१४ करोडमा अमेरिकी कम्पनी किन्ने भयो निगमको बोइङ, नेपाली कम्पनीले आँटेनन
काठमाडौं । नेपाल वायुसेवा निगमले एक वर्ष अगाडिबाटै विक्रीमा रहेको ९ एनएन एसीए नामक १९० सिट क्षमताको बोइङ बी ७५७ नामक जहाज १४ करोड १४ लाख रुपैयाँमा विक्री हुने भएको छ । निगमले यो जहाज अमेरिकी कम्पनी एभिएसन सिस्टम इंकलाई विक्री गर्ने भएको छ । यो कम्पनीले आपसी सहमतिबाट १४ लाख अमेरिकी डलर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तवलाई निगम व्यवस्थापनले स्वीकृति दिएर सञ्चालक समितिसमक्ष पेश गरेको छ । संचालक समितिले आज शुक्रबार ३ बजेपछि बस्ने बैठकले यो कम्पनीलाई बोइङ दिने विषयको निर्णय गर्ने भएको छ । निगमले मागेको प्रस्तावमा आपसी समझदारीमा किन्न इन्छुक कम्पनीबाट प्रस्ताव आव्हान गरेको थियो । निगमले २ पटकसम्म न्युनतम १७ करोड रुपैयाँ मूल्यांकन गरेर जहाज विक्री गर्ने प्रस्ताव गर्दा पनि कुनै कम्पनी नआएपछि आपसी समभदारीको प्रक्रिया अगाडि बढेको हो । उक्त मूल्य राखेर सार्वजनिक प्रस्ताव माग गर्दा एउटापनि आवेदन नपरेको बोइङ किन्न आपसी छलपलबाट भने सात वटा कम्पनी इच्छुक भएका थिए । यी कम्पनीमध्ये सबै प्रक्रियाबाट बाहिरीने र सम्पर्कमै नआउने तथा जहाज नकिन्ने भन्दै पन्छिएपछि अमेरिकी कम्पनीले मात्रै आपसी छलफलमा भाग लिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार यो कम्पनीले गरेको प्रस्तावलाई निगमले बोर्डमा पेश गरेको छ । जहाज यो कम्पनीलाई दिने व नदिने निर्णय बोर्डबाटै हुने पनि उनको भनाइ छ । निगमले आपसी छलफलबाट जहाज विक्री गर्ने भनेपछ् ि१२ करोडदेखि १६ करोड रुपैयाँसम्मको मूल्य राखेर ७ वटा कम्पनीले आवेदन दिएका छन् । धेरै मूल्य कबोल गर्ने कम्पनी छलफलमै नआएकोले पनि मध्यमको प्रस्तावलाई नै आपसी छलपलमा ल्याएको निगमको भनाइ छ । निगमले दिएको जानकारी अनुसार आपसी छलफलबाट जहाज किन्न नेपाली पाँच कम्पनीसहित एक अमेरिकी र एक इजरायली कम्पनीले आवेदन दिएका थिए । जहाज किन्न बीबी एयरवेज र हिमालयन एभिएसन, टीबीआई ग्रुप नेपालको पनि इच्छा भएपनि यी कम्पनीले जहाज चाहिदैन भनेको पनि निगमको भनाइ छ । यसअघि मागिएको १७ करोड न्युनतमको मूल्य राखेर दिनुपर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा कुनै पनि कम्पनीले इच्छा देखाएनन् । निगमसँग भएको २ वटा वोइङमध्ये एउटा उडानमै रहेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि २ वटा एयरवसको जहाज छ । निगमले थप २ वटा एयरवसकै जहाज ल्याउने प्रक्रिया अगाडि सारिसकेको छ ।
मंगलबारदेखि नेपाल भारत विद्युत आदनप्रदान समिति बैठक बस्दै, भारतीय बिजुलीको भाउ बढ्ने
काठमाडौं । भारतबाट आयात भइरहेको बिजुलीको भाउ बढ्ने भएको छ । नेपाल र भारतबीच आउदो मंगलबारदेखि विद्युत आदनप्रदान समिति (पावर एक्सचेन्ज कमिटी) को बैठकले यस विषयमा निर्णय गर्ने छ । भारतको नयाँदिल्लीमा बस्ने समिति बैठकले नेपाललाई बेच्ने बिजुलीको नयाँ मूल्य तय गर्ने छ । जसले बिजुलीको मूल्य बढाउने छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिग र त्यहाँका केन्द्रीय विद्युत प्राधिकरणका अध्यक्षले बैठकको नेतृत्व गर्ने कार्यक्रम छ । साढे ५ प्रतिशत बिजुलीको भाउ बढ्ने संभावना छ । आदनप्रदान अन्र्तगत गत वर्ष विद्युत प्राधिकरणले २०५ मेगावाट बढी बिजुली खरिद गरेको छ । बैठकमा नयाँ बिजुलीको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । उनले बिजुलीको भाउ बढ्ने संभावना रहेको जानकारी दिए । “सकेसम्म हामी मूल्य बढाउन नदिने तयारीमा छौ” उनले भने “यसअघि नै वार्षिक साढे ५ प्रतिशत बढाउने सहमति भएको रहेछ, यसले समस्या पारेको छ ।” लामो केही वर्षयता समितिको बैठक नबस्दा विद्युतको नयाँ मूल्य निर्धारण हुन सकेको थिएन् । बैठक नबस्दा नेपालले पुरानै दरमा बिजुली खरिद गर्दे आएको छ । सन् २०११ यता समिति बैठक बसेको छैन । वर्षेनी साढे ५ प्रतिशतका दरले बिजुलीको मूल्य बढ्ने भनेपनि कार्यन्वयन भएको छैन् । पावर एक्सचेन्जअन्तर्गत बिहार, उत्तरप्रदेश र केही उत्तारखण्डबाट बिजुली आयात हुने गरेको छ । गत मार्चसम्म ३३ केभी प्रसारणलाइनबाट प्रतियुनिट ९ रुपैयाँ ६० पैसा अर्थात ६ भारु, यस्ते १३२ केभी प्रसारणलाइनबाट प्रतियुनिट ९ रुपैयाँ थियो । यो दर चुहावट बाहेक हो । गत मार्चपछि प्राधिकरणले यही दर तिर्दे आएको छ । सम्झौताअनुसार मार्चपछि बिजुलीको भाउ साढे ५ प्रतिशत बढ्नु पर्ने हुन्छ । प्राधिकरणको प्रणालीबाट २३ प्रतिशत बिजुली चुहावट हुने गरेको छ । लोडसेडिङ हटाउन गत वर्ष भारतबाट ३८० मेगावाटसम्म बिजुली आयात भएको थियो । गत वर्षमा ११ आयोजना सम्पन्न भई १२२ मेगावाट बिजुली थप भएको छ । यो वर्ष १५० मेगावाट बिजुली थप हुने अनुमान गरिएको छ । नेपालमा उत्पादन बढ्दै गएपछि भारतबाट विस्तारै बिजुली आयात घटाउदै लैजाने प्राधिकरणको तयारी छ । यो वर्ष विद्युतको आयात घटाउने प्राधिकरणका तयारी छ । अब विस्तारै भारतबाट विद्युत आयात कम गर्दे लैजाने कार्यकारी निर्देशक घिसिङले बताइसकेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खामा केही परिमाण भारतबाट आयात गर्नुपर्ने अवस्था छ । तामाकासी सञ्चालनमा आएपछि विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतमा निकासी र सुख्खामा भारतबाट खरिद गर्नका लागि ऊर्जा बैकिङ योजना ल्याउन लागेको छ । नेपालमा वर्षेनी ९ प्रतिशतका दरले बिजुलीको माग बढ्ने गरेको छ । झण्डै १५ वर्षपछि नेपालमा सबै भन्दा बढी बिजुली उत्पादन भएको छ । गत वर्ष निजी लगानीका ११ आयोजना सम्पन्न भई १२२ मेगावाट बिजुली प्रणालीमा जोडिएको छ । यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावट बिजुली उत्पादन गर्ने प्राधिरकरणको तयारी छ । ४४ मेगावाट विद्युत प्राधिरकण र बाँकी निजी क्षेत्रबाट उत्पादन हुने लक्ष्य लिएको छ । यस्तै ६१ मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन हुने बिजुली खरिद सम्झौता (पीपीए) अन्तिम चरणमा पुगेको छ । साढे २ सय मेगावाटका लक्ष्य राखेपनि न्युनतम १८० मेगावाट बिजुली थप हुन सक्ने घिसिङको भनाई छ ।
आयल निगम प्रमुख खड्काको प्रश्न–कुलमानले अध्यारो हटाउँदा तारिफ गर्ने, मैले जोखिम मोलेर काम गर्दा बिरोध किन ?
काठमाडौं । कुलमान घिसिङले अध्यारो हटाए, सबैले त्यसको तारिफ गर्नु भयो, मैले यत्रो जोखिम मोलेर भण्डारण गृह बनाएर जनताको घर घरमा ग्यास र इन्धन पुर्याउने काम अघि बढाएको छु, मेरो चैँ बिरोध भयो ।’, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको भनाई हो यो । निगमले भण्डार गृह निर्माणका लागि झापा, सर्लाही, चितवन र भैरहवामा जमिन खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लागेपछि खड्काले बिहिबार पत्रकार सम्मेलन डाके । उनले जमिन खरिद प्रक्रिया र भण्डारण गृह निर्माण गर्न कुलमान घिसिङले भन्दा ठुलो जोखिम उठाएको दावी पनि गरे । उनले जमिन खरिद प्रक्रियाको सम्पुर्ण फाइल अख्तियारमा पठाएको र छानविनमा सहयोग गर्ने पनि बताए ।‘खरिद प्रक्रियाको सबै फाइल अख्तियारमा बुझाएका छौं, छानविनमा सहयोग गर्छाै’, खड्काले भने । जमिन अधिग्रहण गर्न लामो समय लाग्ने भएकाले टेण्डर मार्फत खरिद प्रक्रिया अघि बढाएको तर्क पनि पेश गरे ।‘संसदिय समितिहरुले ५ बर्षभित्रै भण्डारण गृह बनाउन निर्देशन दिएक थिए, जमिन अधिग्रहण गर्दा लामो समय लाग्ने भएकाले टेण्डर गरेका हौं’, खड्काले भने । उनले ठेकेदारसँग निगमका कर्मचारीहरुको कुनै साँठगाँठ नभएको र न्युनतम मुल्य प्रस्ताव गरिएका जमिनहरु प्राबिधिक अध्ययनपछि मात्रै खरिद गरिएको दावी पनि गरे । उनले गलत नियत सहित काम गरेको खण्डमा जमिन खरिदमा भन्दा अन्य क्षेत्रबाटै ठुलो लाभ लिन सक्ने अवस्था रहेको पनि बताएका थिए ।‘दाँया बाँया गर्ने हो भने जमिन खरिदमा भन्दा अन्यत्र धेरै ठाउँ थिए, तर मैले असल नियतका साथ काम गरिरहेको छु’, खड्काले दावी गरे । उनले जमिन खरिद प्रक्रिया ९ महिना अघि प्रारम्भ भएको र चार ठाउँको जमिन खरिद भैसकेपछि आरोप लगाउनु गलत भएको तर्क पनि गरेका थिए ।