विद्युत प्राधिकरणको नाफा ह्वात्तै घट्यो, साढे १४ अर्बबाट कसरी झर्यो ९ अर्बमा ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा एक अर्ब ४६ करोड रुपैयाँले घटेको छ । प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार प्राधिकरणको अघिल्लो आर्थिक वर्षको तुलनामा सो नाफा घटेको हो । गत आव २०८१/८२ मा ९ अर्ब ७ करोड बराबर नाफा गरेको तथ्यांकमा उल्लेख छ । जुन अघिल्लो आवको तुलनामा १३.८६ प्रतिशत कम हो । अघिल्लो आव २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा गरेको उल्लेख गरिएको छ । तर, नेपाल विद्युत प्राधिकरणबाट बाहिरिँदा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । उनले सो अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको सार्वजनिक गरेका थिए । यस्ताे थियाे कुलमानले सार्वजनिक गरेकाे तथ्यांक आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ । घिसिङले आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको तथ्यांक सार्वजनिक गरेका थिए । तर, वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सो आवमा १० अर्ब ५३ करोड रुपैयाँमात्रै नाफा गरेको देखाएका छन् । प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त भएपछि शाक्यले श्वेतपत्र पनि जारी गरेका थिए । उनले श्वेतपत्रमार्फत प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाएका थिए । निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले ४७ अर्ब सञ्चित नाफा र चालु आवको ६ महिनासम्म ११ अर्ब बढी नाफा रहेको वित्तीय विवरण सार्वजनिक गरेको भए पनि शाक्यले भने प्राधिकरण नोक्सानमा रहेको तथ्यांक सार्वजनिक गरेका थिए । श्वेतपत्रमा आव २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख थियो भने गत आव २०८१/८२ को फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा रहेको श्वेतपत्रमा उल्लेख थियो । शाक्यले श्वेतपत्र मार्फत नै फागुनसम्म प्राधिकरण ९ अर्ब ४८ करोड रुपैयाँ खुद नाफामा रहेको देखाए पनि असार मसान्तसम्म भने ९ अर्ब ७ करोड रुपैयाँ मात्रै रहेको उल्लेख गरेका छन् । यसले उनी प्राधिकरणको नेतृत्वमा आएपछि नाफा झन घटेको बुझ्न सकिन्छ ।
भदौमा थप घट्यो बैंकको ब्याजदर, १३ बैंकले स्थिर राख्दा संस्थागतको २.७५ प्रतिशतमा झर्याे
काठमाडौं । वाणिज्य बैंकहरुको भदौमा पनि ब्याजदर घटेको छ । भदौ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । भदौ महिनाका लागि बैंकहरुको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२० प्रतिशत घटेर औसत ५.५८ प्रपतशतमा झरेको छ । जबकी साउनमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर थियो । यस्तै, मुद्दती निक्षेपमा भदौमा संस्थागततर्फ औसत ०.१५ प्रतिशत घटेर ३.९६ प्रतिशतमा झरेको छ । यसअघि साउनमा संस्थागततर्फ औसत ४.११ प्रतिशत ब्याजदर थियो । भदौ महिनाका लागि विभिन्न ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.२० प्रतिशत घटाएर ५.२० प्रतिशत र संस्थागततर्फ ०.६५ प्रतिशत घटाएर २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । कुमारी बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४० प्रतिशत घटाएर ५.२१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल एसबिआई बैंकले मुद्दती निक्षेपमा ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.२५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.१० प्रतिशत घटाएर ५.१३ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिद्धार्थ बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ५.५० प्रतिशत र संस्थागततर्फ ०.७५ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.४३ प्रतिशत घटाएर ५.७५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत घटाएर ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, हिमालयन बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि), एनआईसी एशिया बैंकले भने ब्याजदर स्थिर राखेका छन् ।
यी हुन् बढी लाभांश दिन सक्ने विकास बैंक, २२ प्रतिशत बढ्यो नाफा
काठमाडौं । विकास बैंकहरुले गत वर्ष २२ प्रतिशत नाफा बढाएका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १४ वटा विकास बैंकहरुको खुद नाफा २२ प्रतिशत बढेर ५ अर्ब ९२ करोड ४८ लाख ६ हजार रुपैयाँ आर्जन गरेका हुन् । अघिल्लो वर्ष ४ अर्ब ८५ करोड ६१ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेका थिए । समीक्षा वर्षमा विभिन्न ८ बैंकको नाफा बढेको छ भने ४ बैंकको नाफा घटेको छ । साथै विभिन्न २ बैंकको नाफा ऋणात्मक रहेको देखिन्छ । गत वर्ष सबैभन्दा धेरै नाफा मुक्तिानाथ विकास बैंकले गरेको छ भने वृद्धिदरमा सिन्धु विकास बैंक अगाडि छ । मुक्तिानाथ विकास बैंकको नाफा ३०.६९ प्रतिशत बढेर १ अर्ब ५३ करोड ७४ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । जुन विकास बैंकहरुमा सबैभन्दा धेरै हो । यस्तै, गरिमा विकास बैंकको २०१.९६ प्रतिशत बढेर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सिन्धु विकास बैंकको २८७.६० प्रतिशत बढेर ११ करोड ७८ लाख ७८ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ७९.५१ प्रतिशत बढेर ६ करोड ९४ लाख ८ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको ९.१८ प्रतिशत बढेर ६३ करोड ५२ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ६.५० प्रतिशत बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको १.२५ प्रतिशत बढेर ५० करोड ६६ लाख ६५ हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ०.४८ प्रतिशत बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ नाफा गरेका छन् । एक्सेल डेभलपमेन्ट बैंकको ५.९६ प्रतिशत घटेर ४ करोड ९ लाख १ हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकको १०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ, लुम्बिनी विकास बैंकको ३०.१२ प्रतिशत घटेर ३७ करोड ९८ लाख ८४ हजार रुपैयाँ, ज्योति विकास बैंकको ९२.७४ प्रतिशत घटेर १ करोड २३ लाख ७८ हजार रुपैयाँ नाफा गरेका छन् । गत वर्ष कर्पाेरेट डेभलपमेन्ट बैंक १ करोड ६३ लाख ८५ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको २ करोड ५१ लाख ६९ हजार रुपैयाँ नोक्सानीमा रहेका छन् । खराब कर्जाको भारी गत वर्ष विकास बैंकहरु खराब कर्जाको भारी थिचिएका छन् । अघिल्लो वर्ष औसत ७.७८ प्रतिशत विन्दुमा रहेको खराब कर्जा गत वर्ष ८.१४ प्रतिशत ८.४१ प्रतिशत पुगेको छ । गत वर्ष अधिकांश बैंकको खराब कर्जा बढेको देखिन्छ । समीक्षा वर्षमा नारायणी डभेलपमेन्ट बैंकको खराब कर्जा १०.८० प्रतिशत बढेर ५०.९७ प्रपतशत विन्दुमा पुगेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको ६.९२ प्रतिशत बढेर १२.३६ प्रतिशत विन्दु, ज्योति विकास बैंकको ५०.८५ प्रतिशत बढेर ७.९८ प्रतिशत विन्दु, एक्सेल डेभलपमेन्ट बैंकको ८.९२ प्रतिशत बढेर ६.७१ प्रतिशत विन्दु, सांग्रिला डेभलपमेन्ट बैंकको ४३.५१ प्रतिशत ५.६४ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । महालक्ष्मी विकास बैंकको १९.४१ प्रतिशत बढेर ४.८६ प्रतिशत विन्दु, लुम्बिनी विकास बैंकको ३८.२९ प्रतिशत बढेर ४.५५ प्रतिशत विन्दु, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २३.६१ प्रतिशत बढेर ४.२४ प्रतिशत विन्दु, कामना सेवा विकास बैंकको ०.५९ प्रतिशत बढेर ३.३८ प्रतिशत विन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ४.७१ प्रतिशत घटेर ३.३३ प्रतिशत विन्दु, मुक्तिनाथ विकास बैंकको १६.०३ प्रतिशत बढेर २.७५ प्रतिशत विन्दु खराब कर्जा रहेको छ । गत वर्ष विभिन्न ३ बैंकले खराब कर्जा घटाएका छन् । मितेरी डेभलपमेन्ट बैंकको ६५.४३ प्रतिशत घटेर ०.२८ प्रतिशत विन्दु, सिन्धु विकास बैंकको ६.०३ प्रतिशत विन्दु र गरिमा विकास बैंकको २.६८ प्रतिशत घटेर ४.७२ प्रतिशत विन्दुमा कायम राखेका छन् । लाभांश क्षमतामा अब्बल विकास बैंकहरुको खराब कर्जा उच्च भएपनि लाभांश क्षमतामा भने अब्बल देखिएका छन् । ज्योति, सिन्धु, कर्पारेट र नारायणीबाहेक अधिकांश बैंकको लाभांश क्षमता दोहोरो अंकमा देखिएको छ । गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता मुक्तिनाथ विकास बैंकको रहेको छ । मुक्तिनाथको २०.७५ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, कामना सेवाको १७.३ प्रतिशत, शाइन रेसुङ्गाको १३.९६ प्रतिशत, मितेरीको १२.८३ प्रतिशत, गरिमाको १२.५९ प्रतिशत, सांग्रिलाको ११.६४ प्रतिशत, महालक्ष्मीको ११.५१ प्रतिशत लाभांश क्षमता देखिन्छ । ग्रीनको १०.६७ प्रतिशत, लुम्बिनीको ८.१३ प्रतिशत, एक्सेलको २.०९ प्रतिशत लाभांश क्षमता रहेको तथ्याङ्क छ ।