चालु आर्थिक बर्ष भित्रै नेपाल औषधी, गोरखकाली टायर र कृषि औजार सञ्चालन हुने

काठमाडौं, ६ पुस । सरकारले चालु आर्थिक बर्षभित्रै नेपाल औषधी लिमिटेड, कृषि औजार कारखाना र गोरखकाली टायर उद्योग सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालय मातहत रहेका यी सरकारी उद्योगहरु यसै आर्थिक बर्षभित्र सञ्चालन गर्न लागिएको उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताए । उद्योग मन्त्रालयले यी उद्योगहरु यसै आर्थिक बर्ष भित्रबाट सञ्चालन गर्नेबारे अर्थ मन्त्रालयसँग तीन पटक छलफल समेत गरिसकेको छ ।‘बिसौं बर्षदेखि बन्द भएर रुग्ण बनिसकेका यी उद्योगहरु पुन सञ्चालनको तयारी भैरहेको छ, यसबारे अर्थमन्त्रालयसँग पटक पटक छलफल गरिसकियो, सकारात्मक प्रतिक्रिया आएको छ ।’ उद्योग मन्त्री पाण्डेले भने । उनका अनुसार आत्मनिर्भर अर्थतन्त्र निर्माणको आधारशिलाका रुपमा रहेका नेपाल औषधी लिमिटेड, कृषि औजार कारखाना र गोरखकाली टायर उद्योग सञ्चालन गर्न लागिएको हो । यी उद्योग सञ्चालनका लागि सरकार आफैंले लगानी गर्ने मनस्थिती बनाएको छ । ‘कुनै न कुनै रुपमा सरकारले लगानी गर्ने निश्चित छ, कति पैसा हाल्ने र कुन मोडलमा जाने भन्नेबारे व्यापक छलफल भैरहेको छ ।’ पाण्डेले भने । सरकारले वुटबल धागो कारखाना र बिरगञ्ज चीनी कारखाना समेत सञ्चालन गर्ने बारे छलफल चलाईरहेको छ ।

सरकारले तयार पार्यो स्वेतपत्र कार्यान्वयन कार्ययोजना

काठमाडौं, ५ पुस । सरकारले स्वेतपत्र कार्यान्वयन कार्ययोजना तयार पारेको छ । भारतको अघोषित नाकाबन्दी र तराइ मधेशमा जारी आन्दोलनले नेपाली अर्थतन्त्र र जनजिबीकामा पर्ने असर कम गर्नको लागि सो कार्ययोजना तयार पारिएको हो । कार्ययोजनामा संचालन गरिने क्रियाकलाप, त्यसको समयसीमा, कार्यान्वयन गर्ने निकाय र सहयोगी निकाय किटान गरिएको छ । आन्दोलन र अघोषित नाकाबन्दीले राजस्व संकलनमा प्रतिकूल प्रभाव पर्ने भएपछि सरकारले राजस्व संकलनको बैकल्पिक कार्ययोजना बनाउने भएको छ । यस्तै आगामी माघ महिना भित्रमा चालु आर्थिक बर्षका कार्यक्रम र आयोजनाको पुनरप्राथामिकीकरण पनि गर्ने भएको छ । यसको लागि अर्थमन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यस्तै विदेशस्थित नेपाली नियोगहरुलाई अन्तराष्ट्रियस्तरमा हालको समस्याको यथार्थ चित्रण प्रश्तुत गरी बैदेशिक सहायता र लगानी भित्र्याउन, पर्यटक प्रवद्र्धन गर्न, ब्यापार विविधिकरण र विस्तार गर्न तथा आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउनको लागि गैरआवाशिय नेपाली संगठनहरुलाई समेत परिचालन गरिने भएको छ । यस्तो कार्यको लागि आगामी पुस मसान्तभित्रमा आर्थिक कुटनीति सम्बन्धि नीतिगत मार्गदर्शन तयार पार्ने कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै सरकारले भूकम्प पछिको पुननिर्माण, वितरण प्रणालीको सुदृढिकरण र समग्र आर्थिक सामाजिक कार्यहरुमा स्वयम सेवाका लागि देश भरका युवाहरुलाई प्रेरित गर्ने कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने भएको छ । यसको लागि हरेक निर्वाचन क्षेत्रमा स्काउट तथा मास्टर प्रशिक्षक तयार गरी उनीहरु मार्फत स्काउट स्वयम सेबक तयार गरी परिचालन गर्नुका साथै अन्य सामाजिक संस्थाहरु पनि परिचालन गरिने भएको छ । युवा परिचालन कार्यविधि यही पुस मसान्त भित्रमा तयार पार्ने र राष्ट्रिय स्वयम सेवक सेवा विस्तार गर्ने योजना सरकारको छ । यस्तै काठमाडौ उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार भएको भन्दै सरकारले नेपाल भित्रिएका ग्यासका बुलेटमध्ये कम्तिमा ६० प्रतिशत ग्यास काठमाडौं ल्याएर विक्री वितरण गर्ने कार्ययोजना पनि बनाएको छ ।

बैंक खरिद गर्ने तयारीमा नेपाल एसवीआई बैंक

काठमाडौं, ५ पुस । नेपाल एसबिआई बैंकले एक वाणिज्य बैंक वा केही राष्ट्रिय स्तरको विकास बैंक एक्वाएर गर्ने नीति लिएको छ । राष्ट्र बैंकको नीतिअनुसार पुँजी वृद्धिसँगै व्यवसाय विस्तार गर्न एक्वाएरमा जान उपयुक्त हुने साझा मत सञ्चालक समितिमा देखिएको स्रोतले बतायो । पुँजी वृद्धिबारे अन्तिम निर्णय लिन पुस ८ गते बैंक सञ्चालक समितिले बैठक बस्दैछ । पुस मसान्तभित्र बैंकको साधारणसभा गर्ने उदेश्यले पुँजी वृद्धि सम्बन्धि निर्णय गर्न बाँकी नै राखेर गत विहीबारको बैठकले २७ प्रतिशत बोनस दिने निर्णय गरी स्वीकृतको लागि राष्ट्र बैंकमा पठाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २७ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि थप १ दशमलव ४२ प्रतिशतका दरले नगद लाभांश पनि दिने भएको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ हुनेछ । त्यसपछि बैंकले २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने भएको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड हुने भएको छ । तर बैंकले हकप्रद सेयर प्रिमियम मूल्यमा जारी गर्ने भएको छ । प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गर्न लागिएको नेपालको पुँजी बजारमा यो पहिलो प्रयास हो । बैंकले अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रतिशेयर नेटवर्थको सीमा भित्र रही हकप्रद शेयरको प्रिमियम निर्धारण गर्ने भएको छ । हकप्रद सेयर निष्काशन गर्न इक्राबाट रेटिङ गर्ने, धितोपत्र बोर्ड स्वीकृत लिने प्रक्रिया लामो हुने भएकोले २०७३ असार मसान्तको वासलातको नेटवर्थको आधारमा हकप्रद सेयर जारी हुने सम्भावना छ । एक्वाएरमा जाने उदेश्यले नै बैंकले आवश्यक पुँजी जुटाउन प्रिमियम मूल्यमा हकप्रद सेयर निश्काशन गर्न लागेको स्रोतले बतायो । ‘हकप्रद सेयर जारी गरी संकलन भएको प्रिमियम रकम अर्को संस्था खरिद गर्ने प्रयोग गर्ने योजना हो’ स्रोतले भन्यो–अरु बैंक मर्ज हुँदा पुँजी र व्यवसायको आकार दुबै वृद्धि भयो । हामी मर्जमा जाँदैनौं । पुँजी मात्र थप्दा पुँजी धेरै व्यवसाय थोरै हुने भयो । पुँजी र व्यवसाय दुबै विस्तर गर्न एक्वायरमा जानु पर्यो । एक्वाएर गर्न आवश्यक कोष जुटाउन प्रिमियममा हकप्रद सेयर जारी गर्ने निर्णय गरेका हौ ।’ हकप्रद शेयर निष्काशन गर्दाका बखत विद्यमान रणनीतिक पक्षहरु एवं उपलब्ध व्यवसायिक अवसर समेतलाई दृष्टिगत गरी हकप्रद शेयरको रुपमा निष्काशन हुने शेयरको खास अनुपात, जारी हुने रकम र निष्काशनको चरण किटान गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्न आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । एक्वाएरमा जाने उदेश्यले नै बैंकले आवश्यक पुँजी जुटाउन प्रिमियम मूल्यमा हकप्रद सेयर निश्काशन गर्न लागेको स्रोतले बतायो । ‘हकप्रद सेयर जारी गरी संकलन भएको प्रिमियम रकम अर्को संस्था खरिद गर्ने प्रयोग गर्ने योजना हो’ स्रोतले भन्यो–अरु बैंक मर्ज हुँदा पुँजी र व्यवसायको आकार दुबै वृद्धि भयो । हामी मर्जमा जाँदैनौं । पुँजी मात्र थप्दा पुँजी धेरै व्यवसाय थोरै हुने भयो । पुँजी र व्यवसाय दुबै विस्तर गर्न एक्वायरमा जानु पर्यो । एक्वाएर गर्न आवश्यक कोष जुटाउन प्रिमियममा हकप्रद सेयर जारी गर्ने निर्णय गरेका हौ ।’ ‘करिब १ अर्ब ९० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेर ८ अर्ब चुक्ता पुँजी पुर्याउन सकिने देखिएको छ । आवश्यकता अनुसार बढीमा २ अर्ब ६० करोडको रुपैयाँसम्मको हकप्रद सेयर प्रिमियम मूल्यमा जारी गर्ने निर्णय भएको हो । हकप्रद सेयर २०७४ असार मसान्तसम्ममा जारी हुन्छ’ स्रोतले भन्यो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ बनाउनुपर्नेछ । आगामी दुई आर्थिक वर्षको नाफाबाट बैंकले बोनस सेयर वितरण गरी ८ अर्ब चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ । सेयर बजारमा पर्न सक्ने असर नेपाल एसवीआई बैंकले गत वर्षको नाफाबाट २७ प्रतिशत बोनस सेयर दिने निर्णय गर्यो । साथै बढीमा २६० करोडको हकप्रद सेयर दिने निर्णय गर्यो । २६० करोडको हकप्रद सेयर जारी गर्नु भनेको हालको सेयरमा करिव ८५ प्रतिशत तथा २७ प्रतिशतको बोनस सेयर वितरणपछिको ६७ प्रतिशत हकप्रद सेयर निश्काशन हुनु हो । बोनस सेयर र हकप्रद सेयर जारी गर्ने निर्णयसँगै बजारमा सेयरको मूल्य ह्वात्तै बढ्ने गर्छ नेपालमा । २७ प्रतिशत बोनस सेयर र ८५ प्रतिशत हकप्रद सेयरको तात्कालिन घोषणाका आधारमा सेयरधनीले महँगो मूल्यमा सेयर किन्न सक्छन् । तर प्रिमियममा हकप्रद सेयर जारी गर्ने र अर्को बैंक एक्वायर गर्ने बैंकको नीतिले आगामी वर्ष बोनस सेयर र हकप्रद सेयरको सम्भावना टारेको छ । लगानीकर्ताले यसमा ध्यान दिए भए बैंकको सेयरमूल्य बढ्ने सम्भावना कम छ । नेपाल एसवीआई बैंकले अर्को बैंक एक्वाएर गर्न सफल नै हुन्छ भन्ने छैन । त्यो अवस्थामा बैंकले आगामी दुई वर्षको नाफाबाट बोनस सेयर दिएर पुँजी आठ अर्ब बनाउने छ । शुन्य लागतको प्रिमियम कोषले बैंकलाई बलियो बनाई राख्नेछ । तर परम्परागत बैंकिङ गर्दै आएको यस बैंकलाई व्यापार विस्तार गर्नु र पुँजी वृद्धिको तुलनामा नाफा वृद्धि गर्नु मूख्य चुनौति हुनेछ ।