैपर्छ । यसले उसको भाषिकदेखि वाक्कलामा निपूर्ण हुन्छ । तिनै विद्यार्थी कलेजका क्लबमा सामेल हुन्छन् र त्यसमार्फत अनेकौं अतिरिक्त क्रियाकलापमा सामेल हुन्छन् । यस्ता क्रियाकलापका लागि ६ वटा क्लबहरुलाई कलेजले सहयोग गर्छ । यहाँका एभजेज कलेजहरुले काठमाडौंका धेरै कलेजहरुमा नेतृत्वदायी भूमिका खेल्न सक्छन् भने उत्कृष्ट विद्यार्थीमध्ये धेरैले विदेशमा अध्ययनका राम्रा अवसरहरु प्राप्त गरेका छन् । ग्लोबलबाट बाहिर निस्किदा कुनै पनि विद्यार्थीले एउटा बलियो शैक्षिक प्रमाणपत्र र बोल्डनेस, कन्फिडेन्स बोकेर जानसक्छ । छात्रवृत्तिको व्यवस्था ग्लोबल कलेज अफ म्यानेजमेन्टमा महानगरबाट आउने १० प्रतिशत विद्यार्थीले अनिवार्य रुपमा छात्रवृत्ति प्राप्त गर्छन् । यहाँ पढ्न आउने कुनै पनि विद्यार्थी छात्रवृत्ति बिना पढेको छैन भन्दा पनि हुन्छ । किनभने हरेक विद्यार्थीले जीपीएका आधारमा छात्रवृत्ति पाउँछ । विद्यार्थी कलेजमा भर्नाका लागि आउँदा इन्ट्रान्स परीक्षा दिन्छ । जसमा राम्रो गर्न सकेमा एसईईको जीपीएलाई समेत हेरेर छात्रवृत्ति प्रदान गरिन्छ । जीपीए २.८ भन्दा कम जीपीए ल्याएको छ भने पनि इन्ट्रान्समा नाम निकाले पढ्न पाउँछ । इन्ट्रान्समा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुले कलेजमा तिर्ने वार्षिक शुल्क असाध्यै नगन्य हुन्छ । अतिरिक्त क्रियाकलापको व्यवस्था ग्लोबल कलेज अफ म्यानेजमेन्ट अतिरिक्त शैक्षिक क्रियाकलापको असाध्यै धेरै अवसरहरु छन् । यहाँ रहेका म्युजिक क्लब, सोसल क्लब, ग्लोबल डिबेड क्लब, लिटरेरी क्लबलगायत ६ वटा क्लबहरु कलेजका अतिरिक्त क्रियाकलाप सञ्चालनमा सक्रिय छन् । जसले कलेजका हरेक कार्यक्रमको नेतृत्व गर्छन् । यो म्यानेजमेन्ट कलेज भएका कारण यो कलेजबाट उत्पादन हुने विद्यार्थी पनि म्यानेजरहरु नै हुन् । कलेजका ईसीए/सीसीए को-आर्डिनेटर जय गौडेलका अनुसार उनीहरु भोलिका दिनमा कुनै कुनै संस्था चलाउदा पनि त्यसको व्यवस्थापन गर्नसक्ने, डिल गर्नसक्ने, बोल्न सक्ने, प्रोपोजलको निर्माण गर्नेजस्ता क्रियाकलापमा पोख्त हुन सक्छन् । त्यसैले अतिरिक्त क्रियाकलाप पनि सोही अनुसार क्लबहरुले सञ्चालन गर्छन् । हरेक वर्ष आउने नयाँ विद्यार्थीले पनि क्लबहरुलाई उस्तै गतिमा हाँकिरहेका छन् भने यीनै क्लबबाट विभिन्न सामाजिक कार्यहरु समेत गरिरहेका छन् । कतिपय ठूलो कार्यक्रम गर्नका लागि कलेजले सहयोग गर्छ भने कतिपय स्पोन्सरसिपका लागि कलेजले सामान्य कुराकानी गरिदिन्छ । तर त्यहाँ प्रोपोजल लेखेर सहयोग ल्याउने काम विद्यार्थी आफैंले गरिरहेका छन् । पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरुलाई यीनै क्लबका विद्यार्थीले बोलाएर कार्यक्रम गर्न सक्छन् । कलेजमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, डा.बाबुराम भट्टराई, गगन थापाजस्ता नेताहरु बोलाएर विद्यार्थीले कार्यक्रम गरेका छन् । यो आफैंमा ठूलो एक्सपोजर हो । यसैगरी विषयको प्रकृतिअनुसार इन्डस्ट्रीयल क्षेत्रदेखि आईटी पार्क, एक्स्पोहरुमा, ठूला कार्यालयहरु आदिको भ्रमण गरी कसरी चलिरहेका छन् र कसरी व्यवस्थापन भएको छ भन्नेबारेमा अध्ययन गराइन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीलाई कुनै फाइभस्टार होटलको भ्रमण गराइन्छ । कलेजमा खेलकुदका लागि ४ वटा बास्केटबल कोर्टदेखि फुटसलको व्यवस्था छ । जसको विद्यार्थीले आफ्नो समयअनुसार उपयोग गर्न सक्छन् । म्यानेजमेन्ट कस्तो विषय हो ? म्यानेजमेन्ट आजको अपरिहार्य विषय हो । किनकि यसको कुनै सीमा वा दायरा भन्ने हुँदैन । आफूदेखि समाज, संस्था र राष्ट्रलाई अघि बढाउन म्यानेजमेन्टको आवश्यकता छ । जुन सोचको बिचारोपण यही म्यानेजमेन्ट विषयबाट नै हुन्छ । त्यसैले यो एउटा गहकिलो तथा मल्टिडिसिप्लेनरी पनि हो । उद्यमशीलता र व्यवसायको सञ्चालनका लागि म्यानेजमेन्टका विद्यार्थी आवश्यक छ । म्यानेजमेन्ट भन्नाले फाइनान्सियल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र मार्केटिङ म्यानेजमेन्टजस्ता विषयमात्रै हुन् भन्ने बुझाई छ । तर प्रोजेक्ट म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, लजिस्टिक म्यानेजमेन्ट, टेक्नोलोजी म्यानेजमेन्ट, सोसिएल म्यानेजमेन्टजस्ता कुरा पनि यसैभित्र पर्छन् । यसैबाट सफल उद्यमी तथा कुशल व्यवस्थापक जन्मिन सक्छन् ।
सेबोन अध्यक्ष प्रकरण : सन्तोष नारायणको पक्षमा आदेश, पुरानै प्रक्रियामा अगाडि बढ्नुपर्ने
काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्टलिष्टमा परेका सन्तोष नारायण श्रेष्ठले सोमबार प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्द रिट दायर गरेका थिए । त्यसमा अल्पकालीन अन्तरिम आदेश दिँदै अदालतले प्रक्रिया रद्द नगर्न भनेको हो । श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अध्यक्ष छनोट समितिले पाँचै जना अन्तार्वार्तामा नआएपछि प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो । सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणका लागि उपस्थित भएका थिए । तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्तामा अनुपस्थित थिए । त्यसपछि सरकारले प्रक्रिया नै रद्द गरेकाे थियाे । प्रक्रिया रद्द गरेर सरकारले पुरानै सदस्यहरू राखेर पुनः नयाँ समितिमार्फत् प्रक्रिया थालिसकेको छ । अब पुरानै प्रक्रियाबाट अगाडि बढ्नु पर्ने भएको छ ।