पुसदेखि फोरजी सेवा सञ्चालन हुने, टेलिकमले फोरजीका लागि रोलअाउट प्लान बुझायो

काठमाडौं १ कार्तिक। नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि नेपाल दुरसञ्चार प्राधिकरणलाई रोल अाउट प्लान बुझाएको छ। टेलकमको योजनाअनुसार अबको दुई महिना भित्र काठमाडौं उपत्यकाका तीनजिल्ला तथा पोखरा उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा विस्तार गर्ने जनाएको छ। यसअघि नै नेपाल दुरसञ्चार प्राधिकरणले टेक्नोलोजी न्युट्रल गरेर फोरजी सेवा विस्तार गर्नका लागि दुरसञ्चार सेवा प्रदायकलाई सहज बनाइदिएको थियो।   टेलिकमले फोरजी सञ्चानलका लागि पाँच मेगाहर्ज फ्रिक्वेन्सी छु्ट्याएको रोल अाउट प्लानमा उल्लेख रहेको छ। ‘टेलिकमले पुषदेखि फोरजी चलाउने योजना प्राधिकरणमा बुझाएको छ’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले विकासन्युजसँग भने ‘सोमवार टेलिकम प्रमुख नै अाएर रोलअाउट प्लान बुझाउनुभएको हो।’ टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा टुजी चलिरहेको फ्रिक्वेन्सीमा फोरजी चलाउन लागेको हो। उसले १८ सय मेगाहर्जमा १५ मेगाहर्ज पाएको छ। १५ मध्ये १० मेगाहर्ज टुजी र पाँच मेगाहर्ज फोरजीका लागि छुट्याएको हो। यसअघि रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्वन्धि नीति संसोधनसहित पास गरेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई सेवा अगाडि बढाउन बाटो खुलेको हो। चिप्स र सफ्टवेयर थप गर्दा फोरजी चल्ने टेलिकमको रोलअाउट प्लानमा हाल सञ्चालन भइरहेको १८ सय मेगाहर्जको टुजी सेवामा फोरजी सेवा अपग्रेड गर्नका लागि धेरै कुरा थप गर्नु नपर्ने जनाएको छ। उसले प्रत्येक विटिएस टावरमा एक एकवटा फोरजी चिप्स र फोरजीको सफ्टवेयर अपग्रेड गर्दामात्र पुग्ने जनाएको छ। त्यसका लागि दुईपहिनाभित्र खरिद प्रकृया सकेर सेवा सुरु गर्ने टेलिकमले जनाएको छ। के हो फोरजी फोरजी अर्थात फोर्थ जेनेरेसन नेटवर्क । फोरजी थ्रीजीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो । फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यो सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ,  थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पर्छन्। के हो टेक्नोलोजी न्युट्रल टेक्नोलोजी न्युट्रल भनेको कुनैपनि सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्ने प्रविधि हो । जस्तो कि तपाईले टुजी सेवा लिइरहनु भएको छ भने तपाइले त्यहि सेवा र अपरेटरमा चाहेअनुसार थ्रिजी वा फोरजी सेवा चलाउन सक्नुहुन्छ ।

अन्तर्राष्ट्रिय ब्राण्डमा पाँचतारेको निर्माण धमाधम, तीन वर्षभित्रमै आधा दर्जन विदेशी ब्राण्डको पाँचतारे होटल

काठमाडौं १, कात्तिक । नेपालमा पर्यटकीय संभावनालाई दृष्टिगत गर्दै धामाधम विदेशी ब्राण्डमा पाँचतारे होटल निर्माण सुरु भएका छन् । अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेनका नाममा निर्माण सुरु भएका यस्ता पाँचतारे होटलको निर्माण आगामी तीन देखि चार वर्ष भित्रमै आधा दर्जन पुग्ने होटल संघ नेपाल हानको अनुमान छ । नेपालमा होटल निर्माणको घोषणा गरेका र निर्माण प्रक्रिया नै सुरु गरिसकेका विभिन्न तारे होटलमध्ये चारतारे र पाँचतारेको पहिलो प्राथमिकता नै विदेशी ब्राण्ड भित्र्याउने रहेको छ । संचालनमा भइरहेको होटल अन्नर्पूणमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेन होटल ग्रुप दुषित थानी भित्रिएको छ भने अमात्य ग्रुपले भारतको क्लाक्र्स समूहलाई पोखराको फूलवारी होटलमा भित्राइसकेको छ । सोल्टी होटल सोल्टी क्राउन प्लाजाको ब्राण्डमा, ह्यात रिजेन्सिले ह्यात ब्राण्डमा र र्याडिसन होटल र्याडिसन ब्राण्डमा संचालन भइरहेको छ । निर्माणाधि पाँचतारे होटलले पनि विदेशी ब्राण्डलाई अगाडि सारिसकेका छन् । निर्माणाधिन होटलले अन्तर्राष्ट्रिय ब्राण्ड घोषणा गरेरै निर्माण थाल्नेमा शेष घलेको केशरमहलको काठमाडौं शेराटन, अजयेराज सुमार्गीको विशाल नगरको सुमाग्री होटलमा युरेपेली ब्राण्ड, पृथ्वीबहादुर पाँडेको ठमेलमा छायाँ सेन्टरमा अलफ्ट, ठमेलमै शशिकान्त अग्रवालको एमएस ग्रुप अन्तर्गतको चारतारे काठमाडौंस्तरको मेरिओट र सोही ग्रुपको नक्सालमा पाँचतारे होटल मेरिओटकै ब्राण्डमा निर्माण भइरहेको छ । नेपालमा देखिएको पर्यटकीय संभावना र लगानीको अवसरलाई दृष्टिगत गर्दै पाँचतारेमा विदेशी ब्राण्ड तथा चेन होटल भित्रिन थालेका हुन । विदेशी ब्राण्डले होटलको प्रचार गर्न र पर्यटक तान्न सहज हुने भएकोले नयाँको ध्यान नयाँ ब्राण्ड तथा चेनमा केन्द्रित भएको होटल संघ नेपाल (हान)को भनाई छ । हानका अनुसार नयाँ होटलमा विदेशी ब्राण्ड भित्रनु नेपालमा विदेशी लगानीका लागि सकारात्मक सन्देश प्रभाव हुनु पनि हो । अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेन होटलको भित्रने क्रम नेपालमा पनि बढ्न थालेकोले नेपाली व्यवस्थापनका होटले पनि विदेशीब्राण्डलाई प्राथमिकता दिएको होटल व्यवसायी बताउँछन् । नेपालमा यसअघि एभरेष्ट होटलको सुवाआतमा भित्रिएको शेराटन ब्राण्ड पाँच वर्ष मात्रै टिकेको थियो भने सोल्टीमा आएको इन्टरकन्टिनेन्टल (आईएचजी) तथा ओवराय होटलले नेपालमा बजार मार्केट बनाउँन नसकेर फिर्ता गएको थियो । नयाँ सभावना बोकेर थप होटलका ब्राण्ड भित्रनु सकारात्मक भएको हिमालयन होटलका सीईओ प्रह्लादराज कुवँरले बताए । नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड भित्र्याउनेमा पहिलो सोल्टी नै हो । यसमा हाल क्राउन प्लाजा रहेको छ भने ओवराय, र होलिडे इनको ब्राण्ड पनि केही समय लिएको थियो । विश्वमै आईएचजी अर्थात इन्टरकन्टिेन्टल ग्रुपले स्टे बीज स्वीट्स, होलेडि इन र ओवरायलाई लिन सक्ने ब्राण्ड हो । होटलको अन्तर्राष्ट्रिय ब्राण्ड हुनु भनेको आफूले बजारीकरण गर्र्नु नपर्ने र अन्तर्राष्ट्रिय मार्केट आफैं बन्ने भएकोले पनि यस्तो ब्राण्ड तथा चेन होटलप्रतिको उत्साह हुने गरेको कुवँरको बुझाई छ । अहिले नयाँ मार्केट बढाउन नसक्नु र दक्ष जनशक्तिका साथमा गुणस्तरीय सेवा पु¥याउँन नसकेको अवस्थामा भित्रने नयाँ ब्राण्डले पक्कै पनि राम्रो सन्देश प्रवाह गर्ने उनको बुझाई छ । नेपालमा आउने नयाँ चेन होटलले नयाँ मर्केट बढाउने र दक्ष जनशत्तिको प्रयोगका साथमा स्तरीय सेवालाई नै महत्व दिने गर्छ । नेपालमा भित्रिएका होटलले भएको प्राइस वारमै गएका कारण भएकाको पनि गुणस्तर खस्किएका छन् । गुणस्तरी सेवाका साथ हुने अन्तर्राष्ट्रिय चेनले रुची देखाउनुले नेपालको प्रचार अन्तर्राष्टिय बजार सम्म पु¥याउन सहज पनि हुन्छ । अहिलेको संस्कृति भनेको ब्राण्डेड कपडा लगाउने, खाना खाँदा पनि ब्राण्डेड हेर्ने तथा बस्ने काम हुन थालिसकेको छ । अन्तर्राष्ट्रिय ब्राण्डमा निर्माणधिन पाँचतारे होटल होटल                                           कोठा संख्या               लगानी (रु.मा)                       अन्तर्राष्ट्रिय चेन/ब्राण्ड काठमाडौं शेराटन                        २१८                         ८  अर्ब                                               शेराटन सुमार्गी ग्रूप                                    २२०                        ५ अर्ब                                               युरेपेली छायाँ सेन्टर                                  २२०                       ३ अर्ब                                                  अलफ्ट एमएस ग्रूप                                   २३५                       साढे दुई अर्ब                                        मेरिओट फूलवारी रिसोर्ट                            १६५                    थप लगानी   ५६ करोड                             क्लाक्र्स एमएस ग्रूप                                १०८                       ७५ करोड                                                 फेयरफिल्ड मेरिओट

मूल्य वृद्धिसँगै काठमाडौंमा घरजग्गा कारोबार पाँच वर्षमा साढे २ गुणाले बढ्यो

काठमाडौं, १ कात्तिक । काठमाडौं जिल्लामा ५ वर्षमा घरजग्गा कारोबार साढे दुई गुणाले बढेको छ । आर्थिक वर्ष २०६८/६९ मा १८ हजार ९ सय १० कित्ता कारोबार भएको घरजग्गा गएको आव २०७२/७३ मा बढेर ६५ हजार ७ सय २० कित्ता पुगेको भूमिसुधार तथा व्यवस्थापन विभागले जानकारी दिएको छ । काठमाडौं जिल्लाका पाँचओटा मालपोत कार्यालयको तथ्याङ्कअनुसार गत आवमा उक्त सङख्याको घरजग्गा कारोबार भएको प्रमाणीकरण भएका छन् । गएको वर्षमात्र एकै वर्षमा ६५ हजार ७ सय २० घरजग्गा किनबेच भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ३३ हजार ८ सय २७ घरजग्गा कारोबार प्रमाणीकरण भएकोमा गएको वर्ष कारोबारको संख्या दोब्बर भएको छ । गएको आवमा अघिल्लो आवको भन्दा ३१ हजार ८ सय ९३ घरजग्गा बढी कारोबार प्रमाणीकरण बढी भएको छ । खासगरी भूकम्पयता काठमाडौं बसाइँको आकर्षण बढ्दै गएकोले यहाँको जग्गा खरीद बिक्री पनि ह्वात्तै बढेको छ । साथै जग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकाले पनि उपत्यकामा जग्गा कारोबारीको सङ्ख्या बढिरहेको विभागका निर्देशक सुशीलप्रसाद आचार्यले बताए । राजधानी केन्द्रित भौतिक पूर्वाधारहरूको निर्माणले गर्दा काठमाडौंको जनसङख्या वृद्धिदर कम हुने लक्षण देखिएको छैन । त्यस्तै बसाइँसराइ गरेर काठमाडौंमा आउनेको संख्या पनि बढिरहेको छ । घरजग्गा किनबेच भएको कित्ता आर्थिक वर्ष     कित्ता संख्या २०७२/७३     ६५,७२० २०७१/७२     ३३,८२७ २०७०/७१     १९,७९० २०६९/७०     ४४,९२७ २०६८/६९     १८,९१० स्रोतः भूमिसुधार तथा व्यवस्थपान विभाग जग्गा खरिदमा न्यून मूल्याङ्कन जग्गाको कारोबारी बढ्दैसँगै राज्य ठगिने क्रमपनि बढ्दै गएको छ । किनबेच भएका अधिकांश घरजग्गाको मालपोत मूल्याङ्कन २ लाख ५० हजारदेखि ४ लाख ५० हजार रुपैयाँ प्रतिआना कायम गरिएको छ । तर, वास्तविक किनबेच भने प्रतिआना ४ लाखदेखि ९ लाख रुपैयाँसम्ममा हुने गरेको घरजग्गा व्यवसायीहरूले बताउँछन् । राज्यलाई तिर्नुपर्ने घरजग्गा रजिष्टेश दस्तुर छल्नका लागि कारोबारी( किन्ने र बेच्न) हरु घरजगाको न्यून मूल्याङ्कन गर्दै आएका छन् । अहिले बैंकहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि यसको खरीद बिक्री बढेको हो । नेपालमा आपूmले जम्मा गरेको पैसा सुरक्षितरूपमा राख्ने अरू विकल्प नहुँदा अर्थात घरजग्गामा गरेको लगानीले उचित प्रतिफल दिने भएकाले पनि कारोबार बढ्दै गएको हो । ९० प्रतिशत घरजग्गा चक्रपथ बाहिर किनबेच मालपोत कार्यालय डिल्ली बजार बाहेक सबै मालपोत कार्यालय चक्रपथ बाहिर छन् । मनमैजु र साँखु मालपोत चक्रपथभन्दा धेरै टाढा छन् भने कलङ्की र चाबहिल मालपोत चक्रपथसँगै बाहिर जोडिएका छन् । यी सबै मालपोत कार्यालयमा सबै जसो जग्गा चक्रपथ बाहिरकै किनबेच भएका छन् । काठमाडौंमा बसाइँ सर्नेको चाप बढ्दै जानु र चक्रपथभित्र खाली ठाउँ एकदमै कम भएकोले चक्रपथ बाहिरका ठाउँ धेरैको रोजाइमा परेको मालपोत कार्यालय, कलङ्कीका प्रमुख प्रेमप्रसाद दाहालले बताँउछन् । चक्रपथभित्रै घर जग्गा किन्ने मानिसको संख्या बढी हुने व्यवसायीहरू बताँउछन् । तर, चक्रपथभित्र ठाउँ नै खाली नभएको र जग्गा हुनेले पनि बेच्न नचाहने भएकाले कारोबार संख्या कम भएको उनीहरूको भनाइ छ ।